
दीननाथ बराल
गण्डकी प्रदेश सरकारले प्रदेशका ओलम्यिनहरुलाई भोलि (बुधबार) मासिक भत्ता वितरण गर्न सुरु गर्ने भएको छ । प्रदेश सरकारले घोषणा गरेको उक्त रकम बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमै प्रदेशका ओलम्पियनहरु मसिक भक्ता वापतको रकम हस्तान्तरण गर्ने भएको हो ।
ओलम्पिकमा सहभागी भएका प्रदेश भित्रका खेलाडीहरुलाई सरकारले मासिक ५ हजार रूपैयाँ प्रोत्साहन भत्ता दिने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले घोषणा सहित बजेटमा समेत उल्लेख गर्नु भएको थियो । गण्डकीबाट स्विमिङ, जुडो, एथलेटिक्स र सुटिङमा गरी ७ जना खेलाडी ओलम्पिकमा सहभागी हुनु भएको छ । प्रदेशका ओलम्पियनहरुमा एथलेटिक्सका टिका बोगटी, तेक्वान्दो खेलका नारायण गुरुङ, जुडोका ऋषिराम प्रधान, पौडीका सिताराम शाही, सुटिङकी भगवती खत्री, एथलेटिक्सका ज्ञानबहादुर बोहरा र राजेन्द्र भण्डारी रहनु भएको छ ।
नेपाल ओलम्पियन्स संघको आयोजनामा पोखरामा गत जेठको तेश्रो हप्ता भएको पुनर्मिलन तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री पाण्डेले उक्त घोषणा गर्नु भएको थियो । करिब ६० बर्षमा नेपालका करिब ९० जना खेलाडी ओलम्पिकमा सहभागी हुनु भएको छ भने जस मध्य हालसम्म १० जनाको निधन भइसकेको छ । केही खेलाडी विदेशमा हुनु हुन्छ । केन्द्र सरकारको सक्ता परिवर्तन भएको अबस्थामा प्रदेश सरकारले पनि आफ्नो सरकार छाड्ने अन्तिम समयमा उक्त कार्यक्रम हतारहतारमा गर्न लागेको हो ।