
पोखरा,
अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले आज ९विहिबार० देखि पोखरा ९ मा आफ्नो अस्थायी टहरा र सभाहल सहित दुई कोठा भत्काउन सुरु गरेको छ । महासंघले यस कदमलाई सार्वजनिक जग्गा संरक्षण र पोखरा बसपार्क निर्माणमा सहयोग गर्ने उद्देश्यले रहेको जनाएको छ ।
अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले बालेन सरकारले व्यबस्थापन गरेर अस्थायी र सुकुम्बासी बस्ती व्यवस्थापन गर्नुपर्नेमा उल्टो बाटोमा अघि बढिरहेको आरोप लगाउँदै आएको छ। महासंघका अध्यक्ष रुद्र गौतमका अनुसार, सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बढेको महङ्गीमा जनतालाई राहत दिनुको सट्टा सुकुम्बासी बस्तीमा डोजर चलाएर घर टहरा ध्वस्त गरिरहेको छ।
गौतमले पोखरा बसपार्क निर्माणका लागि पूर्व निर्धारित २०५ रोपनी क्षेत्रफलमै परियोजना सञ्चालन हुनु पर्ने र सुकुम्बासीलाई वैकल्पिक व्यवस्थासहित मात्र स्थानान्तरण गरिनु पर्ने बताएका छन्। उनले भने, “गरीब, मजदुरको रोजीरोटीको व्यवस्था गर्ने कि घर भत्काएर लखेट्नेरु सामाजिक सुरक्षा कोषलाई अनिवार्य गरेर मजदुरको हक सुरक्षित गर्ने कि घरबार विहीन बनाउने” महासंघले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्ती खाली नगर्न पनि सरकारसँग आग्रह गरेको छ। आगामी दिनमा त्यस्तो कार्य दोहोर्याएमा दश हजार मजदुर र सुकुम्बासी डोजर लिएर सडकमा निस्कने चेतावनी समेत दिए ।
आज भत्काइएका अस्थायी टहरा र सभाहल करिब ४ रोपनी क्षेत्रमा फैलिएको थियो। महासंघले यस कदमलाई पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियान सुरु गरेको सन्दर्भमा सहयोग स्वरूप उठाएको बताएको छ।




