मानव बेचबिखन विरुद्धमा जुट्ने सामूहिक प्रतिवद्धता

-


     पोखरा क्लिक     
     श्रावण ९ गते २०८३ मा प्रकाशित


गण्डकी,९ साउन,

मानव बेचबिखन तथा ओसारपोसार जस्तो जगन्य अपराधका विरुद्धमा सिंङ्गो समाज एक जुट भएर लाग्ने यहाँ आयोजित कार्यक्रमका सहभागिले सामुहिक प्रतिवद्धता जनाएका छन् । सामुदायिक प्रहरी सेवा समन्वय समिति कास्कीको आयोजना एवम् रातोपैह्रा सामुदायिक वन उपभोक्ता समूह पोखरा १७ को व्यवस्थापनमा आज सम्पन्न मानव बेचबिखन विरुद्धमा सचेतना कार्यक्रमका वक्ताहरुले उक्त कुरामा प्रतिवद्धता जनाएका हुन ।


कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिं गुजनताकारुङले कार्यक्रमको उद्घाटन गर्दै प्रहरी जनताको भरोसाको संस्था भएको बताउनुभयो । सीमिति श्रोत साधन र जनशक्तिका बाबजुद पनि नेपाल प्रहरीले नागरिकको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न निरन्तर खटिरहेको उल्लेख गर्दे उहाँले अपराध नियन्त्रण तथा सुरक्षित समाज निर्माणका लागि जनता र प्रहरीको सहकार्य अपरिहार्य भएको बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले समाजमा हुने अपराधिक गतिविधिको नियन्त्रणका लागि प्रत्येक नागरिक सचेत हुनेपर्नेमा जोड दिनुभयो ।

घर भाडामा बस्ने व्यक्तिको विवरण राख्ने, छिमेकीप्रति चासो दिने तथा सभ्य समाज निर्माणमा सहयोग पुग्ने उहाँको विश्वास थियो ।
रातोपैह्रा सामुदायिक वन समुहका सल्लाहकार एव्म अग्रज पत्रकार हरि बास्तोलाले पछिल्लो समय यस क्षेत्रमा मानव वेचविखन, लागूपदार्थ ओसारपोसार र सेवन तथा चोरीका घटना बढेको हुँदा प्रहरी सकृयता बढाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक विरेन्द्र कुमार पासवानले सहभागिलाई प्रशिक्षण दिंदै आपराधिक कृयाकलापलाई निरुत्साहित गर्नका लागि समाज र प्रहरीको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

सामुदायिक प्रहरी सेवा समन्वय समिति कास्कीका अध्यक्ष भिम तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा, संस्थापक अध्यक्ष मंगल नेपाली, समितिका उपाध्यक्ष विष्णु सुवेदी, महासचिव घनश्याम तिमिल्सिना, शुभकामना आमा समुहका अध्यक्ष पार्वती खड्का लगायतले सभ्य र सुरक्षित समाज निर्माणमा सवैको निरन्तर प्रयास रहनु पर्नेमा जोड दिनुभएको थियो ।