जिवनशैली पत्रिका

कुमुदिनी होम्समा नेपाली भाषा कौशल प्रतियोगिता

पोखरा, पोखरा महानगरपालिका वडा नं।४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रवार वार्षिक कार्यतालिकाअनुसार अन्तरसदनात्मक नेपाली भाषा कौशल प्रतियोगिता सम्पन्न भएको छ। आधारभूत तह अन्तर्गतको कार्यक्रम आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लालीगुराँस सदनका आदित्य खत्री कक्षा ८ (ख), आयुषा लामा कक्षा ८ (क), आविष्कार लामिछाने कक्षा ६ (ख) र सिजन लम्साल कक्षा ७ (क) को समूह प्रथम भएका छन् । कुमारी सदनका श्रीयांश द्विवेदी कक्षा ८ (ख), चाहना आचार्य कक्षा ८… पुरा पढौ

पोखरा–२२ पुम्दी भुम्दीमा दोश्रो कोदो दिवसको अवसरमा शनिबार विभिन्न कार्यक्रम हुने

दीननाथ बराल,पोखरा १५, साउन, पोखरा–२२ (पुम्दी—भुम्दी) को कोदीमा भोलि (शनिबार) दोस्रो कोदो दिवसको अवसरमा विभिन्न कार्यक्रम हुने भएको छ । कोदो खेतीको प्रवद्र्धन, स्थानीय उत्पादनको संरक्षण तथा पोषणयुक्त खाद्यान्नको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका–२२ को कोदीमा शनिबार दोस्रो कोदो दिवस भव्य रुपमा मनाउने तयारी गरिएको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखराक्लिकलाई बताउनु भयो । उक्त अवसरमा १० प्रकारका कोदोका परिकार प्रदर्शनी गरिने भएको छ भने कोदो बिक्रि समेत हुने भएको उहाँले जनाउनु भयो । पुम्दी–भुम्दी कृषि सहकारी… पुरा पढौ

कास्कीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षले सक्रिय भूमिका निर्वाह गर्ने निर्णय

दीननाथ बराल,पोखरा, १५ साउन, कास्कीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षले सक्रिय भूमिका निर्वाह गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले आज (शुक्रबार) पोखरामा आयोजना गरेको धार्मिक तथा सामाजिक सद्भाव सुदृढ बनाउन सर्वपक्षीय समन्वय बैठकमा सरोकारवाला निकायले कास्कीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धत्ता जनाएका हुन् । कास्कीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय बैठकबाट चारबुँदे निर्णय गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षतामा शुक्रबार सम्पन्न… पुरा पढौ

प्रदेश प्रमुखबाट पुनर्विचारका लागि फिर्ता गरिएको गाँजा खेतीसम्बन्धी विधेयक प्रदेश सभाबाट पुनः हुबहु पारित

दीननाथ बराल,पोखरा, साउन १५, गण्डकी प्रदेश सभाले प्रदेश प्रमुखबाट पुनर्विचारका लागि सन्देशसहित फिर्ता गरिएको औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयक पुनः कुनै संशोधन नगरी हुबहु पारित गरेको छ । आज (शुक्रबार) बसेको प्रदेश सभाको बैठकले सबै दलको समर्थन सहित विधेयक सर्वसम्मत रूपमा पारित गरेको प्रदेश सभा सचिवालयले जनाएको छ । प्र्रदेश प्रमुख डिल्लीराज भट्टले संघीय कानुनसँग बाझिएको भन्दै तीन बुँदे सन्देशसहित यही साउन ८ गते प्रदेश सभामा फिर्ता पठाएको विधेयकलाई प्रदेश सभाले आफ्नो… पुरा पढौ

गण्डकीमा सामाजिक सुरक्षा कोषमा आबद्धता बढ्दो, एक वर्षमा १,३०७ रोजगारदाता र ३३ हजारभन्दा बढी योगदानकर्ता थपिए (भिडियो सहित)

दीननाथ बराल, पोखरा, गण्डकी प्रदेशमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजनाप्रति आकर्षण बढ्दै गएको छ । गत आर्थिक वर्षमा मात्रै प्रदेशभर १ हजार ३ सय ७ वटा रोजगारदाता (संघ–संस्था तथा प्रतिष्ठान) सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् । https://www.youtube.com/watch?v=2vv8bTgphzg&t=5s त्यसै गरी प्रदेशमा ३३ हजार ३ सय ३३ जना नयाँ योगदानकर्ता कोषमा आबद्ध भएको सामाजिक सुरक्षा कोष, सम्पर्क कार्यालय पोखराका प्रमुख डि.पी. सुन्दर पराजुलीले बताउनु भयो । पछिल्लो समय रोजगारदाता र श्रमिक दुवैमा सामाजिक सुरक्षा योजनाप्रतिको विश्वास बढ्दै जाँदा कोषमा आबद्ध… पुरा पढौ

