जिवनशैली पत्रिका

महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

पोखरा, महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । महालेखा परीक्षकको कार्यालयका नायव महालेखापरीक्षक श्याम प्रसाद भण्डारीले बिहीबार आर्थिक वर्ष २०८१र८२ को आठौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्ट समक्ष पेस गर्नुभएको हो । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आर्थिक अनुशासन नै सुशासनको जग रहेको बताउनुभयो । उहाँले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य रहेकोमा जोड दिँदै बेरुजु बढ्नु सुशासनका लागि चुनौती रहेको उल्लेख गर्नुभयो । ‘आर्थिक अनुशासन कायम गर्न राज्यका तीनै तह… पुरा पढौ

शनिबार पोखरामा ‘दोस्रो गण्डकी लोकतारा–२०८३’ फाइनल, स्वर, ताल र लयको आधारमा विजेता घोषणा हुने

दीननाथ बरालपोखरा ७, जेठ. गण्डकी प्रदेशका लोकदोहोरी प्रतिभालाई एउटै मञ्चमा उतार्ने उद्देश्यसहित ‘दोस्रो गण्डकी लोकतारा–२०८३’ यही जेठ ९ गते ९शनिबार० पोखरामा फाइनल चरणको प्रतिष्प्रर्धा हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुने ग्राण्ड फिनालेको तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट छनोट भएका ११ प्रतिस्पर्धी सहभागी हुनेछन्। आयोजकका अनुसार स्वर, ताल र लयको आधारमा निर्णायकले प्रतियोगीको मूल्याङ्कन गर्नेछन्। प्रतिष्ठानका अध्यक्ष माया गुरुङले कार्यक्रमको उद्देश्य… पुरा पढौ

अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले पोखरा ९ मा रहेको अस्थायी टहरा भत्काउन सुरु गर्यो

पोखरा, अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले आज ९विहिबार० देखि पोखरा ९ मा आफ्नो अस्थायी टहरा र सभाहल सहित दुई कोठा भत्काउन सुरु गरेको छ । महासंघले यस कदमलाई सार्वजनिक जग्गा संरक्षण र पोखरा बसपार्क निर्माणमा सहयोग गर्ने उद्देश्यले रहेको जनाएको छ । अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले बालेन सरकारले व्यबस्थापन गरेर अस्थायी र सुकुम्बासी बस्ती व्यवस्थापन गर्नुपर्नेमा उल्टो बाटोमा अघि बढिरहेको आरोप लगाउँदै आएको छ। महासंघका अध्यक्ष रुद्र गौतमका अनुसार, सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बढेको… पुरा पढौ

फेवातालमा पौडी खेल्दा डुबेर एक युवाको ज्यान गयो

पोखरा, ७ जेष्ठ पोखराको प्रसिद्ध पर्यटकीय स्थल फेवातालमा पौडी खेल्ने क्रममा डुबेर कास्कीका एक युवकको ज्यान गएको छ । पोखरा महानगरपालिका–११, काहुँखोलाका करिब २७ वर्षीय रिवाज गुरुङ फेवातालमा पौडी खेल्दै गर्दा बेपत्ता भएका थिए । घटनाबारे खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिका कास्कीबाट उद्धार टोली परिचालन गरिएको थियो। टोलीको नेतृत्व सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीले गरेका थिए र उनीसँग १३ जना सदस्यको टोली थियो। टोलीमा विशेषज्ञ डाइभर र डिएम टिम पनि समावेश थिए । उद्धार… पुरा पढौ

फो जिपिए ल्याएका पोखराका दुई जुम्ल्याहा दिदी बहिनीलाई जन प्रकाश माविले नगद सहित सम्मान गर्यो (भिडियो सहित)

दीननाथ बराल,पोखरा ६, जेठ, यस बर्षको एसईई परिक्षामा फोजिपिए ल्याएका पोखराका दुई जुम्ल्याहा दिदी बहिनीलाई जन प्रकाश माविले आज (बुधबार) एक समारोहका बिच नगद सहित सम्मान गरेको छ । जुम्ल्याहा दिदीबहिनी दिब्या र दिपिका सुबेदीले माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८२ मा समान ४.० जिपिए हासिल गरेकोमा बिद्यालयले बुधबार जनही नगद २५ हजार सहित सम्मान गरेको हो । https://www.youtube.com/watch?v=UuVCUz6c33M पोखरा महानगरपालिका वडा नं.–२९ स्थित जनप्रकाश मा.वि.मा अध्ययनरत दिब्या र दिपिकाले ४.० जिपिए ल्याएर बिद्यालयको इज्जत बढाउने काम गरेको हुदा बिद्यार्थीको हौसला… पुरा पढौ

कास्कीमा यस वर्षको एसइई नतिजामा पनि सामुदायिकतर्फ बालमन्दिर र संस्थागततर्फ गण्डकी बोर्डिङ उत्कृष्ट

