
पोखरा,
युनाईटेड क्लब पोखराको आयोजनामा बागलुङको जैमिनि नगरपालिका–१० राङखानीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ५० भन्दा बढी स्थानीय लाभान्वित भएका छन् । राङखानी स्वास्थ्य चौकी, देउरालीमा आयोजित शिविरमा इसिजी, भिडियो एक्सरे, सुगर परीक्षणसहित विभिन्न विशेषज्ञ सेवा प्रदान गरिएको थियो ।
शिविरमा २ सय ४९ जनाको इसिजी, २ सय १५ जनाको भिडियो एक्सरे तथा १ सय २३ जनाको सुगर परीक्षण गरिएको आयोजकले जनाएको छ । शिविर जैमिनि नगरपालिका वडा नम्बर १० को समन्वय तथा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर रानीपौवा पोखरा र नरहरी पोलिक्लिनिक रामबजार पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । शिविर उद्घाटन गर्दै जैमिनि नगरपालिकाका प्रमुख नरबहादुर पुनले दुर्गम गाउँमा पुगेर गाउँबासीलाई स्वास्थ्य सेवा उपलब्ध गराएकोमा युनाईटेड क्लब पोखराप्रति आभार व्यक्त गरे । वडा अध्यक्ष श्रीप्रसाद थापाले क्लबले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए ।
मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका सञ्चालक डा। सरोज पोखरेलले युनाईटेड क्लबले हरेक वर्ष दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको उल्लेख गर्दै सहभागीलाई अस्पताल सेवामा ३० प्रतिशत छुट प्रदान गरिने जानकारी दिए ।
क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सवमार्फत संकलित स्रोतलाई शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा उपयोग गर्दै आएको बताउँदै दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिइने बताए । शिविरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका अध्यक्ष वरिष्ठ सर्जन डा। आनन्द भट्टराई, एशोसियट प्रोफेसर डा। सरोज पोखरेल, रेडियोलोजिष्ट डा। रोशन पंगेनी, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा। कल्याण बराल, मनोरोग विशेषज्ञ डा। अच्युत आचार्य, महिला रोग विशेषज्ञ डा। सुन्दरी थापा, डा। प्रदिप सिग्देल, डा। शास्वत काफ्ले, डा। ग्रीष्मा सिवाकोटी, डा। सुप्रीति रायमाझी, डा। डिम्पल थापा मगर, डा। विशाल तिमिल्सिना, डा। सोफिया पौडेल र डा। कन्चन गुरुङसहितको टोलीले सेवा प्रदान गरेको थियो ।
त्यसैगरी प्राविधिकतर्फ कुशुम ठकुरी, शलिना बिक, ज्ञानु थापा, सुरक्षा परियार, आर्यन कुमार यादव, पुनम क्षेत्री, विन्दिया पुन मगर, सुजन राजभाट, रसुना शाक्य, सोनिया भण्डारी, ईश्वर शर्मा र दिनेश सिग्देलले सहजीकरण गरेका थिए । नरहरी पोलिक्लिनीकका सञ्चालक नरहरी आचार्य, राङखानी स्वास्थ्य चौकीका इन्चार्ज राजेन्द्र थापा तथा सूचना अधिकारी टुकनाथ शर्माको समेत सक्रिय सहभागिता रहेको थियो भने क्लबका सल्लाहकार रमेश कार्की, क्लबका पूर्व अध्यक्ष सूक बहादुर गुरुङ, क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापा, द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँ, कोषाध्यक्ष जयराम आचार्य, कार्यसमिति सदस्य विष्णु कुमार गुरुङ, कार्यसमिति सदस्य पदम बहादुर कार्की९बिजय० लगायतको उपस्थिती रहेको थियो । क्लबका अध्यक्ष लोकबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तव्य तथा कार्यक्रम संयोजक विष्णु कुमार गुरुङले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव दिनेश सुनारले गरेका थिए ।



