जिवनशैली पत्रिका

फेवातालमा सेल्फी ब्रिज, रुपातालमा सिसाको पुल बनाउने योजना, फेवा सौन्दर्यीकरणमा ५ करोड

दीननाथ बराल,पोखरा, असार १ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत प्रदेश राजधानी पोखराका प्रमुख पर्यटकीय गन्तव्य फेवाताल र रुपाताललाई थप आकर्षक बनाउने योजना अघि सारेको छ। पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै सरकारले फेवातालमा ‘सेल्फी ब्रिज’ र रुपातालमा ‘सिसाको पुल’ निर्माण प्रक्रिया अगाडि बढाउने घोषणा गरेको हो। आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा “राउण्ड फेवा, भ्यू फेवा” कार्यक्रमलाई निरन्तरता दिँदै फेवा होराइजन पेडेस्ट्रियन ब्रिज (सेल्फी ब्रिज) तथा रुपातालमा सिसाको पुल निर्माण कार्य अगाडि बढाइने… पुरा पढौ

पोखरामा अन्तरविद्यालय जुडो प्रतियोगिता सम्पन्न, ७५ खेलाडी सहभागी

पोखरा, १ असार, पोखरा महानगरपालिकाको खेलकुद विकास समितिले सञ्चालन गरेको दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल–२०८३ अन्तर्गत जुडो प्रतियोगिता सम्पन्न भएको छ । छात्र तथा छात्रा गरी दुई विधाका विभिन्न तौल समुहमा गरेर कुल ७५ जनाले सहभागिता जनाएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा पोखरा महानगरपालिकाको खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले जानकारी दिए । उनका अनुसार छात्र तर्फ २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी र ४५ केजी तौल समूहमा प्रतिष्पर्धा गराइएको थियो । जस… पुरा पढौ

गत वर्षभन्दा ३ प्रतिशत बढीको बजेट गण्डकी प्रदेशमा, ३२ अर्ब ९९ करोडको बजेट विनियोजन (पूर्णपाठ सहित)

दीननाथ बराल,पोखरा, १ असार, गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आज (सोमबार) आउदो बर्षको लागि प्रदेश सभामा उक्त बवेट बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ मा ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । आगामी वर्षका लागि प्रस्ताव गरिएको बजेट गत वर्षको तुलनामा करिब १ अर्ब २ करोड रुपैयाँले बढी हो। प्रतिशतका… पुरा पढौ

गण्डकी प्रदेशको करिब ३३ अर्बको बजेट आउने

दीननाथ बराल; पोखरा, १, असार, गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ को लागि आज (सोमबार) बजेट प्रस्तुत गर्ने भएको छ । आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेश सभामा दिउँसो ४ः०० बजे पछि आगामी वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरेकाछन् । प्रदेश सरकारले आउँदो आर्थिक बर्षको लागि करिब ३३ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको स्रोतले पोखराक्लिकलाई जनाएको छ । सुरुआतमा करिब २८ अर्ब ७० करोड रुपैयाँको बजेट बनाउने तयारी स्वरुप विभिन्न मन्त्रालयलाई सिलिङ दिएको प्रदेश सरकारले बजेट… पुरा पढौ

श्रवणदृष्टि विहीनता प्रतिको जनचेतना बढाउन पोखरामा खुला ५ किलोमिटर सडक दौड हुने

दीननाथ बराल,पोखरा, असार १, श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूका अधिकार, आवश्यकता र चुनौतीबारे समाजमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा यही असार १३ गते खुला ५ किलोमिटर सडक दौड प्रतियोगिता आयोजना गरिने भएको छ। अन्तर्राष्ट्रिय श्रवणदृष्टि विहीनता दिवस २०८३ (जुन २७, २०२६) को अवसरमा श्रवणदृष्टि विहीन संघ नेपालले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। संघका अध्यक्ष पुष्पराज रिमालले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा खेलकुदमार्फत समावेशी समाज निर्माणको सन्देश प्रवाह गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनका अनुसार यस वर्षको अन्तर्राष्ट्रिय… पुरा पढौ

पिसिएम कप प्लस टु बास्केटबलमा छात्र÷छात्रा दुवै उपाधी एमिसीलाई

३१ जेष्ठ, पोखरा, पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम पिसिएम कप प्लस टु छात्र÷छात्रा बास्केटबल प्रतियोगिताको उपाधी छात्र÷छात्रा दुबैतर्फ टिम एमिसीले जितेको छ । नदिपुरस्थित कलेजकै बास्केटबल कोर्टमा भएको छात्रतर्फको फाइनलमा एमिसीले साझापानी ‘बि’ लाई पराजित गर्दै प्रथम स्थान हाँसिल गरेको हो । त्यस्तै छात्रातर्फ फाइनलमा एमिसीले टिम मुस्कानलाई पराजित गर्दै प्रथम स्थान हाँसिल गर्यो । छात्रतर्फ २४ र छात्रातर्फ ६ टिमको सहभागिता रहेको थियो । जितसंगै छात्रतर्फ एमिसीले नगद रु १५ हजार सहित ट्रफि, मेडल प्रमाण–पत्र पुरस्कार प्राप्त गर्यो… पुरा पढौ

