चिनको सांघाई अटो एक्स्पोमा सहभागी हुने सहभागी को बिदाइ

-


     पोखरा क्लिक     
     श्रावण १७ गते २०८३ मा प्रकाशित


चीनको सांघाईमा हुने अटो एक्स्पोमा सहभागी हुन नेपालबाट ३० जनाको टोली रहेको छ । चार दिनसम्म चल्ने एक्स्पोमा अटो क्षेत्रमा आएको आमूल परिवर्तनलाई नजिकबाट नियाल्न र त्यसको मर्मत सम्भार सम्बन्धी तालिम लिन पोखराका २२ जना सहित देशभरका ३० जना अटो मेकानिक्सहरु सोमबार त्यसतर्फ जाने लागेका हुन् ।

एपेस सोर्सिङ एण्ड म्याचिङ कन्फरेन्स–२०२६ को निमन्त्रणामा त्यहाँ हुने एक्स्पोमाको सहभागी हुन नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको नेतृत्वमा गण्डकी अटो मेकानिक्स बकस एसोसिएसन को को बिदाइ गरिएको छ। ८० देशका सहभागी हुने एक्स्पोमा १ हजार ७ सय गाडी कम्पनी सहभागी हुने बताइयको छ।

सोमबार को उडानबाट चीन प्रस्थान गर्ने टोलीलाई आईतबार पोखराबाट विदाई गरिएको छ । पोखराबाट जाने टोलीलाई गण्डकी अटो मेकानिकल्स एशोसियसनका कार्यबाहक अध्यक्ष नबराज सुनार , पुर्ब अध्यक्ष सनत कुमार भट्टराई , सल्लाहकार सानुमान जलारी सल्लाहकार कृष्ण बहादुर थापालगायतले माला र खादा लगाएर विदाई गरे । एघार दिने भ्रमणमा जाने टोलीले सांघाई एक्स्पोमा एकहप्तासम्म अटो क्षेत्रमा आएको आमूल पविर्तनलाई नजिकबाट नियाल्नेछन् । हाल अटोमोवाइल क्षेत्रमा आएको नवीनतम अटोमोवाइल प्रविधि, उपकरण र उत्पादनको अवलोकनसँगै त्यसको पार्टपूर्जा र मर्मतसम्भारलगायतबारे तालिम लिने नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार तालिममा ५ फरक विधामा ६÷६ जनाले तालिम लिनेछन् । जस अनुसार इभी वायरिङ, इन्जिन, पाट्र्स, पम्प इन्जिन, टर्बो र बडी मेकानिक सम्बन्धी तालिम सम्बन्धित मेकानिक्सहरुले लिनेगरी समूह विभाजन गरिएको छ । उनले भने,‘जसले जे जानेको छ, त्यसलाई त्यहि सम्बन्धि तालिम लिनेगरी समूह बनाएका छौं ।’

तालिम नेपाल र नेपाली मेकानिक्सका लागि महत्वपूर्ण रहेको गण्डकी अटो मेकानिक्स एशोसियसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताए । ईभी गाडीमा अहिले आमूल परिवर्तन आएको छ, उनले भने,‘त्यसलाई हामीले जानेसम्म मर्मतसम्भार गर्दै आएका छौं तर अब सिकेर आएपछि झन् त्यसको सदूपयोग गर्नेछौं ।’ टोलीले छेन्दुस्थित एसआरएम गाडी उत्पादन कारखाना तथा चीनका व्यवस्थित अटो सेवा केन्द्र ९अटोल्यान्ड०को समेत अध्ययन भ्रमण गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए । । नेपालसहित अन्य ५० देश का खाने, बस्ने र तालिममा लाग्ने खर्च मात्रै आयोजकले बेहोर्नेछ । नेपालबाट गएको टोलीले पनि आवतजावतमा लाग्ने हवाई यातायात खर्च बेहोर्नुपर्ने छ ।सहभागीले विभिन्न विषय मा प्रस्तुति रहने नेपाल अटो मेकानिक्स व्यवसायिक माहसंघ का बरिस्ठ उपाध्यक्ष कुल बहादुर नेपाली ले बताए । सहभागिता प्रति व्यक्ति दुई लाख भन्दा बढी खर्च स्वम सहभागीले तिरे का छ्न । तालिममा सहभागीताका लागि सहयोग गर्न पोखरा महानगरपालिकादेखि गण्डकी प्रदेश सरकारलाई गुहार्दा पनि सहयोग नपाएको अध्यक्ष अधिकारीले बताए ।

बिदाइ कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपालीले चीन भ्रमण नेपाली अटोमेकानिकल क्षेत्रका लागि महत्वपूर्ण अवसर भएको बताए । ‘हामी आधुनिक प्रविधि र कार्यशैली सिकेर त्यसलाई नेपालमा प्रयोग गर्नेछौँ । यसबाट अटोमेकानिकल क्षेत्र थप व्यावसायिक र प्रतिस्पर्धी बन्न सहयोग हुने कार्यबाहक अध्यक्ष सुनार ले बताए । संस्थाका सल्लाहकार कृष्ण थापाले भ्रमणलाई केवल अवलोकनमा सीमित नराखी ज्ञान, सीप र प्रविधि आर्जन गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरे । बिदाइ कार्यक्रम सन्चालन मिडिया सहयोगी सुर्य सिकारु ले गरेका थिए ।