जिवनशैली पत्रिका

कुमुदिनी होम्समा अंग्रेजी भाषाको कार्यशाला

२९,चैत्र पोखरा, देशैभरि नयाँ शैक्षिक सत्र सुरु हुन लागेको अवस्थामा हरेक शैक्षिक संस्थाहरू त्यसको तयारीमा जुटिरहेका छन् । त्यस्तै पोखरा महानगरपालिका वडा नं। ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले भने मन्टेश्वरीदेखि दश कक्षासम्म अध्यापन गराउने शिक्षक शिक्षिकाहरूकालागि अंग्रेजी भाषा सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । माल्भर्न कलेज यू।के। का हेड अफ सर्भिस एण्ड कम्युनिटी पार्टनरसिपका नाथन स्मिथले कसरी प्रभावकारी रुपमा अंग्रेजी सिकाइ र शिक्षण गर्ने भन्ने विषयमा केन्द्रित भएर सहजिकरण गरेका… पुरा पढौ

रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागीखुलातर्फ दार्चुलाका मुकेश थापा प्रथम, विदेशीतर्फ फ्रान्सका स्याम्यूल विजेता

पोखरा, २९ चैत, पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा नेपालसहित पाँच देशका १ सय ४५ धावक सहभागी भएका छन् । फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको उक्त दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्याण्ड र इङल्याण्डका धावक सहभागी थिए । ‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ उद्घोषका साथ शनिबार राति ७ः२९ बजे बाराहीघाटदेखि सुरु भएको दौडमा खुलातर्फ दार्चुला २९ बर्षीय मुकेश थापा प्रथम हुन सफल भए । उनले निर्धारित दूरी… पुरा पढौ

३५ प्लस भेट्रान्स फुटबलको उपाधिका लागि एनके र न्यूरोड भिड्नेफाइनल अघि मैत्रीपूर्ण महिला फुटबल हुने

पोखरा, गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । उक्त खेल आइतबार दिउँसो १ बजे हुने खेल संयोजक र्यामोस गुरुङले जानकारी दिए । गुरुङका अनुसार आज ९शनिबार० भएको पहिलो सेमिफाइनल खेलमा मेजर एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराउँदै एनके एफसी फाइनलमा प्रवेश गरेको हो । गोलरहित खेलको निर्धारित समय सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । यस्तै दोस्रो सेमिफाइनल खेलमा न्यूरोड… पुरा पढौ

फेवा महोत्सव आजदेखि सुरु

पोखरा, २९ चैत, २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आजदेखि सुरु हुदै छ । आगामी वैशाख १ गतेसम्म चल्ने महोत्सवको अन्तिम तयारी पूरा भएको आयोजक होटल संघ पोखरा नेपालले जनाएको छ । खहरेदेखि सहिदचोकविचको सडकमा आयोजना हुने महोत्सवमा भाग लिन पर्यटकहरु पोखरा आउने क्रम सुरु भएको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । खहरे चोकबाट विभिन्न सांस्कृतिक झाँकी र र्यालीसहित बिहान ११ बजे महोत्सव सुरु हुने र अम्बोटमा पुगी उद्घाटन समारोहमा… पुरा पढौ

पोखरामा यू–२० तथा पोखरा ओपन राष्ट्रिय एथलेटिक्स शुरूः अभिनाशको किर्तिमानी हाई जम्प, गण्डकी ६ स्वर्णका साथ अग्रता

पोखरा पोखरामा शनिबारदेखि ‘चौथो यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप’ तथा ‘दोस्रो पोखरा ओपन एथलेटिक्स मिट २०२६’ सुरू भएको छ । पोखरा रंगशालामा सुरू भएको प्रतियोगिताको पहिलो दिन यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपतर्फ घरेलु टोली गण्डकीले सुखद सुरुआत गर्दै ६ स्वर्ण, ५ रजत र २ कास्य पदक जित्दै अग्रता कायम गर्न सफल भएको छ भने बागमती प्रदेश ३ स्वर्ण र ६ रजतका साथ दोस्रो स्थान तथा सुदुर पश्चिम ३ स्वर्ण, २ रजत र १ काश्य पदकका साथ तेस्रो स्थानमा रहेको छ । कास्की… पुरा पढौ

