
पोखरा २०, साउन
गण्डकी प्रदेश बक्सिङ संघको प्रथम अधिवेशनले अध्यक्षमा विद्या प्रसाद मर्सानी चयन गरेको छ । पोखरामा आइतबार सम्पन्न प्रथम अधिवेशनले उनी संगै १५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । आगामी चार वर्षका लागि निर्वाचित अन्य पदाधिकारी प्रथम उपाध्यक्षमा नरेश भट्टराई ९कास्की०, द्वितिय उपाध्यक्षमा सनी केसी ९बाग्लुङ०, महासचिवमा खगेन्द्र क्षेत्री ९पर्वत०, सचिबमा भरत पराजुली ९कास्की० र कोषाध्यक्षमा सुमन श्रेष्ठ ९कास्की० रहेका छन् ।
त्यस्तै कार्यसमिति सदस्यमा सविन गुरुङ ९लम्जुङ०, पहल शाही ९तनहुँ०, दल बहादुर राना ९नवलपुर०, राजेन्द्र रोका ९बाग्लुङ०, उमा महेश घिमिरे ९कास्की०, पुजन शाक्य ९कास्की०, ऋषीसरा थापा ९कास्की०, विमल परियार ९स्याङजा० र रमेश थापा ९कास्की० रहेका छन् ।
यस अघि अघिवेशनको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले गण्डकी प्रदेश खेलकुदको गर्विलो इतिहास लाई जोगाइ राख्न सबै खेलप्रेमीहरु एक जुट हुुनुपर्ने बताए । उनले पोखरा रंगशालामा धेरै अधुरो निर्माणका कार्यहरु रहेको तर्फ इंगित गर्दै सबैको साथ र सहयोगमा निर्माण सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।
नेपाल बक्सिङ संघका उपाध्यक्ष गणेश बहादुर भट्टराईले सरकारले खेलकुदको स्वयंसेवीहरुको भावनाको सहि पहिचान गर्न नसक्दा खेल क्षेत्र पछि परेको बताए । उनले खेलकुदमा लगानी बढाउनु पर्ने कुरामा जोड दिंदै बक्सिङ खेलको विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको औंल्याए ।
संघका तदर्थ समितिका अध्यक्ष समेत रहेका मर्सानीको अधयक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल बक्सिङ महासंघका केन्द्रिय सदस्य राजेन्द्र पाहारी, गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले समेत आफ्ना भनाई राखेका थिए ।