दीननाथ बराल
पोखरा ३१ को बेगनाथ तालमा पहिलो पटक राष्ट्रिय स्तरकै बेगनास ड्रागन बोट रेस हुने भएको छ । नेपाल ड्रागन बोट संघ गण्डकी प्रदेश, पोखरा महानगरपालिका, होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथको संयुक्त आयोजना उक्त रेस आउदो चैतको ११ र १२ गते हुने भएको एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले पोखराक्लिकलाई बताउनु भयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्धनमा हुने उक्त प्रतियोगितामा देश भरबाट करिब १८ टिम हुने आफुहरुले अपेक्षा गरेको उहाँले जनाउनु भयो । प्रतियोगितामा सहभागि हुने टिमका खेलाडीहरुको लागि प्रतियोगिताको सन्र्दभमा केही दिन अघि तीन दीने प्रशिक्षण हुने भएको छ जहाँ खेलाडीहरुको समेत छनौट हुने भएको अध्यक्ष कँडेलले उल्लेख गर्नु भयो । एक टिममा न्यूनतम १२ देखि १५ जना खेलाडीहरु समावेस गर्ने खेलाडी दर्ता निःशुल्क रहेको आयोजकले जनाएको छ ।
उक्त प्रतियोगिताले बेगनास ताल क्षेत्रको खेल पर्यटनको प्रबद्र्धनमा थप टेवा पुग्ने भएको स्थानिय श्रीराम कँडेलले जनाउनु भयो । यस अघि गत बर्ष पोखराको फेवातालमा चाइना सरकारको बिषेश पहलमा खुल्ला अन्तराष्ट्रिय ड्रागन बोट रेस भएको थियो । उक्त प्रतियोगिताको अवधिमा पोखरामा भित्रिएको लामो ड्रागनको आकृति भएको ८ वटा वोट प्रतियोगितामा प्रयोग हुने भएको छ ।