लायन्स क्लब अफ पोखरा पेन्गुइनद्वारा गुरुकुलका बटुकलाई खाद्यान्न, कपडा वितरण

-


     पोखरा क्लिक     
     श्रावण २४ गते २०८३ मा प्रकाशित


पोखरा,

लायन्स क्लब अफ पोखरा पेन्गुइनको आयोजनामा पालुङटार नगरपालिका–७, चुँदीघाट, च्याङ्ली, गोरखास्थित ॐकार आयुर्वेद योग गुरुकुलमा अध्ययनरत बटुकहरूलाई खाद्यान्न, कपडा तथा जुत्ता–चप्पल वितरण गरिएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा गुरुकुलमा अध्ययनरत बटुकहरूलाई आवश्यक खाद्यान्न सामग्री, कपडा तथा जुत्ता–चप्पल वितरण गर्नुका साथै गुरुकुल परिसरमा वृक्षारोपण कार्यक्रम समेत गरिएको क्लवले जनाएको छ ।

कार्यक्रममा पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेले क्लवले सामाजिक क्षेत्रमा यस्ता कार्यक्रम गाँउ गाँउमा गर्नु प्रशंसनीय भएको बताउनु भयो । अध्यक्ष लायन शुशिल सापकोटाले क्लवले विगतका बर्षदेखि यस्ता सामाजिक कार्य गर्दै आएको बताउनु भयो । भोलिका दिनमा पनि यस्ता अभियान जारी राख्ने उहाँको भनाई थियो ।

कार्यक्रमले गुरुकुलमा अध्ययनरत बटुकहरूको दैनिक आवश्यकतामा सहयोग पुग्नुका साथै शिक्षा, सेवा र वातावरण संरक्षणप्रति सकारात्मक सन्देश दिएको डिष्ट्रिक्ट ३२५ आई, नेपालका रिजन चेअरपर्सन लायन गोविन्द बहादुर खड्काले बताउनु भयो । कार्यक्रममा उपस्थित भई हौसला प्रदान गर्ने पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डे तथा सम्पूर्ण लायन्स लिडरहरूप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो।