
सागर सुनार
नेपाल एडभेन्चर रनिङ फेडेरेसन गण्डकी प्रदेश संघ गठन भएको छ । पोखराका युवा पर्यटन व्यवसायी एवं खेलकुदकर्मी कृष्ण प्रसाद आचार्यको अध्यक्षतामा हालै बसेको एक भेलाले ११ सदस्य तदर्थ नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यसै गरी संघको उपाध्यक्षहरुमा डा.उमेश पराजुली, समितराज भण्डारी, सचिवमा रामकृष्ण पहारी, सहसचिवमा इन्दिरा लामिछाने, कोषाध्यक्षमा डा.गौरव सुवेदी रहनु भएको छ भने त्यस्तै अन्य सदस्यहरुमा थानेश्वर बराल, रविन्द्र जिसी, सुविन थापा, कल्पना बास्तोला, भुपेन्द लामा रहनु भएको छ । पोखरामा साहसिक खेल गतिविधिलाई थप प्रबद्र्धन र बढावा दिन आफुहरु कटिवद्ध भयर नेपाल एडभेन्चर रनिङ फेडेरेसन गण्डकी संघ गठन गरिएको अध्यक्ष आचार्यले जनाउनु भयो ।
पोखरालाई साहसिक खेलकुदको गन्तव्य नै बनाउने अभियानमा आफुहरुले विभिन्न खेल गतिविधि समेत गर्ने योजनामा रहेको उहाँको भनाई थियो । उक्त भेलामा प्रदेश खेलकुद परिष्याद गण्डकीका सदस्य केशव पाठक लगायतको सहभागिता रहेको थियो ।