सरस्वती, अम्बिका मन्दिर तथा आत्मज्ञान केन्द्रको पुनः निर्माण

-


     पोखरा क्लिक     
     फागुन २४ गते २०८० मा प्रकाशित


पोखराको बाटुलेचौरमा रहेको प्राचिन धार्मिक सम्पदा सरस्वती, अम्बिका मन्दिर तथा आत्मज्ञान केन्द्रको पुनः निर्माण कार्य सम्पन्न भएको छ । संरक्षण र वजेटको अभावमा लामो समय देखि जीर्ण रहेका उक्त सम्पदाको गण्डकी प्रदेश सरकार र स्थानियको सहयोगवाट पुर्ननिर्माण गरिएको पुर्ननिर्माण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले जानकारी दिए ।

परापुर्व काल देखि नै अमाली बिसौनीमा रहेको उक्त सम्पदा संरक्षणमा स्थानियले चासो देखाए पनि आर्थिक अभावले काम हुन नसकेकोमा प्रदेश सरकारको सहयोगमा सो कार्य भएको अध्यक्ष बस्नेतले वताए ।तत्कालिन भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री कुमार खड्काको पहलमा विनियोजित ५ लाख ७५ हजार र स्थानियवाट संकलित करिव ११ लाख गरी १६ लाखमा मन्दिर पुर्न निर्माण, वरपरको क्षेत्र सौन्दर्यकरण तथा आत्मज्ञान केन्द्रको पुर्न निर्माण गरिएको समितिले जनाएको छ ।

मन्दिरसँगैको भागमा लोप हुने अवस्थामा पुगेको ढिंकी र नाग मुर्ति पनि स्थापना गरिएको छ । उक्त सम्पदाको आगामी चैत ३ गते विशेष समारोहको आयोजना गरी उद्घाटन गर्ने तयारी शुरु गरिएको समितिका सचिव खगेन्द्र थापाले जानकारी दिए ।

पुर्व मन्त्री कुमार खड्काको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा सहयोग दातालाई सम्मान गरिने समेत बताईएको छ ।उद्घाटनको तयारी तिव्र पारिएको र सहयोगदातासंग समन्वय भईरहेको समितिले जनाएको छ । मन्दिर र केन्द्रको पुन निर्माण पछि नित्य पुजाआजा गर्न र प्रवचन सुन्न भक्तजनलाई सहज भएको छ ।



This will close in 20 seconds