जिवनशैली पत्रिका

ओम शान्तीको पार्दी शाखामा गुरु पूर्णिमा विशेष सम्मान तथा रूपान्तरणकारी शिविर

दीननाथ बराल,पोखरा १३, साउन, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र, नेपालद्वारा आयोजित गुरु पूर्णिमा विशेष सम्मान तथा ‘रूपान्तरणकारी शिविर (रि–इग्नाइट प्रशिक्षक सम्मेलन)’ कार्यक्रम आज (बुधबार) पोखराको पार्दी शाखामा सम्पन्न भएको छ । ‘आत्म–साक्षात्कार र प्रेमपूर्ण सम्बन्ध, आफ्नो उद्देश्यलाई पुनः जागृत गरौँ, प्रेरित, सशक्त र रूपान्तरित बनौँ’ भन्ने मूल भावका साथ आयोजित कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेले जीवन क्षण भरमै भंग हुने भएकाले ज्ञान, ध्यान र सकारात्मक कर्मलाई आत्मसात् गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मानिसले जीवनमा केही… पुरा पढौ

सरस्वती प्रतीक्षा पोखरा प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा नियुक्त

पोखरा, पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा–प्रतिष्ठानको नयाँ नेतृत्व चयन गरेको छ। चर्चित कवि तथा उपन्यासकार सरस्वती प्रतीक्षा प्रतिष्ठानको कुलपतिमा नियुक्त भएकी छन्। आज (बुधबार) महानगर प्रमुख धनराज आचार्यले नवनियुक्त पदाधिकारीहरूलाई नियुक्तिपत्र प्रदान गर्ने कार्यक्रम तय गरिएको छ। महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा गठित सिफारिस समितिले कुलपति, उपकुलपति, सदस्य–सचिवसहित प्राज्ञसभा सदस्यहरूको नाम सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा सरस्वती प्रतीक्षालाई कुलपतिको जिम्मेवारी दिइएको हो।प्रतिष्ठानको उपकुलपतिमा तिलक पुन पुर्जा र सदस्य–सचिवमा जीवन दाहाल नियुक्त भएका छन्। त्यसैगरी परिषद् सदस्यका रूपमा हरेराम जोजिजू, सीता… पुरा पढौ

जनगुनासो पछि बैदामको फ्रेस जुस सेन्टरमा अनुगमन, ५० हजार रुपैयाँ जरिवाना

दीननाथ बराल, पोखरा, साउन १२, पर्यटनको राजधानि पोखरामा संचालनमा रहेको एक जुस पसललार्ई जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी व्यवसाय सञ्चालन गरेकोले पोखरा महानगरपालिका–६, बैदामस्थित फ्रेस जुस सेन्टरलाई ५० हजार जरीवाना गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पोखराक्लिकलाई बताउनु भयो । उक्त पसलबाट जुस सेवन गरेपछि उपभोक्ता बिरामी भएको जनगुनासोका आधारमा आज (मंगलबार) कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी बरालको नेतृत्वमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा पसलमा अत्यधिक… पुरा पढौ

पोखरा बसपार्कको विषयमा सांसद पौडेल र मेयर आचार्यको फरक मत, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने गर्ने दुबैको दाबी

पोखरा, साउन १२, पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन र बहुप्रतीक्षित बसपार्क निर्माणको विषयमा कास्की–२ का प्रतिनिधिसभा सदस्य उत्तम पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच दृष्टिकोणमा फरकपन सार्वजनिक रूपमा देखिएको छ । दुवै पक्षले सुकुम्बासीको हित र कानुनी व्यवस्थापनलाई आफ्नो प्राथमिकता भएको बताउनु भएको छ , तर समाधानको प्रक्रिया र कार्यान्वयनको विधिमा भने फरक धारणा व्यक्त गर्नु भएको छ । सांसद पौडेलले बसपार्क क्षेत्रमा स्थानीयसँगको भेटघाटका क्रममा वास्तविक सुकुम्बासीलाई नआत्तिन आग्रह गर्दै केही महिनाभित्र घर–घरमा लालपूर्जा वितरणको… पुरा पढौ

पर्वत समाज जापानद्धारा पत्रकार रमेश पौडेल सम्मानित

पोखरा, साउन १२, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवं रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेललाई जापानमा रहेका पर्वतबासीहरूको संस्था पर्वत समाज जापानले सम्मान गरेको छ । ग्लोबल मिडिया सम्मेलनमा सहभागी हुन जापान पुग्नुभएका अध्यक्ष पौडेलसँगै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव बैकुण्ठ पराजुली, केन्द्रीय सदस्य छविलाल तिवारी तथा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललाई पनि सम्मान गरिएको हो । सम्मान कार्यक्रममा गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानका अध्यक्ष सुभास लामिछानेले प्रवासी नेपालीलेआर्जन गरेका सीप, ज्ञान र अनुभवलाई नेपालको विकाससँग जोड्न… पुरा पढौ

पोखराका सामुदायिक सहित निजी अस्पतालका इमर्जेन्सी बाहेक सबै सेवा ठप्प, सेवाग्राही मर्कामा

