
पोखरामा भोलि (बुधबार) लोक सांस्कृतिक मेला हुने भएको छ । पोखराको बाराही घाटमा नेपाल उद्योग बाणिज्य महासंघ , गण्डकी प्रदेश र एभरेष्ट नेपाल सास्कृतिक समुहको संयुक्त आयोजनामा १२ औंं सस्करणको अन्र्तराष्ट्रिय लोक सास्कृतिक मेला हुने भएको मेला आयोजक समीतीका संयोजक संजिव बहादुर कोईरालाले बताउनु भयो ।
मेलामा नेपाल सहित बेल्जीयम,बोत्सवना,अष्ट्रेलिया,स्टोनिया, जर्मनी नेपाल,भारत, ईण्डोनेसिया, मेलेसिया,पोल्यान र साउथ अफ्रिका का कलाकाराहरुको सहभागिता हुने संयोजक कोइरालाले जनाउनु भयो । ११ देशका ३ सय ७५ जना भन्दा बढी कलाकारहरुको सहभागिता हुने भएका छन्। निशुल्क प्रबेशको ब्यबस्था गरिएको मेलामा पोखरा लगायत देशका अन्य भागहरुमा पनि गरिने बताइएको छ ।
उक्त मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उदघाटन गर्ने आयोजकले जनाएको छ । उक्त मेलाको उद्घाटन हुनु पूर्व पोखराको फिस्टेलगेट अगाडीबाट शोभा यात्रा निकालिने भएको महासंघ गडकीका अध्यक्ष अमृत भट्टचनले बताउनु भयो । उक्त कार्यक्रमले पोखराको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने उहाँले दाबी गर्नु भयो ।