प्रथम पिसिएम कप जुनियर राष्ट्रिय टेनिसको समापन सोमबार

-


     पोखरा क्लिक     
     भाद्र ७ गते २०८३ मा प्रकाशित


गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा पोखरा कलेज अफ म्यानेज्मेण्टको प्रमुख प्रायोजनमा पोखरामा जारि प्रथम पिसिएम कप खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत १८ वर्ष मुनिको पुरुषतर्फ सन्दिप विक र शास्वत बज्राचार्य उपाधीका लागि भिड्ने भएका छन् । पोखरा रंगाशालाको टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा सन्दिपले सुरेन्द्र विकलाई ७–६, ६–३ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

त्यस्तै, शास्वतले अभिषेक विकलाई ६–३, ६–३ को सेटमा पराजित गर्दै अन्तिममा स्थान सुरक्षित बनाए । १४ वर्ष मुनि आर्यषराज पौडेल र अभिषेक बयलकोटी फाइनलमा प्रवेश गरेका छन् । आर्यषले अनमोल सार्कीलाई ६–०, ६–० ले तथा अभिषेकले सायन्स बस्नेतलाई ७–६, ७–३ को सेटमा पराजित गरेका थिए ।

गल्र्सतर्फ यु–१४ र यु–१२ दुर्वतर्फको उपाधी निम्ती कुँवरले जितेकी छन् । उनले १४ वर्ष मुनिको फाइनलमा रजिसा कुँवरलाई ६–१, ६–४ ले पराजित गरेकि थिइन् । त्यस्तै १२ वर्ष मुनिको फाइनलमा उनले बोनि म्याक्लागनबाट वाकओभर पाएकी थिइन् । गत शुक्रबारदेखि शुरु प्रतियोगितामा ८ देखि १८ वर्ष उमेर समुहमा पुरुष तथा महिलातर्फ फरक फरक सातवटा इभेन्टहरूमा प्रतिस्पर्धा भएका छन् । प्रतियोगिताको दुईवटा फाइनलसंगै समापन सोमबार पोखरा रंगशाला टेनिस कोर्टमा हुने टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए ।



This will close in 20 seconds