बुद्ध जयन्तीको अवसरमा भुवन सिंह गुरुङ र ज्याक तामाङ पोखरामा सम्मानित

-


     पोखरा क्लिक     
     वैशाख १८ गते २०८३ मा प्रकाशित


‎दीननाथ बराल,
पोखरा, १८ वैशाख,

बुद्ध जयन्तीको अवसरमा पोखरामा समाजसेवा तथा बुद्ध धर्मको प्रवर्द्धनमा योगदान पुर्‍याउनु भएका भुवन सिंह गुरुङ र ज्याक तामाङ सम्मानित हुनुभएको छ। बुद्ध जयन्ती समारोह समिति, कास्कीको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न २५७०औँ बुद्ध जयन्ती समारोहका अवसरमा उहाँहरूलाई एक विशेष कार्यक्रमबीच सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो।

कार्यक्रममा हेम्जा गुम्बाका प्रमुख दुपसिंह रिम्पोछे प्रमुख अतिथिका रूपमा उपस्थित भई सम्मान प्रदान गर्नुभएको थियो।
समारोह कार्यवाहक अध्यक्ष चन्द्र लक्ष्मी गुबाजुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

धर्मशिला बुद्ध बिहार, नदीपुरबाट सुरु भएको प्रभातफेरी पोखराका विभिन्न क्षेत्र हुँदै सभागृहमा पुगेर औपचारिक समारोहमा परिणत भएको सचिव विष्णु तामाङले पोखराक्लिकलाई बताउनु भयो । कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मानित व्यक्तित्वहरूले उक्त सम्मानले आफूहरूलाई सामाजिक तथा धार्मिक कार्यमा अझ सक्रिय बन्न प्रेरणा मिलेको उल्लेख गर्नुभयो ।