देश तथा समाज पत्रिका

मेयर कप सुरू, कृष्ण र स्वीकृति दौड च्याम्पियन गण्डकी आवसीय मावि मार्च पासमा उत्कृष्ट

पोखरा, ८ पुस पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता २०८० आइतबारदेखि सुरू भएको छ । पोखरा रंगशालामा मंगलबारसम्म चल्ने विभिन्न चार विधाका खेल हुने प्रतियोगिताको मेयर धनराज आचार्यले उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै मेयर आचार्यले नेपाली समाज अन्य सबै कुरामा विभाजित भएपनि खेलमा त्यस्तो नभएको बताए । खेलकुदले नेपाली समाजलाई एकताबद्ध बनाइराखेको उनको भनाइ थियो । ‘नेपाली समाज अन्य सबै कुरामा विभाजित भएपनि खेलकुदमा विभाजित छैन । जब… पुरा पढौ

क्रिसमस र अंग्रेजी नयाँवषमा प्याराडिसो स्पोर्ट्स बारमा तीन ठुला कन्र्सट

पोखरा, ८ पुस पोखरा आउने पर्यटकलाई क्रिसमस र अंग्रेजी नयाँवर्षलाई लक्ष्त गरेर तीन ठुला कनर्सटको आयोजना गर्न लागेको छ । आन्तरिक तथा विदेशी पर्यटकलाई लक्ष्त गरेर क्रिसमसमा नबिन के भट्टराई, नयाँ वर्षमा स्याडोज र द इलिमेन्स व्याण्डले मनोरञ्जन दिने छन् । ‘क्रिसमस’ र नयाँ वर्षको स्वागतार्थ कार्यक्रमको आयोजना गरेको प्यारोडिसोका म्यानेजर हरी पौडेलले बताए । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा पुस ९ साँझ लाइभ कन्सर्ट मार्फत नबिन के भट्टराई दर्शकमाझँ आउदै छन् । युवा पुस्ताका गायक नविन… पुरा पढौ

एन प्याव्सनको बाल प्रतिभा पहिचान महोत्सव सम्पन्न

पोखरा, ८ पुस नेशनल प्याव्सन कास्कीले आयोजना गरेको प्रथम बृहत वाल प्रतिभा पहिचान महोत्सव २०८० आइतबार समापन भएको छ । ११ वटा विधामा प्रतियोगिता राखिएकोमा आफ्ना क्षमता अनुसारका विधामा सहभागिता जनाई विद्यार्थीले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । महोत्सवमा सामूहिक लोक नृत्य तर्फ अञ्जुली आवसिय विद्यालय प्रथम, अक्सफोर्ड स्कुल द्धितीय, कास्की मोर्डनाइज्ड एकेडेमी तृतीय र राजिङ स्टार सान्त्वना भएका छन् । महोत्सवमा चित्रकला तर्फ लिटिल फ्लावर एजुकेशनल एकेडेमीकी रोजी गुरुङ प्रथम, रत्नज्योती माविका रोजन थापा द्धितीय, गोर्खा इङ्लिस वोडिङ स्कुलका… पुरा पढौ

बाह्रौँ पोखरा महोत्सवको तयारी तिव्र, स्टल बुकिङ खुल्ला

पोखरा ८, पुष बाह्रौँ संस्करणको पोखरा महोत्सवको तयारी तिव्र पारिएको छ । यही पुष २६ देखि माघ ८ सम्म हुने उक्त महोत्सवको तयारी तिव्र पारिएको आयोजक यूनाइटेड क्लबले आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जनाएको हो । “युवाको जाँंगर राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ २०६७ साल बैशाख ७ गते स्थापना भएको यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेको छ । क्लबले पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखानाको अवधारणा र सेती… पुरा पढौ

पहारी कुल संरक्षण समितिको राष्ट्रिय अध्यक्षमाः जगत बहादुर पहारी

पोखरा, पुष ८, पोखरा पहारी कुल संरक्षण समिति नेपालको राष्ट्रिय अध्यक्षमा जगत बहादुर पहारी चयन भएका छन । शनिबार भएको समितिको ४० औ बार्षिक साधारण सभा तथा ८ औ अधिवेशनले जगत बहादुर पहारीलाई सर्वसर्मत अध्यक्षमा चयन गरेको हो । समितको प्रथम उपाध्यक्षमा बलराम पहारी, द्धितिय उपाध्यक्षमा दुर्गा देवी पहारी, सचिब बासु पहारी, कोषाअध्यय प्रेमराज पहरी, ससचिब हरि ब पहारी, सकोषाअध्यक्ष खिमलाल पहारी तेसै गरि सदस्यहरुमा चित्र बहादु्र पहारी, केशव पहारी,महेश्वर पहारी,गोविन्द बहादुर पहारी, शुसिला पहारी, हरिकृष्ण पहारी, हेमा पहारी, पुष्पा… पुरा पढौ