दीननाथ बराल,पोखरा, साउन १२, वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवादका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा भएको तोडफोड तथा त्यसपछिका घटनाको विरोधमा नेपाल चिकित्सक संघले घोषणा गरेको देशव्यापी आन्दोलनअन्तर्गत मंगलबार पोखरा तथा कास्कीका सरकारी, सामुदायिक र निजी अस्पतालमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सम्पूर्ण सेवा बन्द भएका छन्। ओपीडी, नियमित स्वास्थ्य परीक्षण तथा अन्य गैर–आकस्मिक सेवा ठप्प हुँदा उपचारका लागि बिहानै अस्पताल पुगेका हजारौँ सेवाग्राही मर्कामा परेका हुन् । नेपाल चिकित्सक संघ गण्डकीका अध्यक्ष डा.सुनिल पनेरुले नेपाल… पुरा पढौ

पर्यटकमैत्री क्यू आर सेवा शुभारम्भ ः पोखरामा पर्यटन सुरक्षा र व्यवस्थापनलाई प्रविधिसँग जोड्ने अभियान

दीननाथ बराल, पोखरा, ११ साउन, पर्यटनको राजधानि पोखरामा पर्यटकमैत्री क्यू आर सेवा शुभारम्भ भएको छ । पोखरा पर्यटन परिषद् र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयुक्त आयोजनामा विभिन्न पर्यटन संवद्ध संघ संस्थाको सहकार्यमा उक्त अभियान सुरु भएको प्रदेश प्रहरीले जनाएको छ । पोखरामा पर्यटन सुरक्षा र व्यवस्थापनलाई प्रविधिसँग जोड्ने अभियान सोमबारबाट सुरु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीले बताउनु भयो । यसै क्रममा डिआइजी जिसीले पर्यटकमैत्री क्यू आर सेवा स्क्यान गरी पर्यटकमैत्री सूचना प्रणालीको औपचारिक… पुरा पढौ

नेपालमा भिदा स्कुटरको बिक्री सुरु

पोखरा, साउन, भारतीय दुईपांग्रे निर्माता हिरो मोटोकर्प अन्तर्गतको विद्युतीय सवारी ब्रान्ड ‘भिदा’ ले नेपाललाई आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रुपमा रोज्दै औपचारिक रुपमा बिक्री सुरुवात गरेको छ । कम्पनीले नेपालमा विद्युतीय स्कुटर भिदा भिएक्स २ इभीओटर सिरिज तथा युवा लक्षित विद्युतीय अफ–रोड मोटरसाइकल पनि सार्वजनिक गरेको हो। कम्पनीका अनुसार नेपालमा भिदाको उत्पादन सीजी मोटर्स (चौधरी ग्रुप) मार्फत बिक्री वितरण गरिनेछ। हिरो मोटोकर्पले भारतबाहिर पहिलो पटक यो ब्रान्ड विस्तार गरेको जनाएको छ । दुवै स्कुटरमा निकाल्न मिल्ने ब्याट्री, फास्ट चार्जिङ, घरमै सामान्य… पुरा पढौ

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार सुनिश्चित गर्न राजनीतिक प्रतिनिधित्व अपरिहार्य (भिडियो सहित)

पोखरा, १० साउन, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार, सामाजिक समावेशीकरण र राजनीतिक सहभागितालाई संस्थागत गर्न राज्यका सबै संरचनामा अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। समावेशी मञ्च नेपालको आयोजनामा, मायाको पहिचान नेपाल, लिड नेपाल तथा राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक महासङ्घको साझेदारी तथा एक्शनएड नेपाल र युरोपेली युनियनको आर्थिक सहयोगमा आज (आइतबार) पोखरामा आयोजित “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार एवं सामाजिक समावेशीकरण प्रवर्द्धन” विषयक एकदिने कार्यशालामा वक्ताहरूले समान अधिकार र समावेशी लोकतन्त्रका लागि सबै समुदायको सहभागिता आवश्यक… पुरा पढौ

फिर्केखोलाको केही भाग पुनः हटाउन नागरिक समाजको माग, भोट बैंकको रूपमा कसैलाई संरक्षण नगर्न नागरिक अगुवा पौडेलको आग्रह (भिडियो सहित)

दीननाथ बराल,पोखरा, १० साउन, पोखराको प्रायः मध्यभाग भएर बगेको फिर्केखोला अतिक्रमणमुक्त बनाउने अभियान बीचमै रोकिएको भन्दै नागरिक समाजले बाँकी रहेका अवैध संरचना तत्काल हटाउन पोखरा महानगरपालिकासँग माग गरेको छ। वातावरण संरक्षणका लागि महाअभियान कास्कीले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै फिर्केखोला खोलाघरमा रहेका सबै अवैध संरचना हटाएर पैदलमार्ग र साइकल लेनसहितको हरित करिडोर निर्माण गर्नुपर्नेमा जोड दिएको हो। https://www.youtube.com/watch?v=cPp_HqeIfSg&t=3s अभियानका संयोजक तथा नागरिक अगुवा रामबहादुर पौडेलले फिर्केखोला अतिक्रमण हटाउने क्रममा महानगरपालिकाले सुरुवातमा देखाएको सक्रियता सकारात्मक भए पनि अन्तिम चरणमा आएर प्रभावशाली… पुरा पढौ