जिवनशैली पत्रिका

पोखरामा लायन्स कप राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरूष भलिवल प्रतियोगिता हुने (भिडियो सहित)

दीननाथ बराल,पोखरा १४, चैत, पर्यटनको राजधानि पोखरामा प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरूष भलिवल प्रतियोगिता २०८२ हुने भएको छ । लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ एमको आयोजनामा पोखरा रंगशालाको कभर्डहलमा आउँदो वैशाख १८ देखि २२ गतेसम्म उक्त प्रतियोगिता हुने भएको आज(बिहीबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । यसै सम्बन्धि भिडियो सामाग्रि https://www.youtube.com/watch?v=UWE4ufINgRQ ५ दिन चल्ने प्रतियोगितामा विदेशी सहित ६ टिमको सहभागी हुने डिष्ट्रिक गभर्नर चण्डीप्रसाद अर्यालले बताउनु भयो । पाहुना टोली पाकिस्तान भलिवल क्लव इस्लामावाद, नेपाल पुलिस… पुरा पढौ

टानसंग भेटवार्ताः पोखराबाट चिन जाने प्रयाप्त पर्यटक भएको खण्डमा नियमित हवाई उडान हुने महाप्रबन्धक यानको भनाई

दीननाथ बराल,पोखरा १३, चैत, चिन ट्राभल सर्भिस इन्टरनेशनल छेन्दु ट्राभल सर्भिस कम्पनी लिमिटेडका महाप्रबन्धक यान जुनले पोखराबाट चिन जाने प्रयाप्त पर्यटक भएको खण्डमा नियमित हवाई उडान हुने बताउनु भएको छ । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य सहितको टोलीसंग बुधबार महाप्रबन्धकसंगको भेटवार्तामा उहाँले पोखरा सहित नेपालको पर्यटन प्रबद्र्धन गर्न पोखराबाट चिन जाने प्रयाप्त पर्यटक भएको खण्डमा नियमित हवाई उडान हुने बताउनु भएको हो । पोखरेलीको लामो समेत आन्दोलनबाट पोखरा विमानस्थ बनेको बिषयले आफुहरुले यसलाई नियमित… पुरा पढौ

प्रतिभा एजुकेशन फाउण्डेसनद्धारा अर्को शैक्षिक संस्था एभरग्रीन एकेडेमी संचालनमा ल्याउने तयारी

दीननाथ बराल,पोखरा १३, चैत, पोखराको शैक्षिक क्षेत्रमा महत्वपूर्ण स्थान बनाएको प्रतिभा एजुकेशन फाउण्डेसनले अर्को शैक्षिक संस्था एभरग्रीन एकेडेमी संचालनमा ल्याउने तयारी गरेको छ । बिद्यार्थीहरुको मनोभावना अनुसार उहाँहरुको रुचि र चाहना अनुसारको पढाई हुने गरी नयाँ शैक्षिक संस्था आगामी शैक्षिक सत्र २०८२ देखि संचालन गरिने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पोखरा–३ तेर्सापट्टी रहेको उक्त एकेडेमीमा आफ्नै सुविधा सम्पन्न भवनमा विश्वस्तरको शिक्षा प्रदान गर्ने गरि संचालन गर्ने अन्तिम तयारी गरिएको प्रतिभा एजुकेशन फाउन्डेसनका अध्यक्ष नारायण… पुरा पढौ

चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिता पोखरामा शुरु

पोखरा, चैत १३, ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगितामा न्यूरोड हबले बिजयी शुरुवात गरेको छ । पोखरामा बुधबारदेखि शुरु भएको उक्त प्रतियोगिता पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा शुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा न्यूरोड हबले लेखनाथ ईगल्सलाई ७ विकेटले हराएको हो ।लेखनाथ स्थित इडेन हेभेन क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ ईगल्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । लेखनाथ… पुरा पढौ

‘वाडा अटो शो’को तयारी पुरा, विहिबारदेखि शुरु भई ४ दिन चल्ने

चैत्र १३, पोखरा, पोखरामा पहिलो पटक हुन लागेको नाडा प्रिजेन्ट्स वाडा अटो सो २०२५ को तयारी पुरा भएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखरामा गर्न लागेको नाडा प्रिजेन्ट्स ‘वाडा अटो सो २०२५’ को सम्पुर्ण तयारी पुरा भएको तथा बिहिबार विहान ११ बजेदेखि औपचारिक रुपमा शुरु हुने कार्यक्रम संयोजक एवम वाडाका उपाध्यक्ष निरन केसीले बताए । अमरसिंहचौरमा चैत्र १४ गते विहिबारबाट शुरु भइ ४ दिन सम्म चल्ने सोमा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७… पुरा पढौ

