जिवनशैली पत्रिका

पुम्दीकोटमा अत्याधिक भिड, सडकै जाम

दीननाथ बराल,पोखरा १४, फागुन, पोखराको चर्चीत पर्यटकीय एवं धार्मिक तिर्थ स्थल पुम्दीकोट बिशाल महादेवको मुर्ति (भुमेश्वर महादेव) मा आज महाशिवरात्री पर्वको अवसरमा विहानै देखि अत्याधिक भिड भएको छ । पुम्दीकोटमा जारी महायज्ञ समेत रहेकोले दर्शनार्थीको अत्याधिक भिड भएकोले सडक नै जाम भएको छ । पोखराको पुम्दीकोटमा रहेको बिशाल महादेवको मुर्तिसंगै एक सय ८ शिव लिङमा दुध चढाउने र दर्शन सहित यहायज्ञमा सहभागि हुन आज बिहानै देखि दर्शनार्थीहरुको अत्याधिक भिड भएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनु भयो ।… पुरा पढौ

सराङकोटमा आयोजना हुने महायज्ञमा सहभागि हुने भक्तजनलाई २ सय मै केवलकारको यात्रा गर्न पाउने

दीननाथ बराल, पोखरा १३, फागुन, पोखरा १८ स्थित पर्यटकीय गाउँ सराङकोटमा आयोजना हुने श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सवको अवसरमा महायज्ञ तथा महोत्सवमा सहभागि हुने भक्तजन एवं दर्शकहरुको लागि अन्नपूर्ण केवलकारले बिषेश छुटमा केवलकारमा यात्रा गराउने भएको छ । अन्नपूर्ण केवलकार कम्पनीले ७१ प्रतिशत छुटमा केवलकार सेवा दिने भएको हो । उक्त महायज्ञ एवं महोत्सवमा आउने आगन्तुक भक्तजनहरुको लागि जनही २ सय रुपैयाबाट यात्रा गराउने भएको अन्नपूर्ण केबुलकारका महाप्रवन्धक दिनेश पौडेलले बताउनु भयो । सराङकोट क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धन… पुरा पढौ

बुधबारदेखि धम्पुसमा पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता हुने, महिला तर्फको प्रतियोगिता सुरु भएसंगै पुरुष तर्फको पुरस्कार राषिमा ३३ प्रतिशतले घट्यो

दीननाथ बराल, पोखरा, १३ फागुन कास्कीको पर्यटकीय गाउँ धम्पुसमा भोलि (बुधबार) देखि तेस्रो माछापुच्छु«े गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ । माछापुच्छु«े गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ«े गाउँपालिका वडा नं.७ धम्पुसको व्यवस्थापन र माछापुच्छ«े गाउँपालिका भलिबल संघको समन्वयमा फागुन १७ गते सम्म हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगिता अन्र्तगत पुरुष तर्फ १४ टिम र महिला तर्फ ५ टिमको सहभागिता… पुरा पढौ

नविन माविमा जि एण्ड के एजुकेशनद्धारा पोशाक वितरण

१३ फागुन, पोखरा, जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्ट पोखराले विद्यार्थीलाई पोशाक वितरण गरेको छ । जि एण्ड केले छैटौँ वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका ४ गैहपाटनमा रहेको नविन माविमा अध्यनरत ५० विद्यार्थीलाई एक÷एक सेट विद्यालय पोशाक वितरण गरेको हो । विद्यालयमा आयोजित एक कार्यक्रमकाबिच पोखरा महानगरपालिका वडानम्बर ४ वडाध्यक्ष देवकृष्ण पराजुली, नविन माविका प्रधानाध्यापक शिरोमणी लामिछाने, विद्यालय व्यवस्थापन समितिका सदस्य बसन्त प्रसाद पराजुली र जि एण्ड केका संचालक राजन पन्थीले विद्यार्थीलाई पोशाक वितरण गरे । ५० विद्यार्थीले सिलाई पछि तयारी… पुरा पढौ

एक दिवसीय क्रिकेटः तनहुसँग हारेपछि स्याङजा बाहिरियो

पोखरा, फागुन १३, सन्दीप पराजुलीको कसिलो बलिङ र ओपनर समीर कँडेलको उत्कृष्ट व्याटिङ प्रेरित तनहुँले स्याङजालाई ८ विकेटले पराजित गरेको छ । हारसँगै प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितबाट स्याङजा बाहिरिएको छ । अघिल्लो दिन बाग्लुङलाई पराजित गर्दै फाईनल सम्भावना रहेपनि हारसँगै बाहिरिन पुग्यो । टस जितेर व्याटिङ गरेको स्याङजाले निकै कमजोर शुरुवात गर्यो । पोखरा रंगशाला क्रिकेट मैदानमा मंगलबार भएको प्रतिस्पर्धामा ओपनर करन पँगेनी र ईश्वर क्षत्री सस्तैमा आउट भए । तेस्रो नम्बरमा आएका सौजन्य रेग्मीले १०२ बल… पुरा पढौ