लायन्स क्लब अफ पोखरा बाराही टाउनको ३ दिने हस्तकला सम्बन्धि तालिम सम्पन्न

पोखरा, लायन्स क्लब अफ पोखरा बाराही टाउनको ३ दिने हस्तकला तालिमको सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रीक्ट ३२५ आइका डिस्ट्रीक्ट चिफ एडभाइजर लायन रिशी गिरिको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको हो । कार्यक्रममा डिस्ट्रीक्ट एसिस्टेन चिफ एडभाइजर लायन शान्ता थापा, डिस्ट्रीक्ट एसिस्टेन चिफ एडभाइजर लायन सुर्य नारायण बराल, डिस्ट्रीक्ट एडमिनिस्टेटर लायन युवाराज खनाल र डिस्ट्रीक्ट कोर्डिनेटर भोकेसनल ट्रेनिङ्गका चिफ लायन सोनि तामाङ्ग सहित सिमल टुडा टोल बिकास समुहका अध्यक्ष भक्त राज रसाइली, पुन्य भुमी आमा समुहका अध्यक्ष मिना… पुरा पढौ

नेपालमै पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित वेलनेस ब्राण्ड बन्यो ट्रन्क्यूलिटी स्पा

पोखरा, नेपालको वेलनेस तथा स्पा क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै ट्रन्क्यूलिटी स्पा प्रालिले आईएसओ ९००१ः२०१५ गुणस्तर व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै ट्रन्क्यूलिटी स्पा नेपालकै पहिलो तथा एकमात्र आईएसओ ९००१ः२०१५ प्रमाणित स्पा तथा वेलनेस ब्राण्ड बनेको कम्पनीले जनाएको छ । यो प्रमाणपत्र युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट प्रदान गरिएको हो। यूआरएस युकेएएस र आईएएफ बाट मान्यता प्राप्त विश्वव्यापी प्रमाणीकरण निकाय हो। प्रमाणपत्रले कम्पनीले प्रदान गर्दै आएका सम्पूर्ण वेलनेस तथा ब्युटी सेवामा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली… पुरा पढौ

सरकार र नेपाल चिकित्सक संघबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता, बिहीबारबाट देशभर अस्पतालका नियमित सेवा पुनः सुचारु हुने

दीननाथ बराल,पोखरा, साउन १३, सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशव्यापी आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। सहमतिसँगै बिहीबारदेखि देशभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालमा आकस्मिकसहित सबै नियमित स्वास्थ्य सेवा पुनः सुचारु हुने भएको संघले पोखराक्लिकलाई जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज (बुधबार) स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसँगै गृह, कानुन तथा उद्योग मन्त्रालयका उच्च अधिकारी र नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको गहन छलफलपछि पाँच बुँदे सहमति भएको जनाएको छ । सहमतिसँगै नेपाल चिकित्सक संघले आन्दोलन स्थगित गर्दै… पुरा पढौ

पोखरा प्रज्ञा–प्रतिष्ठानको कुलपति सरस्वती प्रतीक्षा सहितको टिमलाई मेयर धनराज आचार्यद्वारा नियुक्तिपत्र प्रदान, प्रतिष्ठानलाई सिर्जनात्मक केन्द्रका रूपमा विकास गर्छौं ः कुलपति प्रतीक्षा

दीननाथ बराल, पोखरा, १३ साउन, पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा–प्रतिष्ठानको नयाँ नेतृत्व चयन गर्दै कवि तथा उपन्यासकार सरस्वती लालचन ‘प्रतीक्षा’ लाई कुलपतिमा नियुक्त गरेको छ । बुधबार पोखराका मेयर धनराज आचार्यले नवनियुक्त पदाधिकारीलाई नियुक्तिपत्र प्रदान गर्दै प्रतिष्ठानलाई पोखराको कला, साहित्य, भाषा र संस्कृतिको समृद्धिका लागि प्रभावकारी संस्थाका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।, प्रतिष्ठानको उपकुलपतिमा कला तथा साहित्यकर्मी तिलक पुर्जा पुन मगर तथा सदस्य–सचिवमा लोकगीत तथा संगीतकर्मी जीवन दाहाल नियुक्त हुनुभएको छ । प्रज्ञा परिषद् सदस्यमा फाइन आर्टबाट हरेराम जोजेजु,… पुरा पढौ

पोखरामा प्रोटोन ईमास ५ बिक्रि वितरण सुरु, एकै दिनमा ३० वटा गाडी बुकिङ (भिडियो सहित)

दीननाथ बराल,पोखरा, १३ साउन, पोखरामा प्रोटोन ईमास ५ बिक्रि वितरण सुरु भएको छ । नेपालका लागि प्रोटोन सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो आधिकारिक बिक्री साझेदार स्क्वायर अटोमोबाइल्स प्रालिसँगको सहकार्यमा पोखरास्थित बुद्धचोकको शोरुमबाट नयाँ विद्युतीय बहुउपयोगी सवारी ‘प्रोटोन ईमास ५’ (कम्प्याक्ट इलेक्ट्रिक एसयूभी) सार्वजनिक गरेको छ । https://www.youtube.com/watch?v=kMivIrZfP_g&t=10s कम्पनीका अनुसार नेपालमा प्रोटोन ब्रान्डअन्तर्गत भित्रिएको दोस्रो विद्युतीय सवारीका रूपमा ‘ईमास ५ आधुनिक जीवनशैली र दैनिक यात्रालाई अझ सहज, बुद्धिमत्तापूर्ण र दिगो बनाउने उद्देश्यका साथ नेपाली बजारमा ल्याइएको हो । पहिलो… पुरा पढौ