जिवनशैली पत्रिका

पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोला भियतनामको युटिआर अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा सहभागी हुने (भिडियो सहित)

पोखरा, पोखराबाट टेनिस खेल जीवन सुरू गरेका नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला भियतनाममा हुने युटिआर अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुने भएका छन्। डिसेम्बर १० देखि १४ तारिखसम्म हुने प्रतियोगितामा उनी नेपालका एक मात्र प्रतिनिधि हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन उनले जनाएका हुन् । https://www.youtube.com/watch?v=jXUNokRYPx8 हाल अमेरिकामा अध्ययन सहित व्यावसायिक टेनिस खेल्दै आएका २३ वर्षीय बास्तोला अन्तर्राष्ट्रिय टेनिस महासङ्घ आइटिएफको विश्व वरियताका खेलाडी हुन् । आठ वर्षको उमेरमा पोखरामा टेनिस खेल्न सुरू गरेका बास्तोलाले तेह्र वर्षदेखि अन्तर्राष्ट्रिय… पुरा पढौ

आइटिएफ जे३० टेनिस टुर पोखरा जारी

पोखरा, १६ मंसिर, आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरामा जारी रहेको छ । मंगलबार ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का सिंगल्स तथा डबल्सतर्फ नेपाल सहित ६ देशका खेलाडीहरु बिच रोमाञ्चकपूर्ण खेलहरू प्रर्दशन भएको कास्की जिल्ला टेनिस संघले जनाएको छ । पोखरा रंगशालाको टेनिस कोर्टमा मंगलबार नेपाल सहित भारतीय, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेलाडी बीच दिनभर कडा प्रतिस्पर्धा भएको थियो । ब्वाइज सिंगल्सकै अन्य खेलमा निकुञ्ज खुराना (भारत) ले सेल्विन टिस युन वोंग (हङकङ) लाई ७–६(५), ३–६, ६–४ ले हराउनु… पुरा पढौ

पर्यटनबाटै आर्थिक समृद्धि हुने दाबी सहित गतिशील लोकतान्त्रिक पार्टीले पोखराका पर्यटन व्यवसायीसंग गर्यो छलफल (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १६ मंगलबार, नवगठित गतिशील लोकतान्त्रिक पार्टी (गतिलो) ले देशको आर्थिक समृद्धि र रोजगारी विस्तारको मूल मन्त्रसहित आफ्नो राजनीतिक यात्रामा निर्णायक मोड अघि सारेको छ । मंगलबार पोखरामा पर्यटन व्यावसायी र पत्रकारहरु बिच आयोजित छलफल–कार्यक्रममा पार्टीका शीर्ष नेतृत्वले पर्यटनलाई ‘रोजगार तथा आर्थिक क्रान्तिको प्रमुख आधार’का रूपमा अघि सार्दै आगामी दशकमा वार्षिक ५० लाख पर्यटक भित्र्याउने महत्वकाक्षि लक्ष्य सार्वजनिक गर्नुभयो । https://www.youtube.com/watch?v=QYOj6BeXLC8 कार्यक्रममा बोल्दै पार्टीका संस्थापक सदस्य तथा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा)… पुरा पढौ

स्टेप–बाई–स्टेप मा.वि.को वार्षिक खेलकुद महोत्सव पोखरा रङ्गशालामा सुरु

पोखरा, पोखरा मासवारमा रहेको स्टेप–बाई–स्टेप माध्यमिक विद्यालयमा बार्षिक खेलकुद महोत्सव २०८२ आज पोखरा रङ्गशालामा विशेष समारोहका बीच सुरु भएको छ। विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल, संस्थापक प्राचार्य निर्मला बराल, सह–प्राचार्य दिपक गिरी र को–अर्डिनेटर सूर्य प्रसाद लम्सालले संयुक्त रूपमा बेलुन उडाउँदै तीन दिने खेलकुद महोत्सवको उद्घाटन गर्नुभयो। महोत्सव अन्र्तगत सिनियर र जुनियर वर्गका विद्यार्थीहरू बीच फुटबल, क्रिकेट, टेबल टेनिस, बास्केटबल, कबड्डी, खो–खो, ब्याडमिन्टन, १००, २००, ४००, ८०० र १६०० मिटर दौड, ४×१०० मिटर रिले, म्युजिकल चेयर, चम्चा दौड, बेलुन फुटाई… पुरा पढौ

पोखरामा निट डेण्टल पत्रकारिता पुरस्कार स्थापना

पोखरा, १६ मसिर, पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गर्ने गरी पुरस्कार स्थापना गरिएको हो । प्रत्येक वर्ष प्रदान गरिने पुरस्कारका लागि डेण्टलले ५ लाख रुपैयाँको अक्षयकोष पनि स्थापना गरेको छ । मंगलबार एक कार्यक्रमका बीच फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ ‘सुमन’ र निट डेण्टल केयर प्रालिका प्रवन्ध निर्देशक वीरेन रानामगरबीच अक्षयकोष स्थापना गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ… पुरा पढौ

