गण्डकी प्रदेशका प्रदेश प्रमुख गुरुङ पदमुक्त, एमालेका भट्ट प्रदेश प्रमुखमा सिफारिस

-


     पोखरा क्लिक     
     फागुन २८ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङ पदमुक्त हुनु भएको छ । आज बसेको पत्रिपरिषदको बैठकले कागेंसका गुरुङलाई पदमुक्त गर्ने निर्णय गरेको हो । उहाँले करिब ३१ महिना प्रदेश प्रमुखको कार्यभार सम्हाल्नु भयो ।

गुरुङ २०७८ साउन १२ गते गण्डकी प्रदेशको प्रदेश प्रमुखमा नियुक्त हुनु भएको थियो । एमालेकी सिता कुमारी पोडेल पदमुक्त भएसंगै उहाँ गण्डकी प्रदेश प्रमुखको कार्यभार सम्हाल्नु भएको थियो । कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारको पालामा नियुक्त हुनु भएको गुरुङ खगराज अधिकारी र सुरेन्द्रराज पाण्डेको नेतृत्वको सरकारमा समेत उहाँ प्रदेश प्रमुख रहनु भएको हो ।

गण्डकी प्रदेशको प्रदेश प्रमुखमा एमालेका डिल्लीराज भट्टलाई मन्त्रिपरिषदको बैठकले सिफारिस गरेको छ । सुदुरपश्चिमका भट्ट एमालेका सल्लाहकार परिषदका सदस्य हुनु हुन्छ । पदमुक्त हुनु भएको गुरुङ हाल काठमाण्डौंमा हुनु हुन्छ भने उहाँलाई बिधाईसंगै केही दिनमा नयाँ प्रदेश प्रमुखलाई पोखरामा स्वागत गरिने तयारी गरिएको श्रोतले पोखराक्लिकलाई जनाएको छ । सरकारले पठाएको निर्णण राष्ट्रपति रामचन्द्र पौडेलबाट सदर भएसंगै उहाँबाट सपथ ग्रहण भए पश्चात प्रदेश प्रमुख कार्यभार सम्हाल्न आउनु हुने छ ।

गण्डकी प्रदेशमा कागेंसका बाबुराम कुवंर, माओबादीका अमिक शेरचन यस अघि प्रदेश प्रमुख हुनु भएको थियो । गण्डकी प्रदेश सरकार हाल अल्पमतमा परेको छ । नेकपा माओबादी केन्द्रले कागेंस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको हो ।