जिवनशैली पत्रिका

गण्डकी पदक विवाद प्रकरणः छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न नेपाल खेलकुद पत्रकार मञ्चको आग्रह

पोखरा, साउन २३, प्रदेश खेलकुद परिषद् गण्डकीले आर्थिक वर्ष २०८१÷८२ का लागि गरेको पदक वितरण प्रक्रियामा देखिएको भनिएको अनियमितता, लापरवाही र मिलेमतोको आरोपबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आग्रह गरेको छ। मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) र महासचिव परशुराम शर्माले जारी गरेको प्रेस विज्ञप्तिमार्फत पदक वितरण प्रक्रियामा देखिएका विवाद र अनियमितताबारे निष्पक्ष छानबिन गर्न माग गरिएको छ । मञ्चले पदक वितरणमा संलग्न सम्बन्धित समिति तथा जिम्मेवार पदाधिकारीलाई नैतिक जिम्मेवारी वहन गर्दै भएका त्रुटि सच्याउन… पुरा पढौ

ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोहीहरूप्रति पोखरामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

पोखरा, साउन २२, पाकिस्तानमा रहेको ब्रोड पिक हिमाल आरोहणका क्रममाहिमपहिरोमा परी ज्यान गुमाएका साहसी नेपाली पर्वतारोहीहरूप्रति युवा नेपाल समितिकास्कीको आयोजनामा भावपूर्ण श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रममा ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका चर्चित पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) पुर बहादुर गुरुङ (युक्ता) निमा शेर्पा, किली पेम्बा शेर्पा (किलु), ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पासहितका वीर नक्षत्रहरूप्रति सम्मान व्यक्त गर्दै दीपप्रज्वलन गरिएको थियो । साहसका प्रतीक तथा पर्वतारोहणका वीर नक्षत्रहरूका रूपमा उहाँहरूको योगदानकोस्मरण गर्दै उपस्थित सहभागीहरूले आत्माको… पुरा पढौ

पोखरामा बीवाईडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन (भिडियो सहित)

दीननाथ बराल, पोखरा, नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रा.लि.मार्फत पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिका–१०, बुद्धचोकस्थित नयाँ सर्भिस सेन्टरसँगै पोखरामा बीवाईडीको थ्री–एस (सेल्स, सर्भिस तथा स्पेयर पाट्र्स) सुविधा पूर्ण रूपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ । https://www.youtube.com/watch?v=rtkuwLlyG_k&t=385s गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका बीवाईडी ग्राहकले अझ सहज, भरपर्दो र स्तरीय बिक्रीपछिको सेवा आफ्नै क्षेत्रमा प्राप्त गर्ने भएको कम्पनीका प्रमेश्वर पराजुलीले बताउनु भयो । सर्भिस… पुरा पढौ

ढिकुरपोखरीको माछापुच्छ्रे माविका पूर्व विद्यार्थी मञ्चद्धारा निःशुल्क आँखा शिविर सञ्चालन, ५ सय जना लाभान्वित

पोखरा, कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीस्थित श्री माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा आयोजित एकदिने निःशुल्क आँखा शिविरबाट करिब ५ सय जना लाभान्वित भएका छन्। पूर्व विद्यार्थी मञ्च, माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसको आयोजनामा सम्पन्न शिविरमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायका नागरिकले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिएका हुन् । पूर्व विद्यार्थी मञ्चको आयोजना, अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोग, हिमालयन आँखा अस्पताल घारीपाटनको प्राविधिक सहयोग तथा माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसको स्थानीय व्यवस्थापनमा शिविर सञ्चालन गरिएको हो । शिविरमा आँखा परीक्षण… पुरा पढौ

जिसस कास्कीले उपलब्धि र बार्षिक कार्ययोजना सार्बजनिक, केही प्रभावकारी काम गरेको प्रमुख पौडेलको दाबी (भिडियो सहित)

पोखरा २२ साउन, जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०८३÷८४ को बार्षिक कार्ययोजना सार्बजनिक गरेको छ। समितिले आज (शुक्रबार) बिषेस संचारकर्मी भेटघाट कार्यक्रम आयोजना गरेर आफ्नो उपलब्धी र कार्ययोजना सार्बजनिक गरेको हो । https://www.youtube.com/watch?v=SWPeRiVnaeI सार्बजनिक गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नेपालको संविधानको धारा २२० अनुसार जिससका काम कर्तव्य र अधिकार, जिल्लाभित्रका गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने, विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सो को अनुगमन गर्ने,जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका… पुरा पढौ

