जिवनशैली पत्रिका

विश्वकप हेरेपछि मनमा उब्जिएका केही भावना

पोखरा, मलाई आजैजस्तो लाग्छ, जब म दुई–तीन कक्षामा पढ्थेँ। त्यसबेला मेरो हातमा रहेको सामान्य ज्ञानको किताब पल्टाउँदा दुईवटा नाम बारम्बार देखिन्थे—लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो। त्यतिबेला मेरा लागि फुटबल भनेको किताबको एउटा प्रश्न र त्यसको उत्तर मात्र थियो। म सोच्थेँ, "को होलान् यी मानिसहरू, जसको नाम संसारभरका किताबमा लेखिन्छ?" म खेलकुदको अत्यन्त ठूलो पारखी त होइन। तर सानैदेखि उनीहरूको नाम सुन्दै आएको भए पनि, यसपटक पहिलो पटक आफ्नै आँखाले विश्वकपको रोमाञ्च, त्यसको वातावरण र फुटबलको वास्तविक सौन्दर्यलाई नजिकबाट महसुस गर्ने… पुरा पढौ

जंगली च्याउ टिप्न गएका १४ जना महिला करिब २५ घण्टापछि जंगलमै सकुशल भेटिए

पोखरा, जंगली च्याउ टिप्न भन्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गरेका १४ जना महिलाको टोली करिब २५ घण्टापछि सकुशल फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भिमदत्त नगरपालिका–१९, बागफाँटा दशरथ टोलका १४ जना महिला आइतबार बिहान करिब ११ बजे जंगली च्याउ खोज्न जंगल प्रवेश गरेका थिए। साँझ अबेरसम्म पनि उनीहरू सम्पर्कमा नआएपछि नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासी तथा जिल्ला सुरक्षा समितिको संयुक्त टोली परिचालन गरेर खोजी अभियान सञ्चालन गरिएको थियो। खोजीका क्रममा उनीहरू आज (सोमबार) दिउँसो करिब १ः१० बजे… पुरा पढौ

अर्जेन्टिना चुक्दा स्पेनले विश्वकप चुम्यो, एम्बाप्पेलाई गोल्डेन बुट, पोखरेली दर्शक पानीमा भिज्दै ठूलो पर्दामा फुटबल अवलोकन

पोखरा, साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले फिफा विश्वकप २०२६ को उपाधि चुमेको छ। अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलको मद्दतमा स्पेनले अर्जेन्टिनालाई १–० ले हराउँदै १६ वर्षपछि दोस्रो पटक विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो । अमेरिकाको न्युजर्सी स्टेडियममा भएको रोमाञ्चक फाइनलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो। खेल अतिरिक्त समयमा धकेलिएपछि १०६औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए। निर्धारित समयमै एन्जो फर्नान्डेज दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएपछि… पुरा पढौ

पोखराको सेती नदीमा केही भाग पानी थुनिँयो, करिब ५० मिटर माथिबाट पानी खस्दा झर्ना, उच्च सावधानि अपनाउन आग्रह (भिडियो सहित)

दीननाथ बराल,पोखरा २, साउन, पोखराको सेतीनदी प्रायः पोखराको रामघाटदेखि लुकेर जमिन मुनिबाट रातोपहिरो क्षेत्रमा देखिने गरेको छ । केही दिनदेखि परेको बर्षादका कारण यतिवेला सेतीनदीमा दुर्लभ दृश्य देखिएको छ त्यो हो करिब ५० मिटर माथिबाट पानीको बहाब खसेर झर्ना बनेको छ । https://www.youtube.com/watch?v=SRkMYPoNoYc&t=13s ५० औं बर्षदेखि सेतीनदीमा बाढी आउने गरे पनि हालको अबस्था भने पहिलो पटक देखेको स्थानियले पोखराक्लिक समक्ष गुनासो गर्नु भएको छ । पोखरा महानगरपालिका–१५ र १७ को सीमामा पर्ने रातोपहिरा क्षेत्रमा करिब दुई महिनाअघि गएको सुख्खा पहिरोका… पुरा पढौ

‘पोखरा कोरा च्यालेन्ज २०२६’, दृष्टिविहीन विद्यार्थी छात्रावासका लागि सहयोग जुटाइँदै

पोखरा, २ साउन, सामाजिक सेवा, स्वस्थ जीवनशैली र वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘पोखरा कोरा च्यालेन्ज २०२६’ शनिबार पोखरामा सम्पन्न भएको छ । ‘सँगै साइकल चलाऔँ, जीवनमा परिवर्तन ल्याऔँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा संकलित सहयोग पोखरा स्थित दृष्टिविहीन विद्यार्थी छात्रावासलाई प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रमका संरक्षक तथा रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। उनले खेल, स्वास्थ्य र सेवाभावलाई एकसाथ अघि बढाउने यस्ता कार्यक्रमको… पुरा पढौ

