धम्पुसमा आयोजित निःशुल्क वृहत् स्वास्थ्य शिविरबाट १ सय ४४ जना लाभान्वित

-


     पोखरा क्लिक     
     फागुन २८ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

कास्कीको माछापुच्छ्रे« गाउँपालिका वडा नं ७ धम्पुसमा सोमबार आयोजना भएको एक दिने निःशुल्क वृहत् स्वास्थ्य शिविरबाट १ सय ४४ जना लाभान्वित भएका छन्। माछापुच्छ«्रे गाउँपालिकाको आयोजनामा र चरक मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा धम्पुसको सामुदायिक स्वास्थ्य इकाईमा सञ्चालन भएको उक्त शिविरबाट १ सय ४४ जना लाभान्वित भएको माछापुच्छ्रे« गाउँपालिका ७ का अध्यक्ष बैकुण्ठ प्रसाद भण्डारीले पोखराक्लिकलाई बताए ।

स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टर र अत्याधुनिक उपकरण सहित सेवा उपलब्ध भएको अध्यक्ष भण्डारीले जनाए । शिविरमा जनरल फिजिसियन सेवा, स्त्रीरोग सम्बन्धी सेवा, बाल रोग सम्बन्धी सेवा, हाड तथा नशा रोग सम्बन्धी सेवा, भिडियो एक्स रे सेवा तथा ई.सी.जी. सेवा उपलब्ध भएको थियो ।

यसैबिच माछापुच्छ्रे« गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्य सेवा मौलिक हक भित्र रहेकोले स्वास्थ्य सेवा सबैको पहुचमा पुर्याउन आफुहरु समेत लागेको जनाइन् । कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत गोपिकृष्ण अर्याल , वडा नं ५ का वडा अध्यक्ष नारायण पौडेल र ९ का वडा अध्यक्ष हरि बहादुर क्षेत्री लगायतको सहभागिता रहेको थियो ।