जिवनशैली पत्रिका

गत वर्षको विजेता हिमालयन बोर्डिङलाई हराउँदै स्पाइरल ग्लेक्सी स्कुल वडाध्यक्ष कपको सेमिफाइनलमा

पोखरा १४, जेठ, गत वर्षको विजेता हिमालयन बोर्डिङ स्कुललाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै स्पाइरल ग्लेक्सी स्कुल पाँचौँ संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । स्पाइरल ग्लेक्सीका प्रमिस रत्न ‘म्यान अफ द म्याच’ घोषित भए । गतबर्ष हिमालयन बोर्डिङ स्कुलले चौथो संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को उपाधि जितेको थियो । हिमालयनले फाइनलमा एल.पी. देवकोटा मेमोरियल स्कुललाई २–० गोलअन्तरले पराजित… पुरा पढौ

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

पोखरा, नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ ।मंगलबार साँझ पोखरामा आयोजित एक भव्य कार्यक्रमका बिच शैक्षिक परामर्शदाता कम्पनी ब्रिजले सन्दीपसँग पाँच वर्षको लागि सम्झौता नविकरण गरेको हो । यसअघि २०८१ भदौमा ब्रिज इन्टरनेशनलले सन्दीपसँग दुई वर्षको लागि सम्झौता गरेको थियो । त्यो सम्झौताको केही समय बाँकी नै रहँदा नै ब्रिजले सन्दीपसँग सम्झौता नविकरण गर्दै थप पाँच वर्षको लागि सम्झौता गरेको हो । ब्रिज इन्टरनेशनलका सिइओ भुवन गिरी र सन्दीप… पुरा पढौ

अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल जारी

पोखरा, ड्यामसाइड क्लबको आयोजनामा पोखरामा पाँचौं संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता–२०८२ जारी छ । ड्यामसाइडस्थित गण्डकी प्रदेश प्रहरी गणको खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन ४ खेल सम्पन्न भए । बुधबारको खेलमा ढुंगेसाँघु बोर्डिङले ड्रिम एकेडेमीलाई ३–० गोलअन्तरले पराजित गरेको छ । खेलमा ढुंगेसाँघुका सुमित नेपाली म्याच अफ दि म्याच घोषित भए । यसैगरी, जानकी र एक्स आर्मीबीच प्रतिस्पर्धामा जानकी ३–० गोलअन्तरले विजयी भयो । जानकीका अभिषेक मल्ल म्याच अफ दि म्याच बने । अर्को खेलमा, स्पाइरल ग्लालेक्सीले फिस्टेल… पुरा पढौ

पोखरामा पाँचौं अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल सुरु, पहिलो दिन ४ खेल सम्पन्न, शिशु निकेतन सहित चार टोली विजयी

पोखरा, १२ जेठ, खेलकुदको शहरका रूपमा परिचित पोखरामा विद्यालयस्तरीय फुटबल खेलको विकास र ग्रासरुट तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित पाँचौं संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ मंगलबारदेखि सुरु भएको छ । पोखराको ड्यामसाइड क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा सुरु प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएका छन् । प्रतियोगिताको पहिलो दिन शिशु निकेतन बोर्डिङ स्कुल, शान्तिनिकुञ्ज बोर्डिङ स्कुल, बालोदय बोर्डिङ स्कुल र एलपी देवकोटा मेमोरियल विजयी… पुरा पढौ

अन्नपूर्ण डेमा जेठ २० गते दोस्रो संस्करणको अन्नपूर्ण रेस हुने

दीननाथ बराल,पोखरा, १२ जेठ विश्वकै चर्चीत अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा दोस्रो संस्करणको अन्नपूर्ण रेस प्र्रतियोगिता आयोजना हुने भएको छ । अन्नपूर्ण पर्यटन महोत्सव समिति, अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ म्याग्दीको आयोजनामा अन्नपूर्ण डे अर्थात् जेठ २० गते म्याराथन प्रतियोगिताको रुपमा संचालन गर्ने उद्धेश्य अनुसार हाल ३८ किलोमिटर दौड सञ्चालन गर्न लागिएको समितिले जनाएको छ । अन्नपूर्ण प्रथम हिमाल आरोहणको ऐतिहासिक दिवसलाई स्मरण गर्दै आयोजना गर्न लागिएको प्रतियोगिता अन्नपूर्ण आधार शिविर क्षेत्रको पर्यटन प्रवद्र्धनसँगै साहसिक खेल पर्यटन विकासमा केन्द्रित रहने प्रतियोगिता… पुरा पढौ