भुर्तेल आधारभूत विद्यालयलाई १ लाख ७० हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री हस्तान्तरण

पोखरा, पोखरा महानगरपालिका–२८ स्थित श्री भुर्तेल आधारभूत विद्यालय, स्याङखुदी लाई करिब १ लाख ७० हजार रुपैयाँ बराबरका कम्प्युटर, प्रिन्टर तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका–२८ का वडा अध्यक्ष कृष्ण लामिछाने को उपस्थितिमा विद्यालयलाई आवश्यक शैक्षिक तथा प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी कार्यवाहक अध्यक्ष सबिता तिवारी को अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यालयले प्राप्त सामग्रीले शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, आधुनिक र प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त… पुरा पढौ

पोखरामा करिब ३ बर्ष अघि निर्माण सम्पन्न भएको विद्युतीय शवदाह गृह अझै संचालनमा आउन सकेन, तत्काल संचालन गर्न स्थानियको माग

दीननाथ बराल, पोखरा २१, साउन, पोखरा महानगरपालिका–१० रामघाटमा करिब ३ बर्ष अघि निर्माण भएको आधुनिक विद्युतीय शवदाह गृह हालसम्म पनि संचालनमा आउन सकेको छ्रैन् । पोखरा महानगरपालिकाले आवश्यक कार्यविधि तयार गरिसकेको र केही प्राविधिक तथा व्यवस्थापकीय प्रक्रिया पूरा भएपछि छिट्टै विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइने तयारी गरिएको पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारी ले पोखराक्लिकलाई बताउनु भयो । “विद्युतीय शवदाह गृह सञ्चालनसँग सम्बन्धित केही व्यवस्थापकीय तथा प्राविधिक विषय अध्ययन गरेर आवश्यक कार्यविधि तयार गरिएको छ । अब केही समयभित्रै शवदाह… पुरा पढौ

मर्दी हिमालमा तीन दिन देखि अलपत्र परेका पोखराका तीन युवाको सशस्त्र प्रहरी सहितको टोलीको साहसिक उद्धार

दीननाथ बराल, पोखरा, साउन २१, सशस्त्र प्रहरी बल सहितको साहसिक टोलीले कास्कीको मर्दी हिमाल पदयात्राका क्रममा बाटो बिराएर तीन दिनदेखि अलपत्र परेका पोखराका तीन जना युवाको आज (विहिबार) सकुशल उद्धार गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका कास्कीको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयको संयुक्त प्रयासपछि उहाँहरुलाई अन्नपूर्ण गाउँपालिका–११ अन्तर्गत छुमरुङ फेदी नजिकको मोदी खोलाको पारिपट्टिबाट सुरक्षित उद्धार गरिएको स्थानियले बताउनु भयो । उद्धार गरिएका युवामा पोखरा महानगरपालिका–१४ खसिबजारका २६ वर्षीय करण लामा, २४… पुरा पढौ

पोखरामा एलपी ग्यास सहज पार्न भोलि (शुक्रबार) देखि खुद्रा पसलबाटै बिक्रि वितरण हुने, स्टोर नगर्न आग्रह

दीननाथ बराल, पोखरा २१, साउन, गण्डकी प्रदेशको राजधानी पोखरामा केही दिनदेखि देखिएको खाना पकाउने एलपी ग्यासको अभाव अब विस्तारै हटाउने रणनीतिमा प्रशासन र व्यावसायीले अधिकृत डिलर र खुद्रा पसलबाट बिक्रि वितरण गर्न निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबारदेखि पोखराका सबै अधिकृत डिलर र खुद्रा बिक्री केन्द्रमार्फत नियमित वितरण गर्ने तयारी गरेसँगै बजारको अवस्था सहज बनाउने भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पोखराक्लिकलाई बताउनु भयो । https://www.youtube.com/watch?v=CXYk9fiHOvg&t=8s उहाँका अनुसार पोखरामा दैनिक ६ हजारदेखि ८ हजार ५… पुरा पढौ

स्टेप वाई स्टेप मा.वि.मा नेपाली भाषा कौशल प्रतियोगिता

पोखरा, साउन २१, स्टेप वाई स्टेप माध्यमिक विद्यालय, मासबार, पोखरामा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूबीच अन्तरसदनात्मक नेपाली भाषा कौशल प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूको भाषिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा विद्यालयका चारवटा सदनका चार टिमबाट १६ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका साथै आत्मविश्वास वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता प्रतियोगितामा सक्रिय सहभागिता जनाउने विद्यार्थीहरूलाई भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा… पुरा पढौ