पोखरा, माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८२ को नतिजामा कास्कीको बालमन्दिर माध्यमिक विद्यालय तथा संस्थागततर्फ लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कुल जिल्ला प्रथम बन्न सफल भएका छन् । गत वर्षको उत्कृष्ट नतिजालाई निरन्तरता दिँदै सामुदायिकतर्फ पोखरा ३ नदीपुरस्थित बालमन्दिर माध्यमिक विद्यालय तथा संस्थागततर्फ लामाचौरको गण्डकी बोर्डिङ स्कुल जिल्ला प्रथम हुन सफल भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले जनाएको छ । कम्तीमा ५० जना विद्यार्थी सहभागी भएका विद्यालयको औसत जिपिएलाई आधार मानेर नतिजा विश्लेषण गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका… पुरा पढौ

जेठ २० मा कास्कीको घान्द्रुकमा अन्नपूर्ण म्याराथन, तयारी तिव्र; ६ देशका धावक सहभागी हुदै

दीननाथ बराल,कास्की, ६ पोखरा, अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा यही जेठ २० गते कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण म्याराथनको छैटौँ संस्करण हुने भएको छ । आज(बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा म्याराथन संयोजक तथा समितिका अध्यक्ष ललित गुरुङले प्रतियोगिताको सम्पूर्ण तयारीको बारेमा जानकारी गराए । अध्यक्ष गुरुङका अनुसार यो प्रतियोगिता सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा अन्नपूर्ण प्रथम हिमाल सफल आरोहणको ७६औँ वर्षगाँठको अवसरमा आयोजना हुँदैछ । प्रतियोगिताको मुख्य उद्देश्य अन्नपूर्ण हिमाल पदयात्रा मार्गको पूर्वाधार विकास र… पुरा पढौ

स्क्वायर मोटर्स प्रालिले एकै दिन १०० स्कुटर ग्राहकलाई हस्तान्तरण

पोखरा, पछिल्लो समयमा इन्धनको मुल्य वृद्धि भएसँगै विद्युतीय सवारीप्रति आकर्षण बढेको छ । पोखरामा टिभिएसको इलेक्ट्रिक स्कुटर ‘आइक्युब’प्रति ग्राहकको आकर्षण बढेको कम्पनीहरुले जनाएका छन् । इलेक्ट्रिक आइक्युब वातावरणमैत्री समेत रहेपछि सर्वसाधारणले मन पराएको ग्राहकहरु बताउछन् । पोखराका टिभिएसका लागि आधिकारिक बिक्रेता स्क्वायर मोटर्स प्रालिले एकै दिन १०० स्कुटर ग्राहकलाई हस्तान्तरण गरेको छ । स्क्वायर मोटर्सका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठले ग्राहकलाई स्कुटरको चावी हस्तान्तरण गर्नुभयो । उहाँले वातावरणमैत्री ईभी स्कुटरप्रति आकर्षण बढेको बताउनुभयो । नेपालमा अटोमोटिभ क्षेत्रमा विद्युतीय सवारीको प्रयोग बढ्दो… पुरा पढौ

तेस्रो तरबुजा मेलामा १० लाखको कारोबार, उत्कृष्ट किसान रमेश आचार्य पुरस्कृत (भिडियो सहित)

दीननाथ बराल, पोखरा, ५ जेठ, पोखरा महानगरपालिका वडा नम्बर १३ मा मंगलबार आयोजित तेस्रो “तरबुजा मेला २०८३” मा करिब १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन र किसानलाई प्रत्यक्ष बजार उपलब्ध गराउने उद्देश्यले आयोजित मेलामा उपभोक्ताको उल्लेख्य सहभागिता रहेको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखराक्लिकलाई बताउनु भयो । https://www.youtube.com/watch?v=8yHmTH1o40o&t=86s मेलामा करिब २० हजार केजी तरबुजा बिक्री भएको उहाँले जनाउनु भयो । पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा र पोखरा वडा नम्बर १३ को आयोजनामा… पुरा पढौ

पोखराबाट भारतसम्म पहिलो सिधा मेडिकल चार्टर उडान

दीननाथ बराल, पोखरा ५, जेठ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक भारततर्फ सिधा मेडिकल रेस्क्यू चार्टर उडान भएको छ । श्री एयरलायन्सको डोमेस्टिक विमानले आज दिउँसो ३ः०९ बजे भारतको भोपालस्थित राजा भोज अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले बताउनु भयो । मुक्तिनाथ तीर्थयात्राका क्रममा गम्भीर बिरामी परेका भारतीय नागरिक शम्भु दयाल श्रीवास्तवलाई थप उपचारका लागि विशेष मेडिकल चार्टरमार्फत भारत पठाइएको उहाँले जनाउनु भयो । “पोखराबाट भारतसम्म डोमेस्टिक विमानमार्फत गरिएको अन्तर्राष्ट्रिय हवाई उडान पहिलोपटक हो,” प्रवक्ता सुवेदीले भन्नुभयो… पुरा पढौ