दीननाथ बराल
कास्कीको झोवाङमा रहेको शीतल गुफामा यही फागुन २५ गते अर्थात महाशिवरात्रि पर्वको अवसरमा बिषेश मेला लाग्ने भएको छ । महाशिवरात्रिमा गाईको दूध चढाउने श्रद्धालु भक्तजनहरुको भीड लाग्ने भएकोले उक्त दिनमा सो क्षेत्रमा मेला लाग्ने भएको शीतल गुफा धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष सदाखर पौडेलले बताए ।
पोखराको मुख्य बजारबाट देखि करिब ४२ किलोमिटरको दूरीमा रहेको सो गुफाभित्र चमेरा सहितका विभिन्न देव देउताका आकृतिहरु तथा गुफा भित्र अचम्मको टल्कने टलक लगायतका निकै आकर्षक रहेको उनले जनाए । सो गुफामा विशेषगरी परम्परादेखि नै बालाचतुर्दशीमा सद्बीज छर्ने समयमा समेत भिडभाड ह्ुने गर्दछ । पोखरा बागलुङ सडकखण्ड नयाँपुल नजिक रहेको उक्त गुफा प्रचुर पर्यटकीय सम्भावना रहेर पनि छायामा परेको उनले गुनासो गरे ।
उक्त गुफा भित्रको सिढी निर्माण गर्न कास्कीको अन्नपूर्ण गाउँपालिकाको बिषेश सहयोग प्राप्त भएको अध्यक्ष पौडलले जनाए । त्यसै गरी उक्त क्षेत्रमा भौतिक पूर्वाधार निर्माणमा विभिन्न दाता सहित वडा, पालिका, प्रदेश र संघिय सरकार तथा जनप्रतिनिधिहरुको सहयोग रहेको समितिले जनाएको छ ।
हिजोआज दैनिक जसो फाट्य फुट्य २÷४ जना पर्यटकहरुको आगमन हुन सुरु भएको उक्त गुफामा अब हजारौं पर्यटक भित्राउने आफुहरुको योजना रहेको अध्यक्ष पौडेलले बताए ।