जिवनशैली पत्रिका

श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीतक चर्चा हुने

पोखरा, पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन कार्यक्रम हुने भएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकको आयोजनामा श्रावण १८ देखि भाद्र १९ गते श्रीकृष्ण जन्माष्टमी सम्म एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन कार्यक्रम हुने श्रीकृष्ण प्रणामी मन्दिरका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए । अध्यक्ष ढकालका अनुसार श्रीमदवीतकको पहिलो दिन साउन १८ गते शोभायात्रा तथा कलश यात्राको आयोजना गरिने छ । शोभायात्रा पश्चात पोखरा महानगरपालिका… पुरा पढौ

चिनको सांघाई अटो एक्स्पोमा सहभागी हुने सहभागी को बिदाइ

चीनको सांघाईमा हुने अटो एक्स्पोमा सहभागी हुन नेपालबाट ३० जनाको टोली रहेको छ । चार दिनसम्म चल्ने एक्स्पोमा अटो क्षेत्रमा आएको आमूल परिवर्तनलाई नजिकबाट नियाल्न र त्यसको मर्मत सम्भार सम्बन्धी तालिम लिन पोखराका २२ जना सहित देशभरका ३० जना अटो मेकानिक्सहरु सोमबार त्यसतर्फ जाने लागेका हुन् । एपेस सोर्सिङ एण्ड म्याचिङ कन्फरेन्स–२०२६ को निमन्त्रणामा त्यहाँ हुने एक्स्पोमाको सहभागी हुन नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको नेतृत्वमा गण्डकी अटो मेकानिक्स बकस एसोसिएसन को को बिदाइ गरिएको छ। ८० देशका सहभागी हुने एक्स्पोमा… पुरा पढौ

पोखरामा स्किल ब्रिज एकेडेमी स्थापना, शिक्षकका लागि निःशुल्क एआई तालिम

पोखरा, साउन १८ , पोखराबाट स्किल ब्रिज एकेडेमीले आफ्नो सेवा सुरु गरेको छ । गुरुपूर्णिमाको अवसर पारेर सुरु गरिएको एकेडेमीले आफ्नो पहिलो सेवाका रूपमा शिक्षकहरूका लागि ३ दिनसम्म एआई र सूचना तथा सञ्चार प्रविधिसम्बन्धी निःशुल्क तालिम आइतवार सम्पन्न गरेको छ । साउन १५ गते शुक्रवारदेखि सुरु भएको तालिममा करिब १ हजार जना शिक्षकले निःशुल्क तालिम लिएका थिए । तालिम तथा एकेडेमीको उद्‌घाटन गर्दै शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका प्रमुख प्रकाश देवकोटाले तीव्र गतिमा परिवर्तित समयमा भएको ज्ञानको विस्फोटनलाई व्यवस्थित गर्नका… पुरा पढौ

बर पीपल रिसोर्ट सातौं वर्षमाः आथित्यतामा अब्बल, सय जनालाई रोजगारी सामाजिक क्षेत्रमा सहयोग, ग्राहकलाई अगस्टभरि १५ प्रतिशतसम्म छुट

पोखरा, पोखराको पर्यटन तथा आतिथ्य क्षेत्रमा छोटो समयमै अब्बल बनेको बर पीपल रिसोर्ट सातौं वर्षमा प्रवेश गरेको छ । पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडको स्ट्रिट नं. २८, मनिमार्गमा करिब ११ रोपनी क्षेत्रफलमा फैलिएको बर पीपल रिसोर्ट पाँचतारे स्तरको रिसोर्ट हो । सञ्चालनमा आउनेबित्तिकै सुरु भएको कोरोना कहरलाईसमेत जितेर पाहुनालाई आकर्षित गरेको बर पीपल छैठौं वर्ष पूरा गर्दै सातौं वषर्् प्रवेश गरेको हो । रिसोर्ट सञ्चालनमा आएको केही समयमै भौतिक संरचनाको शैली र आथित्यताले निकै लोकप्रिय बन्न सफल भएको थियो ।… पुरा पढौ

ग्रामीण विद्यालयका विद्यार्थीलाई कुमुदिनी होम्सको सहयोग, १२ वर्षदेखिको सहयोग निरन्तर जारी

पोखरा, पोखराको गैह्रापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले विगत १२ बर्षदेखि निरन्तर रुपमा ग्रामिण क्षेत्रका बिद्यालयलाई गरेको सहयोगलाई निरन्तरता दिदै उदाहरण प्रस्तुत गरेको छ। विद्यालयले कास्कीका दुई सरकारी विद्यालयका विद्यार्थीलाई करिब रु ३५ हजार बराबरका स्टेशनरी सामग्री तथा खाजा खर्चबापत जनही रु ३० हजारका दरले कुल रु ६० हजार नगद सहयोग उपलब्ध गराएको हो। सहयोग प्राप्त गर्ने विद्यालयमा माछापुच्छ्रे गाउँपालिका–२, खादरजुङस्थित बाराही आधारभूत विद्यालय र पोखरा महानगरपालिका–१९ स्थित धारा आधारभूत विद्यालय रहेका छन्। कुमुदिनी होम्सका संस्थापक अध्यक्ष अशोक पालिखेका अनुसार विद्यालयका… पुरा पढौ

