
दीननाथ बराल,
पोखराको नयाँ पर्यटकीय एवं धार्मिक तिर्थ स्थल बिशाल महादेवको मुर्ति(भूमेश्वर) मा एकै १५ हजार भन्दा बढी दर्शनार्थी एवं पर्यटक भित्रिदा ३ लाख भेटि संकलन भएको छ । पोखरा २२ (पुम्दी भुम्दी) को पुम्दीकोटमा रहेको बिशाल महादेवको मुर्तिमा दर्शन गर्न तथा अवलोकन गर्न पुगेका उक्त सङख्याका दर्शनार्थी तथा पर्यटकहरुबाट ३ लाख रुपैया भेटि संकलन भएको पुम्दीकोट कोट विकास संस्थाका अध्यक्ष एवं उद्योगपती चन्द्रकान्त बरालले बताउनु भयो ।

उक्त भेटिमा नेपाली, भारतीय पर्यटकहरुबाट बढी भेटि चढाइएको समितिले पोखराक्लिकलाई जनाएको छ । उक्त बिशाल महादेवको मुर्ति अवलोकन तथा दर्शन गर्नेहरुले मासिक करिब ५÷६ लाख भेटि चढाउने गरेको अध्यक्ष बरालले जनाउनु भयो ।

महाशिवरात्रि पर्वको अवसरमा गत शुक्रबार बर्षकै सबै भन्दा धेरै एकै दिनमा करिब १५ हजार दर्शनार्थी एवं पर्यटक उक्त बिशाल महादेवको मुर्ति अवलोकन गर्न पुगेको उहाँले दाबी गर्नु भयो । पुम्दीकोटबाट माछापुच्छ«े, अन्नपूण सहितका हिमश्रृखला, फेवाताल, पोखरा, विश्व शान्ति स्तुपाः, सराङकोट, काहँुडाँडा लगायतका दृश्यावलोकन गर्न सकिन्छ । पोखराको मुख्यबजार क्षेत्रबाट करिब ८ किलोमिटर नजिक रहेको पुम्दीकोटमा जानको लागि छोरेपाटन तथा कालिमाटी, तिहार हुदै पनि जान सकिन्छ ।

यसैबिच, आइतबार अन्तराष्ट्रिय कथा वाचिका राधिका दासीले बिशाल महादेवको मुर्ति अध्ययन अवलोकन गर्नु भएको छ । साथै उहाँलाई समितिका अध्यक्ष बरालले मायाको चिनो समेत हस्तान्तरण गर्नु भएको पूर्व प्रशासक एवं स्थानिय नरहरी बरालले जनाउनु भयो । साथै अन्तराष्ट्रिय कथा वाचिका दासीले पुम्दीकोटबाट दृश्यावलोकन समेत गर्नु भएको थियो ।