पोखरा रात्रिकालीन सडक दौड प्रतियोगितामा ३ देशका १०० बढी धावक सहभागी हुँदै

पोखरा, २७ चैत, पर्यटनको राजधानी पोेखरामा पहिलोपटक आयोजना हुन लागेको रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) प्रतियोगिता २०८३ को तयारी पूरा भएको छ । जाग्छ पोखरा दौडाउँछ पोखरा भन्ने उद्घोषका साथ शनिबार साँझ ७ः०० बजे बराहीघाटबाट सुरु हुने उक्त प्रतियोगितामा नेपालसहित नर्वे र फ्रान्सका गरी १०० भन्दा बढी धावकको सहभागिता रहने आयोजक पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकले जनाएको छ । बाराहीघाटदेखि सुरु हुने प्रतियोगिता सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरोकिलोमिटर, सृजनाचोक, सभागृहचोक, न्युरोड हुँदै महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डापार्क (फल्चा) मा पुगेर… पुरा पढौ

पोखरामा महिला हत्या प्रकरणः घटनामा मृतककै भान्जाको संलग्नता

पोखरा, पोखराको मुख्य बजार क्षेत्रमै भएको एक महिलाको विभत्स हत्या प्रकरणमा नयाँ तथ्य खुलेको छ। घटनामा मृतककै भान्जाको संलग्नता रहेको पुष्टि भएसँगै प्रहरीले ४८ घण्टाभित्र मुख्य अभियुक्तसहित दुई जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–५, मालेपाटन घर भई हाल वडा नम्बर १८, सेदीमा बसोबास गर्दै आएकी ४२ वर्षीया सिर्जना पौडेल केसीको यही चैत २५ गते साँझ करिब ७ बजे सभागृहचोक नजिकै धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। व्यस्त बजार क्षेत्रमा भएको यस घटनाले स्थानीय सुरक्षामाथि प्रश्न उठाएको थियो। जिल्ला प्रहरी… पुरा पढौ

एबीसी राष्ट्रिय एट ए साईड भेट्रान्सको उपाधी बगर भाइखलकलाई

पोखरा, चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि संगै बगर भाइखलकले नगद १,५५,५५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उपबिजेतामा चित्त बुझाएको एबीसीले नगद ७७,७७७ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । फाइनल खेलमा बगर भेट्रान्सका दीपक गर्बुजा पुन, कुमार गुरुङ, इश्वर गुरुङ र हिमाल थापाले १–१… पुरा पढौ

बुद्ध विशाल बजारमा नयाँ वर्षको शुभकामना सहित क्यालेन्डर बिमोचन

पोखरा, बुद्ध विशाल बजार व्यापारिक एशोशियसनले नयाँ वर्षको शुभकामना सहित २०८३ सालको टेबल क्यालेन्डर बिमोचन गरेको छ । एशोशियसनको कार्यसमिति उप समिति तथा सल्लाहकार सहितको उपस्थितिमा भएको क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशब बहादुर खत्रीले व्यवसायी साथीहरूको हकहितको लागी आफू सदैव ब्यवसायी साथीहरूको साथमा रहेको बताउदै बुद्ध विशाल बजार पोखराको गहना रहेकोले यस भित्र व्यवसाय गर्ने हामी व्यवसायी साथीहरू मिलेर व्यवसाय प्रवर्द्धनका लागि अगाडि बढ्नुपर्ने बताए । बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका… पुरा पढौ

मालेपाटनमा ‘३५ प्लस भेट्रान्स फुटबल’ जारी, शनिबार क्वाटरफाइनलका खेल

पोखरा, २७ चैत्र, गण्डकी स्पोर्टस् क्लबको आयोजनामा पोखरा ५ मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता प्रिक्वाटरफाइनलका खेल सकिएका छन् । मालेपाटन खेलमैदानमा आज ९शुक्रबार० भएको पहिलो खेलमा आयोजक टिम ‘ए’ र टाइटन भेट्रान्सलाई ३–० को गोल अन्तरले पराजित गर्यो । आयोजकको जीतमा गणेश कुँवर, अमृत आलेमगर र बासु जिसीले समान १र१ गोलको योगदान दिए । त्यस्तै दोस्रो खेलमा सबिन मेमोरिय एक्स एलजी एकतामाथी एनके एफसीले ३–० गोल अन्तरले सहज जीत निकाल्यो । एनकेको जीतमा… पुरा पढौ