जिवनशैली पत्रिका

पोखरामा सोमबार करिब ४ हजार ग्यास सिलिण्डर वितरण हुने केहीको नाम सहित

दीननाथ बराल, पोखरा, २४ साउन, पोखरा क्षेत्रमा भोलि (सोमबार) करिब ४ हजार एलपी ग्यास सिलिण्डर वितरण हुने भएको छ । भारतबाट आइतबारसम्म नयाँ ग्यास बुलेट नेपाल भित्रिन नसकेपछि शक्ति, गृहलक्ष्मी, साई बाबा र भानु ग्यासका गरी करिब ४ हजार सिलिण्डर बजारमा बिक्रि वितरण हुने भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पोखराक्लिकलाई बताउनुभयो । आइतबारको तुलनामा सोमबार ग्यासको आपूर्ति करिब आधा घट्ने भएकाले उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न प्रशासनले आग्रह गरेको छ । सोमबार गृहलक्ष्मी ग्यासका करिब… पुरा पढौ

सामुदायिक वन दिवसः रातोपैह्रा वनमा २५० बाँसका विरुवा रोपियो

पोखरा, २४ साउन, सामुदायिक वन दिवसको उपलक्ष्यमा पोखरा १७ स्थित रातोपैह्रा सामुदायिक वन क्षेत्रमा बृक्षारोपण कार्यक्रमको आयोजना गरियो । सो अवसरमा वन क्षेत्रको भिरालो पाखोमा २५० वटा बाँसका विरुवा रोपिएको हो । पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले बाँसको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै मानव जीवनको हरेक सुख, दुःखमा बाँसको महत्व रहेको बताउनुभयो । पोखरा १७ मा रातोपैह्रा र कालजरुवा दुईवटा सामुदायिक वन समुह रहेको उल्लेख गर्दै उहाँले चितवन जिल्लाबाट एक लाख रुपैयाको लागतमा खरिद गरिएका ५०० बाँसका विरुवा… पुरा पढौ

लायन्स क्लब अफ पोखरा पेन्गुइनद्वारा गुरुकुलका बटुकलाई खाद्यान्न, कपडा वितरण

पोखरा, लायन्स क्लब अफ पोखरा पेन्गुइनको आयोजनामा पालुङटार नगरपालिका–७, चुँदीघाट, च्याङ्ली, गोरखास्थित ॐकार आयुर्वेद योग गुरुकुलमा अध्ययनरत बटुकहरूलाई खाद्यान्न, कपडा तथा जुत्ता–चप्पल वितरण गरिएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा गुरुकुलमा अध्ययनरत बटुकहरूलाई आवश्यक खाद्यान्न सामग्री, कपडा तथा जुत्ता–चप्पल वितरण गर्नुका साथै गुरुकुल परिसरमा वृक्षारोपण कार्यक्रम समेत गरिएको क्लवले जनाएको छ । कार्यक्रममा पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेले क्लवले सामाजिक क्षेत्रमा यस्ता कार्यक्रम गाँउ गाँउमा गर्नु प्रशंसनीय भएको बताउनु भयो । अध्यक्ष लायन शुशिल सापकोटाले क्लवले विगतका बर्षदेखि यस्ता सामाजिक कार्य… पुरा पढौ

आजदेखि पोखराका खुद्रा पसलबाटै ग्यास वितरण हुदै, बजारमा ७ हजार भन्दा बढी सिलिण्डर आउने तयारी

दीननाथ बराल, पोखरा, २४, साउन, पोखरामा केही दिनयता देखिएको खाना पकाउने एलपी ग्यासको अभाव कम गर्न प्रशासनले वितरण प्रणालीलाई थप सहज बनाएको छ । अब आज (आइतबार) देखि उपभोक्ताले मुख्य डिलर वा डिपोमा लामो लाइन बस्नुपर्ने बाध्यता हटाउँदै आफ्नै नजिकका अधिकृत खुद्रा तथा किराना पसलबाटै ग्यास खरिद गर्न पाउने भएका छन् । पोखरा क्षेत्रका सबै अधिकृत ग्यास खुद्रा पसलबाट ग्यास बिक्री गर्ने गरी व्यवस्था मिलाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनु भयो । शनिबार ग्यास डिपो तथा बिक्री… पुरा पढौ

कृषि क्षेत्रको विकासका लागि लेखनाथमा अन्तरक्रिया

लेखनाथ, २३ साउन, लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा कृषि क्षेत्रको विकास, उत्पादनको बजारीकरण तथा किसानका समस्या समाधानका विषयमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पोखरा महानगरपालिकाका वडा नं. २६ देखि ३३, रूपा गाउँपालिका र मादी गाउँपालिकाका कृषि सञ्जालमा आबद्ध पदाधिकारी तथा कृषकहरूको सहभागितामा कार्यक्रम गरिएको हो। आगामी असोजदेखि फ्लाई दुबईको नियमित उडान सुरु हुने सन्दर्भमा कास्कीमा उत्पादित कृषि वस्तुलाई खाडी मुलुकसम्म पु¥याउने सम्भावना र बजार विस्तारका विषयमा समेत छलफल गरिएको थियो। कार्यक्रममा स्थानीय कृषि उत्पादनको बजार सुनिश्चित गर्ने, प्रशोधन उद्योग… पुरा पढौ

