
नेपाल स्काउट गण्डकी प्रदेश परिषद को प्रथम बैठक सम्पन्न भएको छ। गत माघ २७ गते भएको प्रदेश परिषदको निर्वाचनमा गण्डकी प्रदेशबाट २२ जना स्काउटर बिजयी भएका थिए। नेपाल स्काउट रास्टृय कार्यकारी समिती सदस्य आशिर्वाद सुबेदिले निर्वाचितहरु लाई सफतग्रहण गराउनु भएको थियो ।
सोही अवसरमा नबनियुक्त प्रदेश आयुक्त सागर पौडेलले पदभार ग्रहण गर्नुभएको छ । प्रदेश परिषद मा निर्वाचितहरु मध्यबाट निबर्तमान सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुसिला सिम्खडाले यहि फाल्गुन ६ गते नेपाल स्काउटको नियमावली ले गरेको ब्यबस्था बमोजिम प्रदेश आयुक्तको जिम्मेवारी प्रदान गर्नुभएको थियो ।
पदभार ग्रहण गरे सङै प्रदेश आयुक्त पौडेलले गण्डकी प्रदेशमा स्काउटिङ अभियान लाई सशक्त रुपमा सन्चालन गरिने र आगामी दिनहरुमा व्यापक रुपमा स्काउट तालिमको आयोजना सङै बालबालिका लक्षित कार्यक्रमहरु सन्चालन गरिने बताउनु भयो । बैठकमा नेपाल स्काउटका रास्टृय परिषद सदस्य शिव बहादुर भण्डारि, पुर्व रास्टृय तालिम आयुक्त नारायण प्रसाद पराजुली, पुर्व अन्तरास्ट्रिय आयुक्त शारदा पराजुली लगायतको उपस्थिति रहेको थियो ।
स्काउट गण्डकी प्रदेश परिषद सदस्य अनिता राई, एलिसा बि।क,सुनिता लो,सरिता ढकाल, सकुन्तला सोती पौडेल, शर्मिला धमला, सोनु यराल,मना गुरुङ, लेकमाया पुन, अनिता पौडेल, अनुशा श्रेष्ठ, महेन्द्र उपाध्याय, ईश्वर सुवेदी, हरिराम अधिकारी, मात्रिका प्रसाद आचार्य, गंगाधर बराल, साजन सुवेदी, अर्जुन नेपाली, बिनय पराजुली, भिम प्रसाद सुवेदी, अरुण कुमार शर्मा काफ्ले लगाएतले सपथ खाएका थिए । शिवरात्रिको अवसरमा शुक्रबार गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले उद्घाटन गरे ।
वर्षेनि कटानको जोखिममा पर्दै आएको मन्दिर छेउको ग्याबिन एक वर्षअघि नदीको कटानले बगाएको थियो । त्यसपछि करिब १४ लाख ७० हजार रूपैयाँ लगानीमा नयाँ मन्दिर निर्माण गरिएको हो । सांसद केसीको पहलमा प्रदेश सरकारबाट ११ लाख ५० हजार रूपैयाँ र स्थानीयको जनश्रमदान ३ लाख १२ हजार रूपैयाँमा पुनःनिर्माण भएको हो ।
उद्घाटनपछि बोल्दै सांसद केसीले सेतीले गरेको कटान र वृद्धाश्रमको बारेमा आफूले संसदमा आवाज उठाइरहेको र आगामी दिनमा पनि आफ्नो दायित्वबाट पछि नहट्ने बताए । ‘मेरो निर्वाचन क्षेत्रमा अरू वडा पनि पर्छन् । अरू ठाउँमा पनि मैले योगदान गर्नु मेरो दायित्व हो,’ सांसद केसीले भने, ‘आफू हुर्के–खेलेको ठाउँ भएकाले मन्दिर र वृद्धाश्रमको मलाई माया छ ।’ उनले वृद्धाश्रमलाई व्यवस्थित बनाउन आफूले प्रदेश सरकारसँग माग गरेको र त्यसको फलोअप गर्ने सुनाए ।
कार्यक्रममा पोखरा–१४ का वडाध्यक्ष बोधबहादुर कार्की, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोकर्ण कार्की, मन्दिर पुनःनिर्माण समिति अध्यक्ष गुञ्जबहादुर कार्की, स्थानीय कमलनयन गौतमलगायत उपस्थित थिए । कार्यक्रम सञ्चालन मन्दिर पुनःनिर्माण समिति सचिव रेशम जिसीले गरेका थिए ।