युआरएल हेल्थ केयरमा अपोलोका सेवा

पोखरा, १३ फागुन, युआरएल हेल्थ केयर प्रालि पोखरा–१२, हस्पिटल चोकमा गण्डकी प्रदेशका लागि भारतको अपोलो हस्पिटलको सूचना केन्द्र स्थापना भएको छ । युआरएलले खोलेको अपोलो हस्पिटल्स इन्फर्मेसन सेन्टर आगामी शनिबार औपचारिक रुपमा उद्घाटन गरिँदै छ । भारतको सर्वाेत्कृष्ट हस्पिटलमा पर्ने अपोलोले भारतभर छ दर्जनभन्दा बढी हस्पिटल चलाएको छ । अपोलो ग्रुपले सञ्चालन गरेको यी हस्पिटलमा बर्सेनि ठूलो संख्यामा नेपाली उपचारका लागि जाने गरेका छन् । नेपालबाट क्यान्सर, मुटुरोग, कलेजो रोग, आन्द्राका समस्या, बाथ जस्ता रोगका जटिल प्रकृतिका समस्या भएका बिरामी… पुरा पढौ

फागुन १६ बाट सुरु हुने तेश्रो वेगनास कपको तयारी अन्तिम चरणमा

पोखरा, १३ फागुन, विकास, अनुशासन र गतिशीलता भन्ने उद्देश्यका साथ वेगनासताल किनारमा यहि फागुन १६ गते देखि २२ गतेसम्म हुने तेश्रो संस्करणको बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको लागि फुटबल मैदान मर्मत, विभिन्न क्लवहरुलाई पत्राचार, खेल सामग्रीको व्यवस्थापन लगायतका कामहरु सकिएको क्लवका अध्यक्ष निनेन लालचनले जानकारी दिए । युवालाई लगानी गरौं भन्ने सोच लाई मुर्त रुप दिनका लागि तेश्रो पटक वेगनास युवा क्लवले फुटबल प्रतियोगिता गर्न लागेको प्रतियोगिताका संयोजक बिज्ञान कोईरालाले वताए… पुरा पढौ

सराङकोटमा बुधबार देखि सुरु हुने महायज्ञ एवं पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा, सराङकोटमा राष्ट्रपति पौडेल आउने

दीननाथ बराल,पोखरा १२, फागुन, यही फागुन १४ गते (बुधबार) सराङकोटमा सुरु हुने श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको आयोजनामा फागुन २१ गतेसम्म संचालन हुने उक्त महायज्ञ एवं महोत्सवको तयारी अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष एवं महायज्ञ मुल आयोजक समितिका अध्यक्ष प्रेम बहादुर जिसिले बताउनुभयो । महायज्ञको पहिलो दिनमा पोखराको सिमपानी स्थित गाइघाँटदेखि जल सहितको कशल यात्रा हुने भएको उहाँले जनाउनु भयो । उक्तः स्थानमा सराङकोट धाम… पुरा पढौ

पोखरामा नेपाल, भारत, चाइना एक्सपो सुरु

दीननाथ बराल,पोखरा १२, फागुन, प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टर(पाटा)को आयोजनामा पर्यटनको राजधानि पोखरामा आज (सोमबार) देखि नेपाल, भारत, चाइना एक्सपो २०२५ सुरु भएको छ । पोखरा सहित नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले पोखरामा उक्त कार्यक्रम आजबाट सुरु भएकोे कार्यक्रम संयोजक सुनिल भट्टराईले बताउनु भयो । उक्त कार्यक्रममा मित्र राष्ट्र भारत र चाइना सहित नेपालका गरी करिब ५ सय जनाको सहभागिता भएको आयोजकले दाबी गरेको छ । भारतबाट करिब ४० जना र चिनबाट करिब ५० जनाको सहभागिता भएको छ भने… पुरा पढौ

चैत्त ३० गतेदेखि तेस्रो नवदुर्गा भलिवल प्रतियोगिता

पोखरा, १२ फागुन, नवदुर्गा युवा क्लब पोखरा १३ आर्वाको आयोजनामा तेस्रो नवदुर्गा कप भलिबल प्रतियोगिता हुने भएको छ । युवाका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद नाराका साथ यही चैत ३० देखि वैशाख १ सम्म प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मनोज बरालले बताए । रतनपाण्डे माविको खेल मैदानमा हुने प्रतियोगिताका विजेता र उपविजेताले क्रमश ४५हजार र ३०हजार नगदका साथमा मेडल, सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव सुदर्शन बरालले जानकारी दिए । चैत २८ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ भने दर्ता… पुरा पढौ