
पोखरा महनगरपालिका ३१, बेगनास स्थित अदुवाबारीमा नबनिर्मित ब्रह्मेश्वर शिब मन्दिरमा शिबलिङ्ग स्थापना गरिएको छ । महाशिबरात्री पर्वको अबसरमा एक कार्यक्रमका बिच उक्त शिबलिङ्ग स्थापना सहित मन्दिरको उद्घाटन समेत गरिएको हो ।
नेपाल सरकारका उपसचिब बसन्त राज तिवारी र स्थानिय बयोबृद्द छबिलाल कडेलले सम्युक्त रुपमा शिबलिङ्ग एबम मुर्तिको अनाबरण गरी मन्दिरमा पुजा खुल्ला गर्नुभएको मन्दिर निर्माण तथा ब्यबस्थापन समितिका अध्यक्ष श्रीराम कडेलले बताउनु भयो ।
गण्डकी प्रदेश सरकारको ५ लाख र स्थानिय तथा चन्दादाताहरुको ५ लाख र जनश्रमदान गरी करिब १० लाखमा मन्दिर निर्माण भएको समितिका सचिब दिपेन्द्र कडेलले जानाकारी दिनु भयो । उपसचिब बसन्तराज तिवारीको प्रमुख आतिथ्यतामा सन्चालन भएको उक्त कार्यक्रमा प्रा.डा.दिपक वाग्ले, डा. श्रीप्रसाद कडेल, जनप्रतिनिधि देबेन्द्रराज अधिकारी, होटल एसिसिएसन लेखनाथका अध्यक्ष बिरभद्र कडेलले लगायले वोल्नु भएको बोधराज रानाभाटले बताउनु भयो ।