पोखरामा श्रृंखलाबद्ध चोरी गर्ने गिरोह पक्राउ, ४ विदेशीसहित ९ जना प्रहरी नियन्त्रणमा

दीननाथ बराल, पोखरा, साउन २, पोखराका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा चोरीका घटनामा संलग्न भएको आरोपमा कास्की प्रहरीले विदेशी सहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट २५ तोलाभन्दा बढी सुनका गरगहना, ९ थान मोबाइल, एक थान ल्यापटप, एक थान स्मार्ट घडीको साथमा नगद दुई लाख एक हजार दुई सय २० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेकाविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको… पुरा पढौ

भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल,पत्रकार वासुदेव पौडेललाई ‘गाउँ पर्यटन पत्रकारिता पुरस्कार’ अर्पण

दीननाथ बराल,पोखरा, साउन २, गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपाल, गण्डकी प्रदेशको पाँचौँ अधिवेशन तथा एघारौँ वार्षिक साधारण सभाले रमेश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको प्रथम उपाध्यक्षमा विश्वराज अधिकारी, द्वितीय उपाध्यक्षमा चिन्तामणि पोखरेल, सचिवमा भीमराज पौडेल, कोषाध्यक्षमा विमला अधिकारी सापकोटा र सह कोषाध्यक्षमा शरण गुरुङ चयन हुनु भएको हो । त्यस्तै समितिका सदस्यहरूमा मुना कोइराला, भावना रानाभाट, राजु परियार, प्रभात अधिकारी र जीवन सापकोटा चयन हुनु भएको निर्वाचन समितिले पोखराक्लिकलाई जनाएको छ । नवनिर्वाचित अध्यक्ष अर्यालले गाउँ… पुरा पढौ

भुटानमा रजत पदक जितेकी बिनु जिटी गण्डकी प्रदेश शारीरिक सुगठन संघद्वारा सम्मानित

पोखरा, भुटानमा सम्पन्न १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल खेलाडी बिनु जिटीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ। प्रतियोगिताको स्विम स्विट खुल्ला विधामा प्रथम हुदै स्वर्ण पदक जित्नु भएको गण्डकी प्रदेश शारीरिक सुगठन संघले जनाएको छ । पदक जितेकी जिटीलाई संघले नगद रु ५ हजार खादा र मालासहित सम्मान गरेको हो। सम्मानपछि बोल्दै बिनु जिटीले सम्मानित हुन पाउँदा निकै खुशी लागेको बताउँदै आफूजस्तै अन्य खेलाडीलाई पनि यस्ता कार्यक्रममार्फत सम्मान गर्न… पुरा पढौ

स्थापना दिवसमा पोखरा फोटोग्राफर सङ्घको रक्तदान, ४६ युनिट रगत सङ्कलनपाँचौँ फोटोग्राफी अवार्ड घोषणा,

पोखरा, साउन २, पोखरा फोटोग्राफर सङ्घले आफ्नो ४५औँ स्थापना दिवस सामाजिक उत्तरदायित्वसँग जोड्दै आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ युनिट रगत सङ्कलन गरेको छ। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा शनिबार पोखरा महानगरपालिका–८ स्थित मानवअधिकार चोकमा सम्पन्न कार्यक्रममा ४६ जना सहयोगी मनका धनि रक्तदाताले रक्तदान गरेका हुन्। “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल नारासहित आयोजित कार्यक्रमको उद्घाटन कैलास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष खडानन्द अधिकारीले सङ्घका संरक्षक एवं ७३औँ पटक रक्तदान गर्नुभएका गणेशलाल श्रेष्ठ (छवि)लाई ब्लड… पुरा पढौ

आन्तरिक राजश्व कार्यालयमा पुनः ठडियो कर सहायता कक्ष

पोखरा,१ साउन, आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा निःशुल्क करदाता सहायता कक्ष स्थापना गरिएको छ । पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी) कक्षको शुक्रबार प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कुममानसिंह गुरुङले सो कक्षको उद्घाटन गरे । सो कक्ष उद्घाटनमा नेपालस्थित जर्मन राजदूतावासका हेड बेञ्जामिन साइडर तथा जीआइजेड नेपालकाको तर्फबाट मेन्दी राजा रिज्वी, आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिवसाद ढुंगाना र जिआइजेडका वित्तीय सल्लाहकार नविनलाल श्रेष्ठ पनि सहभागी थिए ।सो अवसरमा बोल्दै… पुरा पढौ