
काठमाडौं २७, फागुन
विकास कार्यक्रम अन्तर्गत दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सहारा फुटबल एकेडेमीलाई ४० थान केल्मी फुटबल सहयोग गरेको छ । आइतबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा साफ प्रतिनिधिले यु–१६ महिला फुटबलको फाइनल समारोहबीच सहारा प्रतिनिधिलाई फुटबल बल हस्तान्तरण गरेका हुन् ।

साफका महासचिव अन्वारुल हकले सहाराका अध्यक्ष केशवराज बराल तथा संस्थापन सदस्य शान्ती केसीलाई बल उपलब्ध गराएका हुन् ।बल प्राप्त गरेसँगै सहाराका अध्यक्ष बरालले साफको सहयोग भएकोमा अखिल नेपाल फुटबल संघ ९एन्फा० र साफलाई धन्यवाद ज्ञापन गरे । उनले भने, ‘हाम्रो एकेडेमीलाई एन्फामार्फत साफले ठूलो सहयोग भएको छ । यसको लागि आभारी छौं,’ बरालले भने ।
भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै बंगलादेशले साफको उपाधि जितेको छ ।