प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै

जेष्ठ १२,पोखरा, पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजनामा प्रथम पिसिएम प्लस टु फुटसल टुर्नामेण्ट हुने भएको छ । ‘च्याम्पिन फर टुडे, लिडर्स फर टुमारो’ भन्ने नाराका साथ हुने उक्त प्रतियोगिता यहि जेष्ठ १५ र १६ गते गणेशटोलस्थित बि–फिटमा सञ्चालन गरिने कलेजले जनाएको छ । प्रतियोगितामा प्रथम हुने समुहले नगद रु २० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरि द्धितिय हुने समुहले नगद रु १५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । युवा नेतृत्व विकास तथा विद्यार्थी… पुरा पढौ

फोनिज गण्डकीको आयोजनामा समावेशी पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम

पोखरा, १२ जेठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा पोखरामा समावेशी पत्रकारिता तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम भएको छ । प्रेस रेजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा भएको तालिम मंगलबार र बुधबार हुनेछ । तालिमको गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले उद्घाटन गरिन् । उक्त कार्यक्रममा प्रेस रजिष्ट्रार भण्डारीले पत्रकारितामा निरन्तरको तालिम र क्षमता अभिवृद्धि अपरिहार्य रहेको बताइन् । भण्डारीले समाजको पिँधमा रहेका आवाजहरूलाई मूलधारमा ल्याउनुपर्ने धारणा राखिन् । गुरुङ, मगर, थकाली, तामाङ र दलित लगायतका विभिन्न जातजाति र… पुरा पढौ

जोन डियर ट्याक्टरको पोखरामा शाखा स्तरोन्नति, स्पेयर पाट्र्समा १० प्रतिशत र लेबर चार्जमा १०० प्रतिशत छुटको घोषणा

दीननाथ बराल,पोखरा, ११ जेठ , पर्यटकीय नगरी पोखरामा जोन डियर ट्याक्टरको पोखरा एसएसएस शाखा स्तरोन्नति गरेको छ । विवेक अटोमोबाइल्स प्रा. लि. अन्तर्गत सञ्चालित उक्त शाखालाई आधुनिक सेवा सुविधासहित स्तरोन्नति गरेको कम्पनीले पोखरा क्लिकलाई जनाएको छ । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड तथा उपाध्यक्ष विवेक दुगडको मार्गदर्शनमा सञ्चालन भइरहेको कम्पनीले ग्राहकलाई अझ छिटो, प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले शाखा अपग्रेड गरिएको विवेक अटो मोबाइल्स पोखरा शाखाका प्रबन्धक सुनिल कुमार ठाकुरले बताउनु भयो । कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक… पुरा पढौ

पोखराको फिर्केखोलामा डोजरः फिर्केखोलाको खोलाघर भित्र बनेका संरचना हटाउन अभियान सुरु (भिडियो सहित)

दीननाथ बराल पोखरा, १० जेठ, पोखरा महानगरपालिकाले फिर्केखोला को खोलाघर अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउने अभियान आज (आइतबार) देखि सुरु गरेको छ । महानगरले यसअघि दिएको ३५ दिने अल्टिमेटम सकिएसँगै खोलाको प्राकृतिक बहाव अवरुद्ध गर्ने स्थायी तथा अस्थायी संरचनामा डोजर चलाइएको हो । https://www.youtube.com/watch?v=CZXmxinf_K0 बजारको मध्यभाग हुँदै बग्ने फिर्केखोला २०८० साल असारमा गरिएको प्राविधिक नापजाँच प्रतिवेदनले फिर्केखोलाको खोलाघरभित्र १६० भन्दा बढी संरचना निर्माण भएको पोखरा महानगरका मेयर धनराज आचार्यले बताउनु भयो । वर्षायाममा डुबानको जोखिम बढ्दै गएको तथा… पुरा पढौ

राङखानीमा युनाईटेड क्लबको निःशुल्क स्वास्थ्य शिविर, ५ सय ५० लाभान्वित

पोखरा, युनाईटेड क्लब पोखराको आयोजनामा बागलुङको जैमिनि नगरपालिका–१० राङखानीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ५० भन्दा बढी स्थानीय लाभान्वित भएका छन् । राङखानी स्वास्थ्य चौकी, देउरालीमा आयोजित शिविरमा इसिजी, भिडियो एक्सरे, सुगर परीक्षणसहित विभिन्न विशेषज्ञ सेवा प्रदान गरिएको थियो । शिविरमा २ सय ४९ जनाको इसिजी, २ सय १५ जनाको भिडियो एक्सरे तथा १ सय २३ जनाको सुगर परीक्षण गरिएको आयोजकले जनाएको छ । शिविर जैमिनि नगरपालिका वडा नम्बर १० को समन्वय तथा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर रानीपौवा… पुरा पढौ