पोखरा महानगर पालिका वडा नं. १६ मा लागु औषध रोकथाम सचेतना प्रशिक्षण तथा पर्चा वितरण गरिएको छ । लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुह नेपाल कास्कीको आयोजनामा भएको कार्यक्रममा लागु औषध सेवनले पार्ने प्रभाव, समाजमा वढ्दो विकृति र युवा युवतीमा देखिएको लागु औषध प्रयोगको प्रभावका विषयमा वडाभित्र क्रियाशिल विभिन्न आमा समुहका प्रतिनिधीलाई प्रशिक्षण दिईएको वडा सदस्य मञ्जु नेपालीले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै वडा सदस्य रामचन्द्र आचार्यले लागु औषधवाट बढ्दो विकृति अनत्य गर्न सवै पक्ष जागरुप हुनुपर्नेमा जोड दिनुभयो ।वडा कार्यालय पोखरा १६ को सहयोगमा भएको कायृक्रममा सहभागीलाई प्रहरी सहायक निरिक्षक सौगात कुँवर, प्रहरी हवल्दार गौतम कुमार हायु र रामजी लम्सालले सहजीकरण गर्नुभएको थियो ।
समुहका विष्णु गुरुङको संयोजकत्वमा भएको कार्यक्रममा वडा सदस्य मञ्जु नेपाली, रामप्रसाद अधिकारी, सल्लाहकार तारानाथ शर्मा, आमा समुहका प्रतिनिधी तारा भट्टराई, नन्दा गुरुङ,कृष्णकुमारी विक, गोमा आचार्य, चन्दा जिसी लगायतले लागु औषधको प्रयोग तथा दुव्र्यसनी रोक्न प्रत्यक परिवारले भुमिका खेल्नुपर्ने वताए । समुहका अध्यक्ष कल्पना आचार्य बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव विद्या पौडेल अधिकारीले गर्नुभएको थियो ।
सोही भेलाले तारा भट्टराइको संयोजकत्वमा १५ सदस्यीय लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुह वडा स्तरिय समिति गठन गरेको छ ।कार्यक्रममा लागु औषध नियन्त्रण व्युरो पोखरा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा बगरले सहकार्य गरेका थिए ।