जिवनशैली पत्रिका

विभागीय सहित ७ वटै प्रदेशका खेलाडी पोखरामा, चैत २८ देखि ओपन एथलेटिक्स मिट तथा यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप हुदै

पोखरा, कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा दोस्रो पोखरा ओपन एथलेटिक्स मिट तथा यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपका सम्पूर्ण तयारी पूरा भएको छ । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलन मार्फत संघले प्रतियोगिता सञ्चालनका सबै व्यवस्थापन सम्पन्न भइसकेको जानकारी दिएको हो। नेपाल एथलेटिक्स संघको समन्वयमा यही चैत्र २८ देखि ३० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा विभागीय टोलीसहित सातै प्रदेशका खेलाडीहरूको उल्लेखनीय सहभागिता रहनेछ। कुल ४६६ खेलाडी सहभागी हुने यस प्रतियोगितामा तपाईंले देशभरका उत्कृष्ट एथलेटिक्स प्रतिभाहरूलाई एकै थलोमा प्रतिस्पर्धा गर्दै देख्न सक्नुहुनेछ। प्रतियोगिताका… पुरा पढौ

पोखरामा “फ्लेयर मास्टर च्याम्पियनसिप” हुँदै (भिडियो सहित) ३७ प्रतिस्पर्धीको कला प्रर्दशन हुने

दीननाथ बराल, पोखरा २५, चैत, प्राविधिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कान्तिपुर होटल ट्रेनिङ सेन्टरको आयोजनामा “पोखरा फ्लेयर मास्टर च्याम्पियनसिप” आयोजना हुने भएको छ । प्रतियोगिता यही चैत २७ गते पोखरा महानगरपालिका–५, प्रस्याङस्थित ताजमहल इभेन्ट सेन्टरमा सञ्चालन गरिने आयोजकले आज(बुधबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराएको हो । https://www.youtube.com/watch?v=HfUM_IjyFjM संस्थापक अध्यक्ष विजय पौडेलले प्रतियोगिता बिहान ७ बजेदेखि सुरु भई राति ९ बजेसम्म चार चरणमा सञ्चालन हुने बताउनु भयो । प्रतियोगितामा देशका विभिन्न शहर—काठमाडौं, बुटवल, चितवन, इटहरी र… पुरा पढौ

चौथो एबीसी राष्ट्रिय एट–ए–साइड ‘४५ प्लस’ भेट्रान्स फुटबल प्रतियोगिता सुरु

पोखरा, पोखरा रंगशालामा बुधवारदेखि चौथो एबीसी राष्ट्रिय एट–ए–साइड ‘४५ प्लस’ भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन दिनमै प्रतिस्पर्धा निकै रोमाञ्चक देखिएको छ । उद्घाटन खेलमा लेकसाइड भेट्रान्सले नवबुद्ध भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको छ । लेकसाइडका लागि बादल लामा र पूर्ण बहादुर गुरुङले एक–एक गोल गरे । उत्कृष्ट प्रदर्शन गर्दै पूर्ण बहादुर गुरुङ म्यान अफ दि म्याच घोषित भए । दोस्रो खेलमा फ्रीडम फाइटर भेट्रान्सले अभिषेक चर्च ब्वाइज भेट्रान्सलाई १–० ले हरायो । तेज… पुरा पढौ

आलु महोत्सवमा प्रति केजी आलु ३५ पर्ने

पोखरा, २५ चैत, राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पूरा भएको छ । यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सव सुरु हुनुपुर्व हेमजा स्थित विष्णुपादुका माईस्थानबाट बाजा गाजा सहित झाँकी ¥याली निकालिने छ ।उक्त ¥याली मिलनचोक, साझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेलमैदान प्रवेश गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए । महोत्सवमा आलुको परिकारको… पुरा पढौ

पिताम्बर एशियन युथ एण्ड स्कुल ह्याण्डबलको काउन्सिल सदस्यमा मनोनयन

नेपाल ह्यान्डबल संघका अध्यक्ष पिताम्बर तिम्सिना एशियन युथ एण्ड स्कुल ह्याण्डबलको काउन्सिल सदस्यमा मनोनयन भएका छन् । एशियाली ह्याण्डबल महासंघले उनलाई सन् २०२५ देखि २०२९ सम्मका लागि चार वर्षे कार्यकालका लागि नियुक्त गरेको जानकारी गराएको हो । महासंघका महासचिव मोहम्मद सफिक र प्राविधिक निर्देशक जसिम अल थायेबले हस्ताक्षर गरेको पत्रमार्फत तिम्सिनाको मनोनयनले एशियाली क्षेत्रका युवा तथा विद्यालयस्तरीय ह्यान्डबल खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । एशियन युथ एण्ड स्कुल ह्याण्डबल, एशियाली ह्याण्डबल महासंघको एक महत्वपूर्ण… पुरा पढौ