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने

लेखनाथ, १५ मंसिर, यहि मंसिर ३ गतेदेखी १४ गतेसम्म लेखनाथमा सञ्चालन हुन गईरहेको २१ औं संस्करणको लेखनाथ महोत्सवलाई सफल बनाउन जिल्लाका सबै सुरक्षा निकायले आफ्नो तर्फबाट पुर्ण साथ रहने प्रतिवद्धता जनाएका छन । सोमबार लेखनाथ उद्योग वाणिज्य संघमा आयोजित छलफल कार्यक्रममा सहभागी हुँदै जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख रुद्ध्रादेवी शर्माले महोत्सवको पनि महोत्सवको रुपमा चर्चा कमाएको लेखनाथ महोत्सव अझै उत्कृष्ट होओस भन्ने शुभकामना व्यक्त गर्दै प्रभावकारी सुरक्षाको प्रत्याभुति गराएर महोत्सवलाई सफल बनाउन आफ्नो पुर्ण साथ रहने प्रतिवद्धता व्यक्त गरेकी थिईन… पुरा पढौ

चार महिनामा गण्डकी प्रदेशमा ५३ जना नयाँ एचआईभी संक्रमित, १० जनाको मृत्यु, कास्कीमा ६ जनाको मृत्यु

दीननाथ बराल,पोखरा, १५ मंसिर, पछिल्लो चार महिनामा गण्डकी प्रदेशमा ५३ जना नयाँ एचआईभी संक्रमित थपिएका छन भने चालु आर्थिक बर्षको पहिलो चौमासिकमा १० जनाको मृत्यु भएको छ । ३८औँ विश्व एड्स दिवस–२०२५ को अवसरमा नेपाल पत्रकार महासंघ कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र गण्डकी प्रादेशिक जनस्वास्थ्य केन्द्रको संयोजनमा पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=Gs6Tj_c6iCE त्यसै गरी गण्डकी प्रदेशका ११ जिल्ला मध्य कास्कीमा सबै भन्दा बढी एचआईभि शंक्रमण दर बढ्दो रुपमा रहेको प्रादेशिक जनस्वास्थ्य केन्द्र एचआईभी… पुरा पढौ

बुधबारदेखि पोखराको नयाँबजारमा व्यापार मेला तथा क्यान इन्फोटेक हुने(भिडियो सहित)

पोखरा १५, मंसिर, पोखरामा यही मंसिर १७ गतेबाट पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुने ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’को तयारी पूरा भएको छ । आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सोमबार मेलास्थलमा आयोजित पत्रकार सम्मेलनमा मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । https://www.youtube.com/watch?v=1aAmg2IpZrE उनका अनुसार मेलाको बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने छन् । अध्यक्ष कार्कीले जेन–जी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको… पुरा पढौ

पोखरा आइटिएफ जे३० टेनिस टुरमा पहिलो चरणका खेल सुरू,

पोखरा, मंसिर १५ , अन्तर्राष्ट्रिय टेनिस महासंघद्वारा स्विकृत प्राप्त ‘आइटिएफ जे३० टेनिस टुर पोखरा’को आठौं संस्करणअन्तर्गत पहिलो सर्किट सोमबारबाट सुरू भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस सेन्टरमा सुरू भएको प्रतियोगिताको एक कार्यक्रमका बीच नेपाल पयर्टन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणीराज लामिछानेले गरे । सो अवसरका उनले आइटिएएफ जे३० टेनिस प्रतियोगिताले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै प्रशंसा गरेका छन् । पोखरा पर्यटनको राजधानी मात्र नभई खेलकुदको समेत ‘हव’ भएको बताउँदै उनले भने–‘यो प्रतियोगिताले… पुरा पढौ

एमाले सहित विभिन्न पार्टी परित्याग गरी दजनौँ व्यक्ति नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

पोखरा, पछिल्लो राजनीतिक परिवर्तनको क्रमसँगै विभिन्न राजनीतिक दल परित्याग गरी दजनौँ व्यक्तिहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। लामो समयदेखि मोहन वैद्य ‘विप्लव’ हुँदै धर्मेन्द्र बास्तोलाको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीमा सक्रिय रहेका विनदास गोपालले प्रचण्ड नेतृत्वको पार्टीमा समाहित हुने घोषणा गर्दै सबै सहयोद्धा र सहकर्मीप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्। गोपालले विगत दशकभर राजनीतिक सहकार्य गर्दै आएका सम्पूर्ण कमरेडलाई आगामी दिनमा पनि संयुक्त रूपमा समाजवादी आन्दोलनमा साथ–सहयोग जारी राख्ने अपेक्षा व्यक्त गर्दै पुनः सहकार्यका लागि अनुरोध गरेका हुन् ।यही… पुरा पढौ