
पोखरा,
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज पर्वको अवसरमा पोखराको ठुलो व्यापारिक केन्द्र पोखरा ट्रेड मलमा रहेको बीपी एथेनिक वेयरको आज (आइतबार) एक समारोहका बिच उद्घाटन गरीएको छ । कल्पु कलेक्सन चितवनकी संचालक कल्पना पौडेल (खड्का), टिकटकर शान्ति बराल, समाजसेवी शान्ति गिरी ले संयुक्त रुपमा रिवन काटेर उक्त पसलको शुभारम्भ गर्नु भएको हो । कल्पु कलेक्सनकी संचालक खड्काले पोखराको ट्रेड मलमा संचालनमा आएको यस पसलमा युवतीहरुको आकर्षण हुने दाबी गर्नुभयो । भारतका ब्राण्डेड तथा फेसेनेवल कपडाको लागि बीपी एथेनिक वेयरमा आउन उहाँले आग्रह गर्नु भयो । संचालक विपासा पुरीलाई व्यवसायीक यात्राको शुभकामना दिदै उच्च मनोवल गरी व्यसायीक यात्रामा अघि बढ्न सुझाव दिनुभयो ।

उक्त पसल उद्घाटनको अवसरमा २५ प्रतिशत छुट हुने भएको संचालक पुरीले बताउनु भयो । आकर्षक, आधुनिक र गुणस्तरीय एथेनिक पोसाकको नयाँ गन्तव्य बनाउने उद्धेश्यले हाल उक्त पसल संचालनमा ल्याएको उहाँले बताउनु भयो । पोखराको चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मलको दोस्रो तल्लामा बीपी एथेनिक वेयर सञ्चालनमा आएको हो । बीपी एथेनिक वेयरमा भारतका प्रतिष्ठित उत्पादन कम्पनीहरूसँग प्रत्यक्ष सम्पर्क गरी आयात गरिएका ब्रान्डेड तथा गुणस्तरीय कुर्था–सुरुवाल, एथेनिक वेयर तथा नयाँ डिजाइनका पोसाकहरू उपलब्ध गराउन आफुहरु प्रतिवद्ध रहेको संचालक पुरीले बताउनु भयो । परम्परागत पहिरनसँगै आधुनिक फेसनको संयोजन खोज्नेहरुका लागि विभिन्न डिजाइन, रंग र शैलीका पोसाक रोज्नेहरुका लागि चाडपर्व तथा विशेष अवसरका लागि आवश्यक पहिरनलाई ध्यानमा राखेर उक्त पसलमा नयाँ तथा आकर्षक डिजाइनका सामग्री भित्र्याइएको सञ्चालक एवं युवा व्यवसायी सन्तोष पुरीले बताउनु भयो ।

बजारमा गुणस्तरहीन तथा नक्कली सामानको जोखिम बढिरहेका बेला बीपी एथेनिक वेयरले भने आधिकारिक ब्रान्डेड तथा गुणस्तरीय सामान मात्र बिक्री–वितरण गर्ने प्रतिबद्धता जनाएको छ। वेयरकी संचालक बिपासा पुरीका अनुसार ग्राहकले खरिद गर्ने सामानको गुणस्तरप्रति विश्वस्त हुन सकून् भन्ने उद्देश्यले आधिकारिक स्रोतबाट आयात गरिएका सामग्रीलाई प्राथमिकता दिइएको दाबी गर्नुभयो । ग्राहकको सन्तुष्टि र गुणस्तरलाई व्यवसायको मुख्य आधार बनाइएको उहाँको भनाइ छ। भदौ ७ गतेदेखि १५ गतेसम्म २५ प्रतिशतसम्म विशेष छुट दिने उहाँले जनाउनु भयो ।




