जिवनशैली पत्रिका

प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस ः यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन

भाद्र ८,पोखरा, गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा पोखरा कलेज अफ म्यानेज्मेण्टको प्रमुख प्रायोजनमा पोखरामा सम्पन्न प्रथम पिसिएम कप खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत यु–१८ ब्वाईज सिंगलको उपाधी शास्वत बज्राचार्यले जितेका छन् । सोमबार पोखरा रंगशालाभित्रको टेनिस कोर्टमा भएको फाइनल खेलमा सन्दिप विकलाई ६–१,६–१ को सहज सेटमा पराजित गर्दै शास्वतले सो उपाधी जितेका हुन् । त्यस्तै, यु–१४ ब्वाईज सिंगल उपाधी आर्यषराज पौडेलले जितेका छन् । उनले अभिषेक बयलकोटीलाई ६–१, ७–५ को सेटमा पराजित गरेका थिए । यस्तै यू–१६ ब्वाइज… पुरा पढौ

पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले संस्कृति समूहलाई वाद्यवादन सामग्री हस्तान्तरण

पोखरा, नेपालीहरूका प्रमुख चाडपर्व नजिकिँदै गर्दा पोखरा महानगरपालिका वडा नं ३, नदीपुरस्थित संस्कृति समूहलाई वाद्यवादन सामग्री हस्तान्तरण गरिएको छ। पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले संस्कृति समूहलाई रु २५ हजार बराबरका विभिन्न वाद्यवादन सामग्री हस्तान्तरण गर्नुभएको हो। चाडपर्वका अवसरमा हुने सांस्कृतिक गतिविधिलाई थप प्रभावकारी बनाउन तथा स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको अध्यक्ष मर्सानीको भनाई रहेको छ । सामग्री हस्तान्तरण गर्दै अध्यक्ष मर्सानीले पोखरा प्राकृतिक सौन्दर्यसँगै कला, संस्कृति र… पुरा पढौ

आर्थिक सशक्तीकरण र कानुनी सचेतना एकअर्काका परिपूरक’ ः मन्त्री गुरुङ

लेखनाथ, ८ भदौ, गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले आर्थिक सशक्तीकरण र कानुनी सचेतना एकअर्काका परिपूरक आधार भएको वताएकी छन । लेखनाथ उद्योग वाणिज्य संघले सोमबार लेखनाथ क्षेत्रका आमा समूह तथा महिला उद्यमीहरूलाई लक्षित गरी आयोजना गरेको कानुनी सचेतना कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री गुरुङले यस्तो बताएकी हुन । महिला उद्यमीले आफ्नो अधिकार र कानुनी प्रक्रियाबारे स्पष्ट जानकारी पाएमा आत्मविश्वास मात्र बढ्दैन, व्यवसाय पनि थप सुरक्षित र प्रतिस्पर्धी बन्छ ।–मन्त्री गुरुङले भनिन् । उनले नेपालको… पुरा पढौ

पोखराको प्याराग्लाइडिङ उडानमा भारी छुट, हाल दैनिक १५० उडान हुदै, आलोपालो सिस्टम हटेसंगै जोखिम बढ्यो

दीननाथ बराल, पोखरा, ७ भदौ, पोखरामा केही महिनाअघिसम्म ८ हजारमा हुँदै आएको साहसिक खेल प्याराग्लाइडिङ उडानको मूल्य हाल ह्वात्तै घटेको छ । आलोपालो प्रणाली हटाएर उडान खुला गरिएपछि केही कम्पनी तथा पाइलटलाई तत्काल फाइदा पुगे पनि समग्र व्यवसायमा असर पर्नुका साथै उडान सुरक्षामा समेत जोखिम बढ्न सक्ने व्यवसायीहरुको भनाई रहेको छ । हाल ३७.५ प्रतिशतले उडान शुल्क घटेसंगै ५ हजारमा प्याराग्लाईडिङ उडान हुने भएको कम्पनीहरुले पोखरााक्लिकलाई बताउनु भयो । करिब २१ महिनासम्म नाको आलोपालो प्रणालीमार्फत उडान सञ्चालन हुँदा दुर्घटनाको अवस्था… पुरा पढौ

बिपद ब्यवस्थापनका लागि अन्नपूर्ण गाउँपालिकालाई तमु धिं नेपालले ३ लाख सहयोग

पोखरा, ७ भदौ, कास्की जिल्ला अन्नपूर्ण गाउँपालिकाद्वारा शुरु गरिएको बिपद ब्यवस्थापन कोष खातामा तमु धिं नेपालले ३ लाख रुपैया सहयोग गरेको छ ।अबिरल बर्षाको कारण मोदीखोलामा पटक पटक बाढिपहिरोले कास्की जिल्ला अन्नपुर्ण गाउपालिका वडा ८,९,१० र ११ प्रवेश गर्ने सडक बिरेठाँटीदेखी नै बन्द भइ उक्त क्षेत्र अत्यन्त प्रभावित भएकाले तत्काल सडक संचालनको पहलका लागि गाँउपालिकाले बिपद ब्यवस्थापन कोष खाता मार्फत सहयोगको आव्हान गरिएकोले तमु धिं नेपालले आइतबार आयोजित कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो। तमु धिं नेपालले स्थापना गरेको आकस्मिक… पुरा पढौ

चरा हेर्न पदयात्रा, ३ घण्टामै ६३ प्रजातिका चरा अभिलेख !

