कास्की जिल्ला क्रिकेट सङ्घको अध्यक्षमा दीपेन्द्र प्रताप चन्द

-


     पोखरा क्लिक     
     जेठ ३० गते २०८३ मा प्रकाशित


पोखरा,

कास्की जिल्ला क्रिकेट सङ्घको छैटौ साधारण सभा तथा चौथो अधिवेशनबाट दीपेन्द्र प्रताप चन्द अध्यक्षमा निर्वाचित भएका छन् ।
संघको उपाध्यक्षमा चन्द्रकुमार गुरुङ (जिम्मी) सचिवमा विजय रावत, कोषाध्यक्षमा दुर्गा बहादुर चन्द तथा सदस्यहरूमा देवेन्द्र प्रजु, गोविन्द प्रधान, विधान श्रेष्ठ, दीपक बराल, दिलीप अग्रहरी, आशिष बराल, भोजराज बराल, जय प्रकाश थापा (पप्पु), ऋषिकेश शर्मा पौडेल, पूर्ण चन्द न्यौपाने र गुना लुयाली निर्वाचित भएका हुन् ।

कुल ७३ मतदाता रहेको कास्की जिल्ला क्रिकेट संघको अधिवेशनमा ६७ मत खसेको थियो । अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धात्मक निर्वाचनमा चन्दले ४० मत प्राप्त गर्दै विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी दिपेश खत्रीले २७ मत प्राप्त गरे । उपाध्यक्ष पदमा चन्द्र प्रसाद गुरुङ ‘जिम्मी’ ३८ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी विरेन्द्र पुनले २९ मत प्राप्त गरे । त्यस्तै सचिव पदमा विजय राउतले ४५ मत ल्याउँदै स्पष्ट जित हासिल गरे भने कमल थापाले २२ मत प्राप्त गरे । कोषाध्यक्षमा दुर्गा बहादुर चन्द ४३ मतसहित निर्वाचित हुँदा बम बहादुर कुँवरले २३ मत प्राप्त गरे ।

यसै गरी कार्यसमिति सदस्यमा ऋषिकेश शर्मा (५७), गोविन्द प्रधान (४७), देवेन्द्र प्रजु (४१), विधान श्रेष्ठ (५५), दीपक बराल (३६), दिलिप अग्रहरी (३६), आशिष बराल (४४), भोजराज बराल (५६), जयप्रकाश थापा (४४) र पूर्णचन्द्र न्यौपाने (३९) मत प्राप्त गर्दै निर्वाचित भएका छन् । पछिल्लो समय कास्की क्रिकेटले जिल्लास्तरमा खेल पूर्वाधार, प्रतिभा विकास र प्रतियोगिता सञ्चालनमा सक्रियता बढाइरहेका बेला नयाँ कार्यसमितिले ती गतिविधिलाई अझ प्रभावकारी बनाउने जनाएको छ ।

यस अघि सो कार्यक्रमको कास्कीका प्रमुख जिल्ला अघिकारी कुमानसिंह गुरूङले उद्घाटन गर्दै क्रिकेटमा देखिएको उत्साहसँगै कास्कीको क्रिकेट जग बलियो बनाउन आग्रह गरे । कास्की क्रिकेट संघका अध्यक्ष सञ्जय कान्त सिग्देलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा क्यानका केन्द्रिय सदस्य सुदिप शर्मा, गण्डकी खेलकुद परिषदका सदस्य रविन्द्र बहादुर प्रजु, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, जिल्ला खेलकुदका उपाध्यक्ष तिलक बहादुर अधिकारी लगायतले क्रिकेट खेलको विकासमा एक हुन आग्रह गर्नु भएको थियो ।