भुटानमा रजत पदक जितेकी बिनु जिटी गण्डकी प्रदेश शारीरिक सुगठन संघद्वारा सम्मानित

-


     पोखरा क्लिक     
     श्रावण २ गते २०८३ मा प्रकाशित


पोखरा,

भुटानमा सम्पन्न १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल खेलाडी बिनु जिटीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ। प्रतियोगिताको स्विम स्विट खुल्ला विधामा प्रथम हुदै स्वर्ण पदक जित्नु भएको गण्डकी प्रदेश शारीरिक सुगठन संघले जनाएको छ । पदक जितेकी जिटीलाई संघले नगद रु ५ हजार खादा र मालासहित सम्मान गरेको हो।

सम्मानपछि बोल्दै बिनु जिटीले सम्मानित हुन पाउँदा निकै खुशी लागेको बताउँदै आफूजस्तै अन्य खेलाडीलाई पनि यस्ता कार्यक्रममार्फत सम्मान गर्न आग्रह गरिन्। उनले यस्ता सम्मानले खेलाडीको मनोबल उच्च बनाउने र अझ राम्रो प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा संस्थाका सल्लाहकार जीवन घिमिरे र सदस्य देव भारतीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। संस्थाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव महेश कुमार श्रेष्ठले गरेका थिए। सोही अवसरमा लुम्बिनी प्रदेशमा सम्पन्न प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका संस्थाका कोषाध्यक्ष शिशिर थापालाई पनि सम्मान गरिएको थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष प्रकाश पौडेलले प्रदेश सरकारको चालु बजेटमा गण्डकी प्रदेश शारीरिक सुगठन संघलाई समावेश नगरिएकोप्रति ध्यानाकर्षण गराउँदै खेलकुद क्षेत्रको विकासका लागि राज्यले आवश्यक सहयोग गर्नुपर्ने बताए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि उत्कृष्ट खेलाडीहरूको सम्मानलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।



This will close in 20 seconds