पोखरा, ७ भदौ, पोखरा पंछी समाजको आयोजनामा पाँचौँ समर बर्ड हाइक भएको छ । पोखराबाट धम्पुस हुँदै पोथना, प्रितम देउराली तथा आसपासका क्षेत्रमा गरिएको हाइकिङ तथा पंक्षी अवलोकनमा पन्छी समाजका ३२ सदस्य सहभागी थिए । धम्पुसबाट शनिबार बिहानै सुरु भएको कार्यक्रममा करिब ३ घन्टाको अवधिमा ६३ प्रजातिका चरा अभिलेख गरिएको छ । यस क्षेत्रमा पाइने विभिन्न प्रजातिका चरा प्रत्यक्ष अवलोकन तथा पहिचान गर्दै सहभागीले चराको बासस्थान, व्यवहार र संरक्षणका विषयमा समेत ज्ञान आदानप्रदान गरे । हाइकमा गएकाहरु आइतबार पोखरा फर्किएका… पुरा पढौ

फिस्टेल मोडेल युनाइटेड नेसन्स FMUN 3.0  सम्पन्नः पोखरामा ८ सय बढी विद्यार्थीबीच विश्वव्यापी मुद्दामा बहस

पोखरा, पोखराको प्रतिष्ठित फिस्टेल एकेडेमी आइबी वल्ड स्कुलको आयोजनामा तीन दिनसम्म सञ्चालिन फिस्टेल मोडेल युनाइटेड नेसन्स ३.० FMUN 3.0  कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको उक्त कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (undp) गण्डकी—लुम्बिनीका प्रमुख सुदीप अर्यालले यस प्रकारका अभ्यासले विद्यार्थीहरूको तार्किक क्षमता र सिकाइलाई प्रष्ट रूपमा राख्ने सीपको विकास गर्ने बताए । “संसारको सबैभन्दा सुन्दर ठाउँ यही हो जहाँ हामी छौँ र हामीले यो सुन्दर ठाउँलाई अझै सुन्दर बनाउन अग्रसर हुनुपर्छ,“ अर्यालले आफ्नो सम्बोधनका… पुरा पढौ

प्रथम पिसिएम कप जुनियर राष्ट्रिय टेनिसको समापन सोमबार

गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा पोखरा कलेज अफ म्यानेज्मेण्टको प्रमुख प्रायोजनमा पोखरामा जारि प्रथम पिसिएम कप खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत १८ वर्ष मुनिको पुरुषतर्फ सन्दिप विक र शास्वत बज्राचार्य उपाधीका लागि भिड्ने भएका छन् । पोखरा रंगाशालाको टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा सन्दिपले सुरेन्द्र विकलाई ७–६, ६–३ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । त्यस्तै, शास्वतले अभिषेक विकलाई ६–३, ६–३ को सेटमा पराजित गर्दै अन्तिममा स्थान सुरक्षित बनाए । १४ वर्ष मुनि आर्यषराज पौडेल र… पुरा पढौ

पोखरा ट्रेड मलमा रहेको जिजी पोखराको उद्घाटन, तीजलाई लक्षित गर्दै चिनियाँ ब्रान्डका फेसनेबल पहिरनमा २५ प्रतिशत छुट

पोखरा,पोखरामा महिलाहरूका लागि आधुनिक, आकर्षक तथा फरक शैलीका पहिरन उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएको जिजी पोखराको आज (आइतबार) एक समारोहका बिच उद्घाटन गरिएको छ । कल्पु कलेक्सन चितवनकी संचालक कल्पना पौडेल (खड्का), टिकटकर शान्ति बराल, समाजसेवी शान्ति गिरी ले संयुक्त रुपमा रिवन काटेर जिजी पोखराको उद्घाटन गर्नु भएको हो । कल्पु कलेक्सनकी संचालक खड्काले पोखराको ट्रेड मलमा संचालनमा आएको यस पसलमा युवतीहरुको आकर्षण हुने बताउनु भयो । छिमेकी मुलुक चाइनाको ब्राण्डेड तथा फेसेनेवल कपडाको लागि जीजी पोखरामा आउन उहाँले आग्रह… पुरा पढौ

भारतका विभिन्न ब्राण्डका कुर्था सुरुवाल पोखरा ट्रेड मलको दोश्रो तलामा रहेको बीपी एथेनिक वेयरले बिक्रि वितरण गर्दै

पोखरा, नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज पर्वको अवसरमा पोखराको ठुलो व्यापारिक केन्द्र पोखरा ट्रेड मलमा रहेको बीपी एथेनिक वेयरको आज (आइतबार) एक समारोहका बिच उद्घाटन गरीएको छ । कल्पु कलेक्सन चितवनकी संचालक ‎कल्पना पौडेल (खड्का), टिकटकर शान्ति बराल, समाजसेवी शान्ति गिरी ले संयुक्त रुपमा रिवन काटेर उक्त पसलको शुभारम्भ गर्नु भएको हो । https://www.youtube.com/watch?v=mgbH4MJKV2g&t=25s कल्पु कलेक्सनकी संचालक खड्काले पोखराको ट्रेड मलमा संचालनमा आएको यस पसलमा युवतीहरुको आकर्षण हुने दाबी गर्नुभयो । भारतका ब्राण्डेड तथा फेसेनेवल कपडाको लागि बीपी एथेनिक… पुरा पढौ