
पोखरा १५ मा रहेको हार्वड एकेडेमीको बार्षिक शैक्षिक सामाग्रि प्रर्दशनी तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । बिद्यार्थीहरुले निर्माण गरेका शैक्षिक सामाग्रि सहित कार्यक्रममा उहाँहरुले कोरेका चित्र कला समेत प्रदर्शनी गरिएको बिद्यालयका प्रिन्सिपल श्रीकृष्ण अधिकारीले बताउनु भयो ।

उक्त अवसरमा बिद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने विभिन्न विधामा पुरस्कृत भएका बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी पोखरा १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले बिद्यार्थीहरुको शैक्षिक बिकाससंगै शारीरिक तथा मानसिक विकासको लागि खेलकुद अति आवश्यक भएकोमा जोड दिनु भयो । कार्यक्रममा बिद्यालयका अभिभावक तथा जनप्रिय क्याम्पसका प्राध्यापक रवि भण्डारीले बिद्यालयले समयानुकुल, जीवन उपयोगी, सिप शिक्षण सिकाई गर्दै अघि बढेकोमा प्रशंसा गर्नु भयो ।

बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष एवं संचालक सदस्य रेशम बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अपाङगता सञ्जाल कास्कीका गंगा बहादुर खड्का, सहायक प्रिन्सिपल नविन पन्त, अतिरिक्त कृयाकलाप संयोजक लक्ष्मी न्यौपाने, अतिरिक्त कृयाकलाप सहायक संयोजक अनुप बानियाँ लगायतले बोल्नु भएको थियो ।

बिद्यालयमा करिब ५ सय जना बिद्यार्थी अध्ययनरत रहनु भएको छ भने ३७ जना शिक्षक, कर्मचारी रहनु भएको छ । बिद्यालयमा व्यबस्थापन संकाय प्लस टु तर्फ करिब ४० जना बिद्यार्थी अध्ययनरत रहनु भएको छ ।