चरक अस्पतालको सहयोगमा म्याग्दीमा निःशुल्क स्वास्थ्य शिविर ६५० जना लाभान्वित

पोखरा ८, पुष पोखरा नागढुंगा स्थित चरक अस्पतालको सम्पूर्ण चिकित्सकीय तथा प्राविधिक सहयोगमा लायन्स क्लब अफ पोखरा अभियानले म्याग्दीमा शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्यो । बेनी नगरपालिका वडा नं। घतान नेप्टेचौर स्थित राष्ट्रिय मावि प्राङ्गणमा भएको स्वास्थ्य शिविरबाट वरपरका ६५० जना बढी लाभान्वित भएका छन् ।लायन ईन्टरनेशनल ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यता एवं बेनी वडा नं। ९ का अध्यक्ष चक्रबहादुर केसीको आतिथ्यतामा भएको शिविरमा आवश्यकलाई औषधि वितरणसमेत गरिएको थियो । शिविरमा मुटु जाँच, मिर्गौला जाँच,… पुरा पढौ

मुवाँथाई च्याम्पियनसिपको तयारी पुरा, खेलकुदमन्त्रीले लिम्बुले उद्घाटन गर्ने

पोखरा ८, पुष पोखरामा भोलि हुने राष्ट्रियस्तरको मुवाँथाई च्याम्पियनसिपको तयारी पुरा भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा हुन लागेको प्रतियोगिताको आवश्यक तयारी सकिएसँगै प्रतियोगिताको उद्घाटन नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले गर्ने भएका छन् । पोखरा ६ लेकसाइड बाराहीचोकस्थित मैदानमा हुने प्रतियोगिताका लागि खेलाडीहरु समेत पोखरा आइसकेको प्रतियोगिता संयोजक तगा प्रदेश खेलकुद परिषद सदस्य खगेन्द्र क्षेत्रीले जानकारी दिए । ‘अब सबै तयारी सकिएको छ । अलिअलि छुटपुट बाहेक आवश्यक काम सम्पन्न… पुरा पढौ

सात सय कोल्मा क्रसकन्ट्री दौडमा आर्मीको बर्चश्व

पोखरा ८, पुष स्याङजाको कोल्मामा सम्पन्न क्रस कन्ट्रि दौडमा आर्मीले बर्चश्व जमाएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको चौथो संस्करणको क्रसकन्ट्री दौडमा आर्मीका धावकहरुले बर्चश्व जमाएको हो । क्रसकन्ट्री दौडको उपाधि त्रिभुवन आर्मीका गोपाल तामाङले जितेका छनभने आर्मीकै सञ्जय श्रेष्ठ र शुसिल कुमार शाही उपविजेता र सेकेन्ड रनर अप हुन सफल भएका छन । निर्धारित दुरि २५ कि मि १ घण्टा ३१ मिनेट ५६ सेकेन्डमा पार गर्दै आर्मीका गोपाल तामाङले उपाधि संगै नगद ५० हजार, ट्रफी… पुरा पढौ

माछापुच्छ्रे टेनिस प्रतियोगिताको तयारी पुरा, १२ इभेण्टमा २१६ खेलाडी भिड्ने

पोखरा ८, पुष पोखरामा हुने “२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” तयारी पुरा भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । यहि पौष १० गतेबाट १४ गते सम्म पोखरा रंगशालाको टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा अहिले सम्मकै ठूलो सहभागिता रहने कास्की टेनिस संघका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक नविन चालिसे दाबी गर्नु भयो । प्रतियोगितामा महिला तर्फ… पुरा पढौ

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्की छनौंटमा ४८ खेलाडी

पुष ८,पोखरा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट संघले यहाँका विभिन्न क्लवबाट ४८ खेलाडी छानेर ४ टिम निर्माण गरेको छ । दुई दिने शिविरमा झण्डै ८० खेलाडी आएका थिए । तिनै खेलाडीबाट टिम रुपा, बेगनास, दिपाङ र फेवा टिम निर्माण गरिएका हुन । टिम रुपाको क्याप्टेनमा मुस्कान थापा, कोचमा चन्द्र गुरुङ्ग तथा म्यानेजरमा रमेश यादव रहेका छन् । बेगनासको क्याप्टेनमा कृष्ण पौडेल, कोचमा विजय रावत तथा म्यानेजरमा अरुण पौडेल रहेका छन् । दिपाङको क्याप्टेनमा विधान श्रेष्ठ,… पुरा पढौ