पोखरा रङ्गशालामा फोनिज कास्कीद्वारा वृक्षरोपण

पोखरा, साउन २३, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले २७औँ फोनिज स्थापना दिवस तथा ३२औँ विश्व आदिवासी दिवसको अवसरमा पोखरा रङ्गशाला परिसरमा वृक्षरोपण गरेको छ । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको हरियाली तथा वृक्षरोपण अभियानमा ऐक्यबद्धता जनाउँदै फोनिज कास्कीले शनिबार वृक्षरोपण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले वृक्षरोपणले वातावरण संरक्षणसँगै पोखरा रङ्गशालाको सौन्दर्य अभिवृद्धिमा सहयोग पुग्ने बताउनुभयो । उहाँले फोनिज स्थापना दिवस तथा विश्व आदिवासी दिवसको शुभकामना व्यक्त गर्नुहुदै खेलकुद… पुरा पढौ

समावेशी टोल विकास संस्थाको अध्यक्षमा पाण्डे

पोखरा, पोखरा १४ चाउथेस्थित समावेशी टोल विकास संस्थाको अध्यक्षमा रामप्रसाद पाण्डे सर्वसम्मत चयन भएका छन् । संस्थाको १२ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो । संस्थाको संस्थापक सदस्य पाण्डेले दुई कार्यकाल सदस्य र दुई कार्यकाल कोषाध्यक्ष भएर काम गरिसकेका छन् । संस्थाको उपाध्यक्षमा शान्ति परियार, सचिवमा प्रेमनारायण न्यौपाने, कोषाध्यक्षमा संगीता अर्याल पौडेल चयन भएका छन् । सदस्यमा जीवन जिसी, लक्ष्मी खतिवडा, मीना थापा, भगवती भट्टराई, सरिता पाण्डे, प्रज्ज्वल कोइराला र विवेक श्रेष्ठ छन्् ।… पुरा पढौ

पोखरामा टीभीएसको नयाँ ईभी स्कुटर ‘अर्बिटर’ सार्वजनिक २ लाख ८१ हजार मुल्य, १५८ किलोमिटर रेन्ज

पोखरा, टीभीएस मोटर कम्पनीले पोखरामा आफ्नो नयाँ विद्युतीय स्कुटर ‘टीभीएस अर्बिटर’ सार्वजनिक गरेको छ। टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले पोखरामा शनिबार साँझ एक कार्यक्रम आयोजना गरी बहुप्रतीक्षित अर्बिटर सार्वजनिक गरेको हो। दैनिक सहरी यात्रालाई सहज, स्मार्ट र दिगो बनाउने उद्देश्यले डिजाइन गरिएको अर्बिटरले १५८ किलोमिटरको प्रभावशाली एआरएआई रेन्ज, क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, ३४ लिटरको बुट स्पेस तथा उन्नत कनेक्टेड फिचर उपलब्ध गराउने कम्पनीले पोखराक्लिकलाई जनाएको छ। उद्योगमै पहिलो १४ इन्चको फ्रन्ट ह्विल प्रयोग गरिएको… पुरा पढौ

सहारा एकेडेमीका युवा खेलाडीको सहयोगार्थ पोखरामा हाइकिङ, १५० जनाको नाम दर्ता

दीननाथ बराल,पोखरा, २३ साउन, पोखरामा स्वास्थ्य, पर्यटन र सामाजिक सेवाको सन्देशसहित ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ आयोजना हुने भएको छ। पोखरा महानगरपालिका–९ को कार्यालयको समन्वय तथा सहारा क्लब पोखराको आयोजनामा यही साउन ३० गते उक्त हाइकिङ आयोजना गर्न लागिएको क्लवले पोखराक्लिकलाई जनाएको छ । हाइकिङ कार्यक्रम आउदो शनिबार पोखरा–९ स्थित फल्चाबाट बिहान करिब ७ बजे सुरु भई पर्यटकीय क्षेत्र काहुँडाँडासम्म पुग्नेछ। प्रकृतिसँग रमाउँदै शारीरिक व्यायाम गर्ने अवसरसँगै सामाजिक सेवामा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्लवका अध्यक्ष केशव बहादुर थापाले… पुरा पढौ

कुमुदिनी होम्समा कविता वाचन सम्पन्न

पोखरा, पोखरा महानगरपालिका वडा नं.४ मा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा क्रियाशील कुमुदिनी साहित्य कुञ्जद्वारा आयोजित कविता प्रतियोगिता शुक्रवार विद्यालयमा सम्पन्न भएको छ । साहित्य कुञ्जका अध्यक्ष कक्षा ११ विज्ञान संकायका प्रतीक पौडेलको अध्यक्षतामा सम्पन्न माध्यमिक तह अन्तर्गतको कविता प्रतियोगितामा कक्षा १२ विज्ञान संकायका सन्दिप अधिकारी प्रथम, कक्षा ९(क) का एशव परियार द्वितीय, कक्षा ९(ग) की आरुषी रायमाझीले तृतीय स्थान हासिल गरेका छन् भने कक्षा १२ विज्ञान संकायकी नम्रता अधिकारी र कक्षा १०(ख) का दिपेश राना मगरले सान्त्वना स्थान हासिल… पुरा पढौ