पोखराका होटल ९० प्रतिशत भरिभराउ, भारतीय पर्यटकको उल्लेख्य चहलपहल

दीननाथ बराल,पोखरा ३०, जेठ, पोखरा, पछिल्लो दुई महिनायता पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ । विशेषगरी भारतीय पर्यटकको बढ्दो आगमन, आन्तरिक पर्यटन गतिविधिमा आएको वृद्धि तथा लगातार सार्वजनिक बिदाको प्रभावले पोखराका अधिकांश पर्यटकीय होटलहरू यतिबेला पनि भरिभराउ भएका छन् । पोखरा क्षेत्रमा रहेका पर्यटकीय स्तरका होटलहरूको अकुपेन्सी हाल करिब ९० प्रतिशत पुगेको पर्यटन व्यवसायीहरुले बताउनु हुन्छ । पोखरा क्षेत्रमा एकै रातमा करिब ४० हजार बेड क्षमता रहेको उल्लेख गर्दै होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले हाल… पुरा पढौ

कास्की जिल्ला क्रिकेट सङ्घको अध्यक्षमा दीपेन्द्र प्रताप चन्द

पोखरा, कास्की जिल्ला क्रिकेट सङ्घको छैटौ साधारण सभा तथा चौथो अधिवेशनबाट दीपेन्द्र प्रताप चन्द अध्यक्षमा निर्वाचित भएका छन् ।संघको उपाध्यक्षमा चन्द्रकुमार गुरुङ (जिम्मी) सचिवमा विजय रावत, कोषाध्यक्षमा दुर्गा बहादुर चन्द तथा सदस्यहरूमा देवेन्द्र प्रजु, गोविन्द प्रधान, विधान श्रेष्ठ, दीपक बराल, दिलीप अग्रहरी, आशिष बराल, भोजराज बराल, जय प्रकाश थापा (पप्पु), ऋषिकेश शर्मा पौडेल, पूर्ण चन्द न्यौपाने र गुना लुयाली निर्वाचित भएका हुन् । कुल ७३ मतदाता रहेको कास्की जिल्ला क्रिकेट संघको अधिवेशनमा ६७ मत खसेको थियो । अध्यक्ष पदका लागि… पुरा पढौ

निम्तो बाँड्दै कोलकातामा नाट्टा गण्डकीस् पर्यटन सहकार्यको नयाँ ढोका खोल्ने आशा

२९ जेठ, कोलकता, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० गण्डकी प्रदेशले भारतको कोलकातामा आयोजना गरेको ‘पोखरा–नेपाल प्रवर्द्धन अभियान २०२६’ अन्तर्गतको बी–टु–बी नेटवर्किङ कार्यक्रमले पोखरा र कोलकाताबीच पर्यटन सहकार्यको नयाँ आधार तयार गरेको छ । कार्यक्रममा सहभागी भारतीय पर्यटन व्यवसायीहरूले पोखरालाई दक्षिण एसियाकै उत्कृष्ट पर्यटन गन्तव्यमध्ये एक भएको बताउँदै आगामी दिनमा थप भारतीय पर्यटक नेपाल पठाउने प्रतिबद्धता जनाएका छन् । पछिल्ला केही वर्षयता भारतीय पर्यटकको प्रमुख रोजाइ पोखरा बनिरहेको छ । यतिबेला भारतीय पर्यटकले पोखरा भरिन थालेको छ ।… पुरा पढौ

राष्ट्रिय क्रिकेट खेलाडी अर्जुन कुमाल र रचना चौधरी कास्कीमा नगदसहित सम्मानित (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ३०, जेठ, कास्की जिल्ला क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी अर्जुन कुमाल र रचना चौधरीलाई जनही १० हजार रुपैयाँ नगद सहित सम्मान गरेको छ । संघको शनिबार पोखरामा आयोजना भएको छैटौं साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन सत्रको अवसरमा जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै कास्कीको नाम उच्च बनाउने क्रिकेट खेलाडीहरूलाई नगदसहित सम्मान गरिएको संघले जनाएको छ । https://www.youtube.com/watch?v=Hs9htiXyV94 कार्यक्रममा अर्जुन कुमाललाई कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले नगदसहित सम्मान गर्नु भएको छ भने राष्ट्रिय… पुरा पढौ