
पोखरा, ३ असार,
यामाहा मोटरसाइकल तथा स्कुटरहरूको मुख्य आपूर्तिकर्ता एम.ए.डब्लु. राइड्स प्रा.लि.तथा पोखराको आधिकारिक विक्रेता भि.ए.डब्लु.इन्टरप्राइजेज प्रा.लि. नयाँबजार को संयुक्त आयोजनामा नेपालकै ठूलो एक्सचेन्ज अभियानका रूपमा प्रचार गरिएको ‘यामाहा ब्लु फेस्ट’ असार ३ गतेदेखि १० गतेसम्म पोखरा रंगशाला गेट नम्बर–२ स्थित खेल मैदानमा सञ्चालन हुने भएको छ।
आयोजकका अनुसार महोत्सवमा यामाहाका मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकहरूका लागि आकर्षक नगद छुट, हाई–भ्यालु एड–अन सुविधा तथा निःशुल्क एसेसरिज प्याकेज उपलब्ध गराइनेछ। साथै दुई वर्षसम्मको सवारी कर निःशुल्क तथा पाँच वर्षसम्म निःशुल्क सर्भिस सुविधासमेत प्रदान गरिने जनाइएको छ । एम.ए.डब्लु. राइड्स प्रा.लि.का तर्फबाट रिजनल सेल्स म्यानेजर राम बोगटी र भि।ए।डब्लु। इन्टरप्राइजेज प्रा.लि.का प्रबन्ध निर्देशक सरोज श्रेष्ठ ले कार्यक्रमबारे जानकारी दिँदै एक्सचेन्ज प्रक्रियालाई थप सहज, छिटो र ग्राहकमैत्री बनाइएको बताए।
महोत्सवको मुख्य आकर्षणका रूपमा ‘स्पट एक्सचेन्ज’, सरल तथा सहुलियतपूर्ण ब्याजदरमा फाइनान्स सुविधा तथा “यामाहा लैजाऔँ, घरमा नागरिकताकै भरमा” अफर रहनेछ। कार्यक्रममा हरेक दिन डोरप्राइज वितरण गरिनुका साथै निःशुल्क टेस्ट राइड तथा स्लो राइड प्रतियोगितामा सहभागी हुनेहरूलाई आकर्षक उपहार प्रदान गरिनेछ। आयोजकका अनुसार जुनसुकै कम्पनी तथा ब्रान्डका मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्न सकिनेछ। सवारी कर क्लियर भएका यामाहा सवारीसाधनलाई यामाहासँग साटफेर गर्दा न्यूनतम रु। ५० हजार मूल्यांकन गरिनेछ भने अन्य ब्रान्डका सवारीसाधनको एक्सचेन्जमा न्यूनतम रु। २५ हजार मूल्यांकन सुनिश्चित गरिएको छ।
त्यसैगरी, बम्पर अफर अन्तर्गत एक जना भाग्यशाली ग्राहकले एप्पलको आईफोन १७ प्रो म्याक्स जित्ने अवसर प्राप्त गर्ने सिनियर म्यानेजर भगवान विजुक्छेले बताए । आयोजकले असार ३ देखि १० गतेसम्म सञ्चालन हुने ‘यामाहा ब्लु फेस्ट’ मा सहभागी भई एक्सचेन्ज, खरिद तथा विभिन्न अफरहरूको लाभ लिन सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ।