चिन र नेपाल भ्रमणमा रहेका पर्यटक स्वदेश फर्किए, नियमित उडान गर्ने बिषयमा छेन्दु ट्राभलका महाप्रबन्धक यान र मुख्यमन्त्री पाण्डे बिच भेटवार्ता

दीननाथ बराल,पोखरा, १२ चैत, मित्र राष्ट्र चिन र नेपाल भ्रमणमा रहेका पर्यटक स्वदेश फर्किएका छन् । चिनको सिचुवान प्रशान्तका छेन्दु सहितका क्षेत्रबाट पोखरा आएको चिनियाँ पर्यटकको टोली आज चिन फर्किएको छ भने पोखरा देखि चिनको छेन्दु लगायतका शहरमा पुगेको टोली मंगलबारै स्वदेश फर्किएको हो । मंगलबार छेन्दुबाट बिहान करिब ९ः०० बजे उडान गरेको छेन्दु एअरलाइन्स कम्पनीको जहाज करिब ३ घण्टामा पोखरामा अवतरण गरेको थियो जसमा १ सय २३ जना यात्रु रहेका थिए । त्यसै गरी पोखराबाट चिनिया टोली चिन तर्फ… पुरा पढौ

‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिता–२०८१ भोलिदेखि

पोखरा, चैत १२, पोखरामा भोलिदेखि ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा प्रतियोगिता हुने भएको हो । इडेन हेभेन क्रिकेट मैदान, लेखनाथमा भोलिदेखि शुरु हुने प्रतियोगिता चैत १५ गतेसम्म हुने आयोजक महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । प्रतियोगितामा ३ टिमले प्रतिष्पर्धा गर्ने पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । यसअघि पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा गत फागुन अन्तिम साता भएको… पुरा पढौ

छेन्दु–पोखरा चार्टर उडानका निर्देशक पोउवा संघमा, पोखरामा चिनियाँ पर्यटकको रोजाइमा पर्ने विश्वास

पोखरा,१२ चैत, चीन सरकारको तर्फबाट पोखरा चार्टर उडानको नेतृत्व गरेका सीटीएस कम्पनीका प्रबन्धक यानले निजी क्षेत्रले देखाएको उत्साहका कारण पोखरा–छेन्दु नियमित उडान हुने विश्वास व्यक्त गरेका छन् । उनले अहिले तय भएका चार्टर उडानले चालु अंग्रेजी वर्षको वर्षायाममा चिनियाँ पर्यटक पोखरा ल्याउन सजिलो हुने पनि बताएका छन् । चीनमा अंग्रेजी महिनाको जुन–जुलाइमा विद्यालय बन्द रहन्छन् । अभिभावकहरु त्यो बेला नानीबाबु लिएर भ्रमणमा निस्कन्छन् । छोटो दूरीमा जान रुचाउने चिनियाँहरुको त्यो बेलाको रोजाइ हङकङ वा थाइल्याण्ड हुने गरेको उनले बताए ।… पुरा पढौ

फोटो मार्फत सराङकोट धार्मिक क्षेत्रको प्रचारमा जोड

पोखरा, १२ चैत, सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्रको फोटो मार्फत प्रचारप्रसारका लागि नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको टोली सराङ्कोट पुगेको छ । सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति र अन्नपूर्ण केबलकारको सहकार्यमा ‘सराङकोट एट फोटो पत्रकार’ कार्यक्रम लिएर सोमबार एनपिजेएको टिम सराङकोट पुगेको हो । संघका अध्यक्ष राम गुरुङको नेतृत्वमा गएको टोलीले धार्मिक क्षेत्रको फोटो तथा भिडियो कैद गरेका थिए । फोटो पत्रकारले खिचेका फोटोको माध्यमबाट पोखरा १८ सराङकोटमा विस्तार हुँदै गरेको धार्मिक क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने सराङ्कोट… पुरा पढौ

व्यावसायिक तथा सिप विकास तालिम केन्द्रद्वारा विभिन्न सीपमूलक तालिम संचालन

पोखरा, गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सञ्चालित व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले कपाल काट्ने शैलुन, प्लम्बिङ, मोबाइल मर्मत, एडभान्स ब्युटी पार्लर, फेशन डिजाइन, एडभान्स कटाई सिलाई, मन्टेश्वरी, कुक (पाक शिक्षा)तथा आधारभूत कटाई सिलाई तालिम सुरु गरेको छ। तालिमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले मंगलबार एक समारोहबीच गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री थापाले प्रदेश सरकार युवाहरूलाई दक्ष जनशक्ति बनाई आत्मनिर्भर बनाउन प्रतिबद्ध रहेको उल्लेख गरे ।… पुरा पढौ