
दीननाथ बराल,
पोखरा, ११ जेठ ,
पर्यटकीय नगरी पोखरामा जोन डियर ट्याक्टरको पोखरा एसएसएस शाखा स्तरोन्नति गरेको छ । विवेक अटोमोबाइल्स प्रा. लि. अन्तर्गत सञ्चालित उक्त शाखालाई आधुनिक सेवा सुविधासहित स्तरोन्नति गरेको कम्पनीले पोखरा क्लिकलाई जनाएको छ ।

एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड तथा उपाध्यक्ष विवेक दुगडको मार्गदर्शनमा सञ्चालन भइरहेको कम्पनीले ग्राहकलाई अझ छिटो, प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले शाखा अपग्रेड गरिएको विवेक अटो मोबाइल्स पोखरा शाखाका प्रबन्धक सुनिल कुमार ठाकुरले बताउनु भयो । कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक शुभम दुगडसहित जोन डियर भारतका प्रतिनिधिहरूको उपस्थितिमा रिबन काटेर शाखाको औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा भारतबाट आएका अनुज पात्र गोसाइन, अभिमन्यु राय, सौमित्र दत्ता तथा सौरभ तिवारीको विशेष उपस्थिति रहेको थियो । पोखरामा उक्त कम्पनीका ब्राण्डहरुको अत्याधिक माग भएको उहाँले दाबी गर्नुभयो ।

कम्पनीका प्रतिनिधिहरूले आधुनिक कृषि प्रविधिलाई ग्रामीण तहसम्म विस्तार गर्दै किसानको उत्पादन क्षमता वृद्धि गर्ने तथा बिक्रीपछिको सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । हाल देशभर सञ्चालनमा रहेका २६ वटा आउटलेटमध्ये पोखरा शाखालाई विशेष रूपमा स्तरोन्नति गरिएको कम्पनीले जनाएको छ । यससँगै गण्डकी प्रदेशका ग्राहकहरूले अझ सहज, विश्वसनीय र आधुनिक सेवा प्राप्त गर्ने विश्वास कम्पनीको छ । यस अवसरमा कम्पनीले सीमित अवधिका लागि विशेष छुट योजनासमेत सार्वजनिक गरेको छ । कम्पनीका अनुसार जेन्युइन स्पेयर पाट्र्समा १० प्रतिशत छुट तथा लेबर चार्जमा शतप्रतिशत छुट प्रदान गरिनेछ । यो अफर शाखा स्तरोन्नति सम्पन्न भएको मितिबाट आगामी ७ दिनसम्म लागू हुने कम्पनीले जनाएको छ ।




