पोखरा, १४ चैत, पर्यटक आदानप्रदान र कनेक्टिभिटीमा जोड दिंदै यसबर्षको जाउँ है पोखरा अभियान मकवानपुरको हेटौंडामा शुक्रबार समापन गरिएको छ । यही चैत ९ गतेबाट सुरु भएको पाँच दिने अभियान अन्तर्गत वीरगंज, विराटनगर र इलाममा पनि पत्रकार सम्मेलन र अन्तरक्रियाहरु आयोजना गरिएको थियो । होटल संघ पोखरा नेपालको अयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा यो अभियान संचालन गरिएको थियो । अभियानको क्रममा पूर्वका भद्रपुर, सिमरा, विराटनगर र फाल्गुनन्द विमानस्थलबाट पोखरासम्म हवाई सेवा संचालनको निरन्तरता र…
पुरा पढौ