पोखरा–२२ पुम्दी–भुम्दीको कोदीमा कोदो दिवस महोत्सवका रूपमा मनाइयो (भिडियो सहित)

दीननाथ बराल. पोखरा १६, साउन, राष्ट्रिय कोदो दिवसको अवसर पारेर पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीको कोदीमा दोस्रो कोदो दिवस महोत्सवका रूपमा भव्य मनाइएको छ । कोदो खेतीको प्रवद्र्धन, स्थानीय रैथाने बालीको संरक्षण, पोषणयुक्त खाद्यान्नको उपयोग तथा स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले आयोजित महोत्सवमा कृषक, कृषि उद्यमी, सहकारीका प्रतिनिधि, जनप्रतिनिधि, सरोकारवाला निकाय तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । https://www.youtube.com/watch?v=HWPMBKIUL_8&t=115s पुम्दी–भुम्दी कृषि सहकारी संस्था, पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा र कृषि विकास महाशाखाको संयुक्त आयोजनामा भएको राष्ट्रिय कोदो दिवसको सन्र्दभमा विभिन्न कार्यक्रम वडा… पुरा पढौ

मदरल्याण्ड माविमा संयुक्त राष्ट्रसंघको नमूना सभा

पोखरा, साउन १६, पोखराको मासवारस्थित मदरल्याण्ड माविले नमूना युएन (संयुक्त राष्ट्र संघ) सभा आयोजना गरेको छ । विद्यालय तहका विद्यार्थी सहभागि मदरल्याण्ड नमूना युएन सभामा भाग लिन कास्की सहित विभिन्न आठवटा जिल्लाका विद्यार्थी पोखरा आएका छन् । विद्यालयले आयोजना गरेको यो आठौं नमूना सभा हो । विद्यालय तहका विद्यार्थी सहभागि भएको यो नमूना सभामा विभिन्न विषयमा दुईदिनसम्म बहस हुनेछ । मदरल्याण्ड माविको आयोजना र नेपाल–अमेरिका अलुम्नाई नेटवर्क (नुसान)को संयोजनमा भएको यो कार्यक्रममा कक्षा १२ सम्मका विद्यार्थी सहभागि छन् । उनीहरुले… पुरा पढौ

सञ्चारमा वेलनेस हिलिङको महत्वबारे अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न

पोखरा, १६ साउन, सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख प्रशिक्षक ब्रह्माकुमार विजयराज सिग्देलले सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिहरूले दैनिक रूपमा उच्च कार्यचाप, मानसिक तनाव तथा चुनौतीहरूको सामना गर्नुपर्ने भएकाले मानसिक सन्तुलन, सकारात्मक सोच र ध्यान (मेडिटेसन) लाई जीवनशैलीको हिस्सा बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले वेलनेस हिलिङले मानसिक शान्ति, आत्मविश्वास, निर्णय क्षमता र कार्यदक्षता अभिवृद्धि गर्दै जिम्मेवार… पुरा पढौ

संविधानले सुनिश्चित गरेका शिक्षा–स्वास्थ्य अधिकार कार्यान्वयनमा अझै चुनौती रहेको वक्ताको भनाई

पोखरा, साउन १५, संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको भन्दै सरोकारवालाले नीति तथा कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजना तथा मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशको समन्वयमा आज (शुक्रबार) पोखरामा आयोजित ूमानवका लागि मानव अधिकार, मानव अधिकारका लागि उपयुक्त संस्कृतिू मूल नारासहितको शिक्षा तथा स्वास्थ्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले शिक्षा र स्वास्थ्य क्षेत्रका समसामयिक समस्या, नीतिगत सुधार तथा कार्यान्वयनका चुनौतीबारे… पुरा पढौ

कुमुदिनी होम्समा नेपाली भाषा कौशल प्रतियोगिता

पोखरा, पोखरा महानगरपालिका वडा नं।४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रवार वार्षिक कार्यतालिकाअनुसार अन्तरसदनात्मक नेपाली भाषा कौशल प्रतियोगिता सम्पन्न भएको छ। आधारभूत तह अन्तर्गतको कार्यक्रम आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लालीगुराँस सदनका आदित्य खत्री कक्षा ८ (ख), आयुषा लामा कक्षा ८ (क), आविष्कार लामिछाने कक्षा ६ (ख) र सिजन लम्साल कक्षा ७ (क) को समूह प्रथम भएका छन् । कुमारी सदनका श्रीयांश द्विवेदी कक्षा ८ (ख), चाहना आचार्य कक्षा ८… पुरा पढौ