उपाध्यक्ष बादलद्धारा कानुनी र सडक संघर्षबाट नेतृत्व मुक्त गरिने दाबी

कास्की, नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले कानुनी मोर्चा र सडक दुवैबाट संघर्ष जारी राख्दै अदालत वा सरकारलाई दबाब दिएर भए पनि पार्टी नेतृत्वलाई मुक्त गर्ने दृढता व्यक्त गरेका छन्। बुधबार कास्कीमा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बादलले नेतृत्वमाथि भइरहेको घेराबन्दीको प्रतिवाद गर्न संगठित संघर्ष आवश्यक रहेको बताए । उनले कानुनी प्रक्रियासँगै जनदबाब सिर्जना गर्ने आन्दोलनलाई समानान्तर रूपमा अघि बढाइने उल्लेख गरे। उनका अनुसार वर्तमान परिस्थितिमा पार्टीले वैचारिक स्पष्टता र सशक्त संगठनमार्फत् संघर्षलाई तीव्र बनाउनेछ। अदालत र सरकार… पुरा पढौ

फेवाताल क्षेत्रको जग्गा छानबिन गर्न ५ सदस्यीय समिति गठन, ७ दिनमै प्रतिवेदन आउने

पोखरा, सरकारले फेवाताल को चार किल्लाभित्रको जग्गाको वास्तविक स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरेको हो। समितिलाई ताल क्षेत्रभित्र रहेका सम्पूर्ण कित्ता जग्गाको वर्तमान अवस्था, त्यहाँ निर्माण भएका संरचना तथा प्रयोगको अवस्थाबारे विस्तृत अध्ययन गर्ने जिम्मेवारी दिइएको छ। फेवाताल क्षेत्रभित्रको जग्गा कसरी प्रयोग भइरहेको छ, कसको स्वामित्वमा छ र कति अतिक्रमण भएको छ भन्ने विषयमा स्पष्ट विवरण आउन… पुरा पढौ

होटल व्यवसायी महासङ्घ नेपालले महाधिवेशन यही चैत २७ र २८ गते पोखरामा गर्ने तयारी

होटल व्यवसायी महासङ्घ नेपालले आफ्नो १३ औँ वार्षिक साधारणसभा तथा ५ औँ महाधिवेशन यही चैत २७ र २८ गते पोखरामा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। मङ्गलबार आयोजित पत्रकार सम्मेलनमार्फत महासङ्घले देशभरका होटल व्यवसायीहरूलाई पोखरामा भेला हुन आह्वान गरेको छ । महासङ्घका अध्यक्ष दिनेश कुमार चुकेका अनुसार महाधिवेशनमा देशभरबाट करिब १०० सङ्घका ५०० प्रतिनिधि र २०० पर्यवेक्षक सहभागी हुनेछन्। यससँगै देशभरका होटल व्यवसायीहरू पोखरा भेलामा सहभागी हुन जुट्ने भएका छन्। महाधिवेशनअघि चैत २५ गते सचिवालय बैठक र २६ गते कार्यसमिति… पुरा पढौ

अन्नपूर्ण केबलकारको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, आईपीओ प्रक्रिया अगाडि बढ्ने

पोखरा, पोखराको अन्नपूर्ण केवलकार लिमिटेडको तेस्रो वार्षिक साधारण सभा हालै पोखरामा सम्पन्न भएको छ। साधारण सभाको सुरुवातमा कम्पनीका सञ्चालक आजाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीले निकट भविष्यमा प्रारम्भिक सार्वजनिक निष्काशन ९आईपीओ० मा जाने तयारी गरिरहेको जानकारी दिनुभयो। उहाँले सो प्रक्रिया अघि बढाउन आवश्यक कागजातहरू मिलाउने क्रममा यो साधारण सभा महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। सभामा कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले केबलकारको हालसम्मको कार्यप्रगति तथा उपलब्धिहरूको विस्तृत विवरण प्रस्तुत गर्नुभयो। उहाँले परियोजनाको विकास, सेवा विस्तार तथा आगामी योजनाबारे जानकारी गराउनुभयो। कार्यक्रमका क्रममा… पुरा पढौ

चौथो एबीसी राष्ट्रिय एट ए साईड फोर्टी फाइभ प्लस भेट्रान फुटवलमा १२ टीम सहभागी हुने

पोखरा, अमरसिंह ब्वाइज क्लबको आयोजनामा हुने चौथो एबीसी राष्ट्रिय एट ए साईड फोर्टी फाइभ प्लस भेट्रान्स फुटवल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आगामी चैत्रको २५ देखि २७ गते सम्म पोखराको रंगशालामा आयोजना हुने उक्त प्रतियोगितामा देशभरका १२ टीमको सहभागीता रहने क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए । सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल चैत २५ गते बिहान ८ बजे बौद्ध भेट्रान्स र लेकसाइड भेट्रान्सबीच हुनेछ । सोही दिन दोस्रो खेल ए.बी.सी. भेट्रान्स र सानेपा भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ… पुरा पढौ