जिवनशैली पत्रिका

सिद्धार्थ बैंक र बर पीपल रिसोर्टबीच ग्राहकलाई छुट दिने सम्झौता

पोखरा, सिद्धार्थ बैंक लिमिटेड र पोखराको लेकसाइडस्थित बर पीपल रिसोर्ट प्रालिबीच ग्राहकलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकको डिजिटल बैंकिङ प्रवद्र्धन गर्ने, सेवा बिस्तार गर्दै बैंकमा आवद्ध ग्राहकहरुको सुविधाका लागि हालै साझेदारी गरिएको बैंकले जनाएको छ । सम्झौता पत्रमा बैंकका गण्डकी प्रदेश प्रमुख निरज श्रेष्ठ र बर पीपल रिसोर्टका सञ्चालक एवं निर्देशक अमरजंग गुरुङले हस्ताक्षर गरेका हुन् ।सम्झौता अनुसार बर पीपल रिसोर्टमा ग्राहकहरूले सिद्धार्थ बैंकको डिजिटल माध्यम प्रयोग गरी भुक्तानी गर्दा विभिन्न छुट पाउने… पुरा पढौ

प्रकृति संरक्षणका लागि लायन्सको ऐक्यबद्धता वृक्षारोपण कार्यक्रम सम्पन्न

पोखरा, साउन ९, लायन्स डिस्ट्रिक्ट ३२५ एमको आयोजनामा राष्ट्रिय विभूति थाहा सहिद पार्कमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम कार्की तथा विशिष्ट अतिथि डिस्ट्रिक्ट गभर्नर एःव्ँ लायन रत्न पराजुलीले संयुक्त रूपमा बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा डिस्ट्रिक्टका पदाधिकारी, विभिन्न लायन्स नेतृत्व, ४२ भन्दा बढी लायन्स क्लबका प्रतिनिधि, पार्क व्यवस्थापन समिति तथा २०० भन्दा बढी प्रकृतिप्रेमी लायन्स लिडरहरूको उल्लेखनीय सहभागिता रहेको थियो । अभियान… पुरा पढौ

मानव बेचबिखन विरुद्धमा जुट्ने सामूहिक प्रतिवद्धता

गण्डकी,९ साउन, मानव बेचबिखन तथा ओसारपोसार जस्तो जगन्य अपराधका विरुद्धमा सिंङ्गो समाज एक जुट भएर लाग्ने यहाँ आयोजित कार्यक्रमका सहभागिले सामुहिक प्रतिवद्धता जनाएका छन् । सामुदायिक प्रहरी सेवा समन्वय समिति कास्कीको आयोजना एवम् रातोपैह्रा सामुदायिक वन उपभोक्ता समूह पोखरा १७ को व्यवस्थापनमा आज सम्पन्न मानव बेचबिखन विरुद्धमा सचेतना कार्यक्रमका वक्ताहरुले उक्त कुरामा प्रतिवद्धता जनाएका हुन । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिं गुजनताकारुङले कार्यक्रमको उद्घाटन गर्दै प्रहरी जनताको भरोसाको संस्था भएको बताउनुभयो । सीमिति श्रोत साधन र जनशक्तिका बाबजुद पनि नेपाल… पुरा पढौ

लेखनाथ डोजोका ७० कराँते खेलाडीलाई बेल्ट वितरण

लेखनाथ, क्योकुशिन कान कराँते लेखनाथ डोजोका ७० खेलाडीलाई बेल्ट वितरण कार्यक्रम भण्डारढिक रङ्गशालामा सम्पन्न भएको छ । बेल्ट वितरण कार्यक्रम अन्तर्गत एलो बेल्ट प्राप्त गर्ने २८ जना,ओरेन्ज बेल्ट प्राप्त गर्ने १२ जना, ग्रीन बेल्ट प्राप्त गर्ने १२ जना, ब्राउन बेल्ट प्राप्त गर्ने १० र ब्लु बेल्ट ८ जना गरी ७० खेलाडीलाई बेल्ट वितरण गरिएको हो । खेलाडीहरुलाई बेल्ट वितरण गर्दै सफल उद्योगी कर्माचार्य ग्रुपका सञ्चालक लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहेका विक्रम कर्माचार्यले असल चरित्र निर्माणमा खेलले महत्वपूर्ण… पुरा पढौ

पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीको अवधारणा सार्वजनिक, पुष्पलालको योगदान स्मरण

पोखरा, मार्क्सवादी अध्ययन स्रोत केन्द्र, पोखराको आयोजनामा सम्पन्न “पुष्पलाल र आजको नेपाली कम्युनिस्ट आन्दोलन” विषयक अन्तरक्रिया गोष्ठीमा चर्चित वामपन्थी नेता गोपाल किरातीले नेपालको राजनीतिक प्रणालीमा बहुदलीय निर्वाचन प्रणालीभित्र बहुवर्गीय निर्वाचन प्रणाली विकास गर्नुपर्ने अवधारणा प्रस्तुत गर्नुभएको छ। कार्यक्रममा बोल्दै उहाँले नेपालमा समाजवादी क्रान्ति दुई चरणमा सम्पन्न हुने धारणा राख्दै पहिलो चरणमा बहुवर्गीय निर्वाचन प्रणाली उपयुक्त विकल्प हुन सक्ने बताउनुभयो। उहाँका अनुसार मजदुर, किसान र पुँजीपति वर्गको जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने गरी संघीय संसद्को प्रतिनिधि सभा गठन गर्न… पुरा पढौ

