जिवनशैली पत्रिका

नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने

१ चैत, पोखरा, पर्यटनको राजधानि पोखरामा यही चैत २८ गते रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक उक्त रात्रि दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै महिला, विद्यार्थी (यू–१६) र विदेशी सहभागीका लागि छुट्टाछुट्टै विधाका विजेतालाईसमेत… पुरा पढौ

खेलकुद पत्रकारिता तालिम सम्पन्न

पोखरा, पोखरामा खेलकुद पत्रकारको क्षमता अभिबृद्धिका लागि दुईदिने खेलकुद पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा तालिमको आयोजना भएको हो । पोखरामा रहेर काम गरिरहेका पत्रकारहरूलाई विभिन्न विधाका खेलका रिपोर्टिङ कसरी गर्ने र कस्ता नियम छन् भन्ने बारेमा प्रशिक्षण दिइएको थियो । विशेष गरि खेलकुदको क्षेत्रमा कलम चलाउन मद्दत पुग्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको हो ।दुईदिने तालिममा राष्ट्रिय खेल भलिबलका प्रशिक्षक राजन पौडेल, क्रिकेटका अन्तर्राष्ट्रिय अम्पायर दुर्गानाथ… पुरा पढौ

कास्कीमा हाल ग्यास र पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या छैन, अनावश्यक स्टक नगर्न प्रशासनको चेतावनी

दीननाथ बराल, पोखरा, ३० फागुन कास्कीमा हाल खाना पकाउने एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेकोले अनावश्यक रुपमा रूपमा भण्डारण नगर्न कास्की प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । सम्भावित संकटलाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले अनावश्यकता स्टक नगर्न चेतावनी समेत दिएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा आज (शनिबार) बसेको आपूर्ति समन्वय बैठकले एलपी ग्यास र पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ ।… पुरा पढौ

पोखराका पूर्व मेयर तथा एमाले नेता कृष्ण थापाको अन्त्येष्टि, आईतबार पाेखरामा बिदा

दीननाथ बराल, पोखरा ३०, फागुन, पोखरा महानगरपालिकाका पूर्व मेयर तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णबहादुर थापाको आज (शनिबार) सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बिहीबार हृदयाघातका कारण निधन हुनु भएको थापाको पार्थिव शरीरलाई पोखरा–१६ स्थित निवास बाटुलेचौरबाट शवयात्रासहित लामाचौर हुँदै सेती नदी किनार गोस्तेघाटमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको पारिवारीक श्रोतले जनाएको छ । अन्त्येष्टिका क्रममा थापाका छोरा प्रतीक थापा र भाइ मोहन थापाका छोराहरूले दागबत्ती दिनु भएको हो । अन्त्येष्टि अघि थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा एमाले… पुरा पढौ

पुष्करिणी परोपकार गोकुलधाममा चैत २ देखि श्रीमद् भागवत ज्ञान महायज्ञ हुने(भिडियो सहित), पोखराका सडकमा रहेका ३ सय गाईबस्तु गोकुलधाममा

दीननाथ बराल, पोखरा, ३० फागुन पोखरामा सडकमा छाडिएका गाई–वस्तुको संरक्षण तथा सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको पुष्करिणी परोपकार गोकुलधामले तेस्रो वार्षिकोत्सवको अवसरमा श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका–१४ बाच्छीबुडुवामा रहेको गोकुलधाम परिसरमा चैत २ गतेदेखि महायज्ञ सञ्चालन गरिने जानकारी शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । कार्यक्रमबारे जानकारी दिँदै उत्तः परियोजवानका परिकल्पनाकार एवं भागवत भाष्कर कमलनयन गौतमले महायज्ञमार्फत सङ्कलित सहयोग र दान रकम गौशालामा रहेका गाई–वस्तुको संरक्षण, पालनपोषण तथा गोकुलधामको पूर्वाधार विकासमा खर्च… पुरा पढौ

