
पोखरा,
टीभीएस मोटर कम्पनीले पोखरामा आफ्नो नयाँ विद्युतीय स्कुटर ‘टीभीएस अर्बिटर’ सार्वजनिक गरेको छ। टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले पोखरामा शनिबार साँझ एक कार्यक्रम आयोजना गरी बहुप्रतीक्षित अर्बिटर सार्वजनिक गरेको हो। दैनिक सहरी यात्रालाई सहज, स्मार्ट र दिगो बनाउने उद्देश्यले डिजाइन गरिएको अर्बिटरले १५८ किलोमिटरको प्रभावशाली एआरएआई रेन्ज, क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, ३४ लिटरको बुट स्पेस तथा उन्नत कनेक्टेड फिचर उपलब्ध गराउने कम्पनीले पोखराक्लिकलाई जनाएको छ।

उद्योगमै पहिलो १४ इन्चको फ्रन्ट ह्विल प्रयोग गरिएको अर्बिटरले स्थिरता, आराम र सवारी नियन्त्रणमा सुधार ल्याउने कम्पनीको दाबी छ। आधुनिक डिजाइन, उन्नत एरोडाइनामिक दक्षता र उपयोगितालाई प्राथमिकता दिइएको यो स्कुटर सहरी यात्रुलाई लक्षित गरिएको हो।
आकर्षक डिजाइन र आरामदायी यात्रा
टीभीएस अर्बिटरमा आधुनिक, आकर्षक र उद्देश्यपूर्ण डिजाइनलाई प्राथमिकता दिइएको छ। यसको ७५६ मिलिमिटर लामो फ्ल्याटफर्म सिटले चालक र पछाडि बस्ने यात्रु दुवैलाई आराम प्रदान गर्ने जगदम्बा मोट्र्सको आधिकारीक बिक्रेता स्क्वायर मोटर्सका अध्यक्ष आर्दशमान श्रेष्ठले बताए । इभि क्षेत्रमा आफुहरुले राम्रो बजार विस्तार गर्ने भएको जनाए ।
त्यस्तै, ३७५ मिलिमिटरको स्ट्रेट–लाइन फुटबोर्डले पर्याप्त लेगरूम उपलब्ध गराउँछ। फराकिलो तथा ठाडो एर्गोनोमिक ह्यान्डलबारले सहज आसन र नियन्त्रणमा सहयोग पुर्याउँछ।अर्बिटरमा ३४ लिटरको अन्डर–सिट स्टोरेज रहेको छ, जसमा दुईवटा हेल्मेटसमेत राख्न सकिने कम्पनीको दाबी छ।
१५८ किलोमिटर रेन्ज
टीभीएस अर्बिटरमा ३।१ किलोवाट–घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले एकपटकको चार्जमा १५८ किलोमिटरसम्मको एआरएआई रेन्ज प्रदान गर्छ। उन्नत एरोडाइनामिक डिजाइनका कारण ऊर्जा दक्षता र स्थिरता सुधार हुने कम्पनीको भनाइ छ। १४ इन्चको फ्रन्ट ह्विल र डायनामिक रियर कन्फिगरेसनको संयोजनले सहरी सडकमा राम्रो ग्रिप, सटीक ह्यान्डलिङ र आत्मविश्वासी म्यानुभरिङ प्रदान गर्ने दाबी गरिएको छ।
स्मार्ट कनेक्टिभिटी र आधुनिक प्रविधि
अर्बिटरमा कनेक्टेड मोबाइल एप, भाइजरसहितको फ्रन्ट एलईडी हेडलाइट, इन्टिग्रेटेड इन्डिकेटरसहितको एज–टु–एज फ्रन्ट लाइट तथा कल डिस्प्लेसहितको कलर एलसीडी कनेक्टेड क्लस्टर उपलब्ध छ।
कम्पनीका अनुसार स्कुटरमा निम्न स्मार्ट फिचरहरू रहेका छन्—
दुर्घटना तथा स्कुटर ढलेको अवस्थामा अलर्ट
चोरी तथा टोइङ अलर्ट
जियो–फेन्सिङ र टाइम–फेन्सिङ
मोबाइल एपबाट ब्याट्री चार्ज र ओडोमिटरको जानकारी हेर्न सकिने सुविधा
टर्न–बाइ–टर्न स्मार्ट नेभिगेसन
डिजिटल क्लस्टरमा कल, एसएमएस तथा व्यक्तिगत अलर्ट
हिल होल्ड असिस्ट
क्रुज कन्ट्रोल
पार्किङ असिस्ट
ओटीए अर्थात् ओभर–द–एयर सफ्टवेयर अपडेट