२८ औं लामाचौर तीज महोत्सव भदौ अन्तिम साता हुने तयारी

पोखरा, नवआदर्श सामुदायिक विकास समाज, लामाचौरको आयोजनामा यस वर्ष पनि ‘लामाचौर तीज महोत्सव–२०८३’ हुने भएको छ । संस्थाको ३० औं वार्षिकोत्सव समारोह एवं महिलाहरुको महान पर्व हरितालिका तीज पर्वका अवसरमा आगामी भदौ २७ देखि २९ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको परिसरमा उक्त महोत्सव हुने भएको समाजले जनाएको छ । संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिने गरी हाल महोत्सवको तयारी तिव्र पारिएको संस्थाका अध्यक्ष दिनेश भण्डारीले बताए । ‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ उद्घोषका साथ आयोजना हुने यो महोत्सव… पुरा पढौ

बजार अनुगमन गर्दा समन्वय र नियमित रुपमा गर्न सुझाव (भिडियो सहित)

पोखर, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले हरेक संघ संस्थाले संस्थागत दाहित्व बोध गर्दै काम कर्तव्य पालना गर्न आग्रह गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्च नेपाल, गण्डकी प्रदेशद्वारा शुक्रबार आयोजित अन्तरसंवादमा प्रजिअ गुरुङले हरेक संघ संस्था तथा व्यावसायीक प्रतिष्ठानहरुले आफ्नो संस्थागत दाहित्व बोध गर्दै कतर््व्य पालना गर्न गराउन आग्रह गर्नु भएको हो । https://www.youtube.com/watch?v=UfVJJhOmNqQ&t=15s व्यापारिक स्वच्छता र अनुशासन कायम गरी उपभोक्ताको हित संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उनले अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महत्व दिँदै उपलब्ध साधन र स्रोतको… पुरा पढौ

अब कुनै बहानामा काम ढिलासुस्ती गर्ने कसैलाई छुट छैनः मन्त्री कार्की, कृषिमा बिमा अनिवार्य गर्न सुझाव, किसानका बिमा दाबी भुक्तानी समस्या समाधानमा मन्त्रालय संवेदनशील

पोखरा, कृषि क्षेत्रमा देखिएका बिमा दाबी भुक्तानीका समस्या समाधान गर्न मन्त्रालय संवेदनशील रहेको भन्दै कृषिमा बिमा प्रणालीलाई थप प्रभावकारी र विश्वासिलो बनाउनुपर्नेमा जोड दिइएको छ। साथै, किसानलाई बिमातर्फ आकर्षित गर्न सहजीकरण गर्ने, बिमा दाबी भुक्तानीलाई छिटोछरितो बनाउने तथा आवश्यक परे बिमा प्राधिकरणसँग समन्वय गरेर समस्या समाधान गर्ने मनालयले प्रतिबद्धता जनाइएको छ। गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा बिहीबारदेखि सुरु भएको वार्षिक प्रगति समीक्षा कार्यक्रममा मन्त्रालयका नेतृत्वले कृषिमा बिमा अनिवार्य बनाउने विषयमा समेत नीति तहमा छलफल आवश्यक रहेको… पुरा पढौ

पोखरामा बसको ठक्करले हिजो र आज दुई जनाको मृत्यु

पोखरा, साउन ८, पोखराका सडकमा दुई दिनको अन्तरालमै बसको ठक्करबाट दुई जनाले ज्यान गुमाएका छन्। बुधबार राति र शुक्रबार दिउँसो भएका छुट्टाछुट्टै दुर्घटनामा एक मोटरसाइकल चालक र एक पैदलयात्रीको मृत्यु भएपछि सडक सुरक्षाप्रति पुनः गम्भीर प्रश्न उठेको छ । जेब्राक्रस प्रयोग गर्दा पनि दुर्घटना हुनुले चालक, पैदलयात्री र सम्बन्धित निकाय सबैले सडक सुरक्षामा अझ बढी जिम्मेवार बन्नुपर्ने आवश्यकता देखिएको स्थानीयको भनाई रहेको छ । आज (शुक्रबार) दिउँसो करिब २ः५० बजे पोखरा महानगरपालिका–१० उत्तमचोकस्थित जेब्राक्रसबाट सडक पार गरिरहेका स्याङ्जा घर भई… पुरा पढौ

पोखराकी अष्टाङ्ग योग प्रशिक्षक संगीता मिस नेपाल वर्ल्ड २०२६ को फाइनलमा, भोटका लागि आग्रह

पोखरा, पोखरामा जन्मिएर यहीँबाट विद्यालय शिक्षा पूरा गरेकी प्रमाणित अष्टाङ्ग योग प्रशिक्षक तथा मानसिक स्वास्थ्य र सचेत जीवनशैलीकी अभियन्ता संगीता पौडेल मिस नेपाल वर्ल्ड २०२६ को फाइनलमा प्रवेश गरेकी छन्। प्रतियोगी नम्बर ५ का रूपमा अन्तिम प्रतिस्पर्धामा पुगेकी पौडेलले आफ्नो गृहनगर पोखरासहित देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली र शुभेच्छुकहरूलाई भोटमार्फत साथ दिन आग्रह गरेकी छन्। प्रतियोगिताको सार्वजनिक भोटिङ जुलाई २८ सम्म खुला रहनेछ भने ग्रान्ड फिनाले अगस्ट १ मा आयोजना हुनेछ। सन् २००२ डिसेम्बर १ मा पोखरामा जन्मिएकी पौडेलले… पुरा पढौ