¥यान्डम रिडर्समा ‘यलोफेस’ माथि परिचर्चा

पोखरा, ३० फागुन, पोखराको हिमालयन रिडर्स कर्नरमा शनिबार आयोजित साहित्यिक कार्यक्रममा चर्चित उपन्यास ‘यलोफेस’ माथि बहस गरिएको छ । र्यान्डम रिडर्स सोसाइटी अफ नेपालको नियमित शृंखलाअन्तर्गत भएको कार्यक्रममा उपन्यासमा उठाइएका साहित्यिक चोरी, सांस्कृतिक स्वामित्व र पहिचानको राजनीतिका विषयमा विस्तृत छलफल भएको हो । कार्यक्रममा लेखक तीर्थ गुरुङले तयार पारेको अवधारणापत्र प्रस्तुत गरेका थिए । पुस्तकका विभिन्न पक्षलाई विश्लेषण गर्दै उनले उपन्यासले समकालीन साहित्यिक प्रवृत्तिको जटिलता उजागर गरेको बताए । उनका अनुसार कार्यक्रममा ६० भन्दा बढी पाठक सहभागी थिए । रेबिका… पुरा पढौ

चैत २७ गतदेखि वैशाख ५ गतेसम्म हेमजामा आलु महोत्सव हुने

हेमजा, ३० फागुन आलु गाउँका रूपमा ख्याति कमाएको कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको छ । महोत्सव पोखरा २५ हेमजाको विष्णु पादुका खेलमैदान हेमजामा हुने छ । शनिवार आयोजित आम भेलाले वसन्त कुमार श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।समिति सहसंयोजकमा मिना कुँवर महासचिवमा विकल… पुरा पढौ

लमजुङको समिभञ्ज्याङमा चैते दशैँको अवसरमा हाफ म्याराथन

पोखरा, लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ५ समिभञ्ज्याङमा विगत २५ वर्षदेखि क्रियाशील कायापलट असल शासन क्लबको आयोजनामा चैते दशैँको अवसरमा खुला हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। समुन्द्री सतहदेखि करिब १५०० मिटरको उचाइमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल तान्द्राङकोट नागभैरब थानको प्रचारप्रसार गर्ने उद्देश्यले यसपालिदेखि हरेक वर्ष हाफ म्याराथन प्रतियोगिता आयोजना सञ्चालन गरिने क्लबका अध्यक्ष बाबुराम मल्लले जानकारी दिनुभयो । तान्द्राङकोटबाट विभिन्न २५ जिल्ला ,पोखराको फेवाताल तथा अन्नपूर्ण हिम श्रृङ्खला राम्रोसँग अवलोकन गर्न सकिने र हाम्रा स्थानीय ठाउँहरूको… पुरा पढौ

भाइरल भिडियोबारे सांसद बिना गुरुङको स्पष्टीकरणः “सुरक्षा घेरा मेरो चाहनाले होइन”

पोखरा, सामाजिक सञ्जालमा भाइरल भएको भिडियोबारे प्रतिनिधिसभा सदस्य बिना गुरुङले स्पष्टीकरण दिनुभएको छ। केही व्यक्तिले घेरा हालेर आफूलाई बाहिर लैजाँदै गरेको दृश्य देखिएको भिडियो भाइरल भएपछि गुरुङले सामाजिक संजाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उक्त भिडियोको केवल एक भाग मात्र सार्वजनिक भएको बताउनुभएको हो। गुरुङले आफ्नो स्टाटसमा लेख्नुभएको छ कि फागुन २७ गते कास्की जिल्ला कमिटीले पोखराको सृजनाचोकस्थित ह्वाइटहाउस पार्टी प्यालेसमा कास्की क्षेत्र नम्बर १, २ र ३ का प्रतिनिधिसभा सदस्यहरुलाई शुभकामना तथा मतदातालाई धन्यवाद दिने कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रम बिहान… पुरा पढौ

उजुरी नै नपरे पछि पोखरामा सांसद महाविर पुनलाई दुव्र्यवहार गर्ने विकास गुरुङ हिरासतमुक्त

दीननाथ बराल, पोखरा, २९ फागुन, पोखराको पृथ्वीचोकमा किताब बिक्री गरिरहनु भएको प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महाविर पुनसँग भनाभन गर्दै अभद्र व्यवहार गरेको आरोपमा पक्राउ पर्नु भएको पोखराका विकास गुरुङ हिरासतमुक्त हुनु भएको छ । सांसद पुनबाट औपचारिक उजुरी नआएको तथा मुद्दा अघि बढाउने इच्छा नदेखिएपछि सोधपुछपछि गुरुङलाई हिरासतमुक्त गरिएको कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ । पृथ्वीचोकमा सार्वजनिक रूपमा सांसदसँग अभद्र व्यवहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाबारे अनुसन्धानका लागि गुरुङलाई बुधबार पक्राउ गरिएको थियो ।… पुरा पढौ