धम्पुस उत्सव, विविध खेलकुद तथा सांस्कृति कार्यक्रम बुधबार देखि हुने

-


     पोखरा क्लिक     
     फागुन २८ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

कास्कीको पर्यटकीय गाँउ धम्पुसमा आउँदो बुधबार देखि संचालन हुने धम्पुस उत्सव २०८०, विविध खेलकुद तथा सांस्कृति कार्यक्रमको तयारी पूरा भएको छ । स्थानिय मिलन युवा क्लवको आयोजनामा आउँदो चैत ३ गतेसम्म चल्ने उक्त उत्सवको अन्तिम तयारी पूरा भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

सामाजिक, शैक्षिक र आर्थिक स्तरवृद्धिको लागि सचेतना जगाउन साथै कला संस्कार, संस्कृक्तिको जगेनां, खेलकुद बिकासमा अग्रणी गरी सभ्य समाज एवं युवा युवतीको सम्पूर्ण प्रकारको प्रतिभा उजागर गराउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको क्लवका अध्यक्ष ललित पुनले बताउनु भयो ।

कार्यक्रममा बोल्दै कास्कीको माछापुच्छ«े गाउँपालिका ७ का वडा अध्यक्ष बैकुण्ठ प्रसाद भण्डारीले कास्कीको पर्यटनको पुरानो गन्तव्य भएकोले खेल पर्यटनको प्रबद्र्धन गर्न वडाले सो कार्यक्रमको लागि २ लाख बजेट व्यबस्था गरेको जनाउनु भयो । मौसम खुल्दा माछापुच्छ«े हिमाललाई माछाको पुच्छरको आकार तथा माछापुच्छ«े हिमाल नजिकैबाट देखिन सकिने उहाँले दाबी गर्नु भयो । धम्पुसमा हाल लाली गुराँस फुलेर रातम्मे भएको अध्यक्ष भण्डारीले जनाउनु भयो । उक्त कार्यक्रम सम्पन्न गर्न करिब ८ लाख ९४ हजार खर्च लाग्ने क्लवका असोक थापाले बताउनु भयो । सो कार्यक्रमबाट करिब २६ हजार बचत गर्ने क्लवले लक्ष्य राखेको छ । विविध सांस्कृतिक कार्यक्रम अन्र्तगत राष्ट्रिय, स्थानिय कलाकार देखि सामुहिक नृत्य लगायतका कार्यक्रम हुने भएको छ ।

कास्कीको माछापुच्छ«े गाउँपालिका ७ मा पर्ने लेककुनामा उक्त कार्यक्रम हुने भएको छ भने उक्त कार्यक्रमको मुख्य आकर्षणमा कास्की जिल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता रहेको क्लवका अध्यक्ष पुनले बताउनु भयो । प्रतियोगितामा करिब २५ टिमको सहभागिता हुने उहाँले जनाउनु भयो । प्रतियोगिताको विजेतालाई नगद एक लाख, उपविजेतालाई नगद ६० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको अध्यक्ष पुनले जनाउनु भयो ।

उक्त कार्यक्रममा क्लव स्तरिय महिला भलिवल प्रतियोगिता समेत हुने भएको छ । प्रतियोगिताको विजेतालाई ४० हजार, उपविजेतालाई २५ हजार प्रदान गरिने भएको छ । भलिवलको पुरुष तर्फ शान्त्वना हुने सेमिफाइनलमा पराजित भएका दुई टिमलाई जनही १०÷१० हजार प्रदान गरिने भएको छ । भलिवलको पुरुष तथा महिला तर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार, अन्य ५ विधामा जनही २ हजार ५ सयका दरले पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै उक्त उत्सवमा प्रौढ भलिवल प्रतियोगिता, पुरुष रस्साकसी प्रतियोगिता, पुरुष छेलो प्रतियोगिता हुने भएको खेल संयोजक बुद्ध सिंहले बताउनु भयो ।