यसमा रेन्ज र पावरका लागि दुईवटा राइडिङ मोड उपलब्ध छन्। रिजेनेरेटिभ ब्रेकिङ प्रणालीले ऊर्जा दक्षता बढाउन सहयोग गर्ने कम्पनीले जनाएको छ। अर्बिटरमा टाइम–फेन्सिङ, लाइभ लोकेसन ट्र्याकिङ, नेभिगेट–टु–भेहिकल, दुर्घटना तथा स्कुटर ढलेको अलर्ट, आपत्कालीन सूचना, जियो–फेन्सिङ, चोरी तथा टोइङ अलर्टलगायतका कनेक्टेड सुरक्षा फिचर समावेश गरिएको छ। १८७ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, इन्टिग्रेटेड इन्डिकेटरसहितको एलईडी हेडलाइट, एज–टु–एज कम्बिनेसन ल्याम्प, यूएसबी चार्जिङ पोर्ट र मजबुत बडी डिजाइनले विभिन्न सडक अवस्थामासमेत आत्मविश्वासपूर्ण यात्रा प्रदान गर्ने कम्पनीको भनाइ छ।
पोखरामा सार्वजनिक गर्दै जगदम्बा मोटर्सको प्रतिबद्धता
पोखराका लागि जगदम्बा मोटर्स प्रालिको आधिकारिक बिक्रेता स्क्वायर मोटर्सका अध्यक्ष आदर्शमान श्रेष्ठले पोखरामा टीभीएस अर्बिटर सार्वजनिक गर्न पाउँदा आफूहरू गौरवान्वित भएको बताए। उनले टीभीएसको विद्युतीय स्कुटर ‘आईक्यूब’को सफलतापछि अर्बिटरले नेपालको दुईपाङ्ग्रे विद्युतीय सवारी बजारमा कम्पनीको उपस्थितिलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे। देशव्यापी बिक्री तथा सेवा सञ्जालको सहयोगमा ग्राहकलाई उत्कृष्ट खरिद तथा स्वामित्व अनुभव प्रदान गर्दै अर्बिटरलाई सहज रूपमा ग्राहकसम्म पुर्याउन आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ थियो।
युवापुस्तालाई लक्षित डिजाइन
जगदम्बा मोटर्स प्रालिका राष्ट्रिय बिक्री प्रमुख सुशान्त आचार्यले नेपालमा अर्बिटर सार्वजनिक भएसँगै कम्पनीको विद्युतीय सवारी उत्पादन पोर्टफोलियो थप बलियो भएको बताए। ग्राहकका बदलिँदा आवश्यकता र आकांक्षालाई ध्यानमा राखेर अर्बिटर डिजाइन गरिएको उल्लेख गर्दै उनले युवापुस्तालाई आकर्षित गर्ने डिजाइनसँगै नवप्रवर्तन, गुणस्तर र शिल्पकौशललाई प्राथमिकता दिइएको बताए। उनका अनुसार अर्बिटरमा दैनिक उपयोगिता, अत्याधुनिक प्रविधि, उन्नत एरोडाइनामिक डिजाइन, आराम र सेग्मेन्टमै नयाँ मानिने प्रविधिलाई एकै ठाउँमा समेटिएको छ।
नेपालका विभिन्न सडक तथा भौगोलिक अवस्थामासमेत स्कुटरको व्यापक परीक्षण गरिएको र त्यसले निरन्तर कार्यसम्पादन तथा विश्वसनीयता प्रदान गर्ने क्षमता पुष्टि गरेको कम्पनीको दाबी छ।
विभिन्न रंगमा उपलब्ध
टीभीएस अर्बिटर नेपालमा आकर्षक विभिन्न रंग विकल्पमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अर्बिटर २लाख ८१ हजार रुपैयामा बजारमा उपलब्ध छ। टीभीएस मोटर कम्पनी टीभीएस मोबिलिटी समूह अन्तर्गतको विश्वप्रसिद्ध दुई तथा तीनपाङ्ग्रे सवारीसाधन निर्माता कम्पनी हो। भारत र इन्डोनेसियामा रहेका चार अत्याधुनिक उत्पादन केन्द्रमार्फत कम्पनीले दिगो मोबिलिटीका माध्यमबाट विद्युतीय तथा आधुनिक यातायात समाधानमा काम गर्दै आएको कम्पनीले जनाएको छ ।
विश्व बजारमा लामो समयदेखि सञ्चालनमा रहेको कम्पनीले नवप्रवर्तन, गुणस्तर र ग्राहक अनुभवलाई आफ्नो प्राथमिकतामा राख्दै आएको जनाएको छ। टीभीएसका उत्पादनहरू विभिन्न अन्तर्राष्ट्रिय बजारमा बिक्री हुँदै आएका छन्। कम्पनीले विश्वका ९० भन्दा बढी देशमा आफ्नो उपस्थिति विस्तार गरेको छ। नेपालमा टीभीएस मोटर कम्पनीका उत्पादनहरूको आधिकारिक बिक्री तथा सेवा जगदम्बा मोटर्स प्रालिले गर्दै आएको छ।





