पोखरामा ‘मिशनयूएसए एजुकेशन कन्सल्टेन्सी’ को नयाँशाखाविस्तार

-


     पोखरा क्लिक     
     असार १० गते २०८३ मा प्रकाशित


१० असार, पोखरा,

उच्चशिक्षाकालागिविदेशजानचाहने विद्यार्थीहरूलाई गुणात्मक परामर्श सेवाप्रदानगर्दै आएको प्रतिष्ठित संस्था ‘मिशनयूएसए एजुकेशन कन्सल्टेन्सी (प्रा.) लि.’ ले पोखरामाआफ्नो नयाँशाखाविस्तार गरेको छ। सन् २००८ मा स्थापनाभई विगतलामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमाआफ्नो बलियो पहिचानबनाउन सफल यस कन्सल्टेन्सीको नयाँशाखाको एक विशेष समारोहकाबीचऔपचारिक रूपमाशुभारम्भ गरेको हो।

शाखको पोखरा उद्योग वाणिज्य संघका अध्यक्षगोकर्ण कार्की, स्वतन्त्रशैक्षिक परामर्शएसोसिएसन (फेकोन) काठमाडौंका अध्यक्ष उमेश कुश्वार र फेकोन गण्डकीका अध्यक्ष सुदन बस्नेतले संयुक्त रूपमा रिबन काटेर शाखाको विधिवत् शुभारम्भ गर्नुभएको थियो। पोखरा र समग्र गण्डकी प्रदेशकाविद्यार्थीहरूकालागि यो शाखा कोशेढुङ्गा सावितहुने कार्यक्रमकावक्ताहरुले विश्वास व्यक्त गर्नुभयो। उहाँहरूले संस्थाको व्यावसायिक सफलताको कामनागर्दै पारदर्शी, गुणस्तरीय र विश्वसनीय परामर्श आजको मुख्यआवश्यकता रहेको औंल्याउनुभयो।

मिशनयूएसएका संस्थापक संजय घिमिरेका अनुसार संस्थाको यो चौथो शाखाहो। बजारको माग र विद्यार्थीहरूको सेवालाई मध्यनजर गर्दै संस्थाले आफ्नो संजाल फैलाउने क्रममापोखरामापाइला टेकेको हो। यसअघि झापामादुईवटा र काठमाडौंमा एउटा सफलतापूर्वक सञ्चालनमाआइसकेका छन् । नयाँ सञ्चालनमाआएको पोखरा शाखाको निर्देशक÷संयोजक किरण बानियाँले अमेरिकालगायतअन्य देशमापनिविद्यार्थीहरुको चाहनाअनुसार पोखरामविस्तार गरिएको बताउनुभयो । कार्यक्रममापोखरा शाखाकानिर्देशकतथाव्यवस्थापक कर्णबहादुरविक, निर्देशक सावित्री केसीले गुणस्तरिय परामर्शका लागिपोखरा आएको बताउनुभयो ।

विगत डेढ दशकभन्दालामो अनुभवबोकेको यस कन्सल्टेन्सीले विशेषगरी अमेरिका, संयुक्तअधिराज्य, अष्ट्रेलिया, क्यानडा, युरोप, जापान र भारत जस्ता प्रमुख शैक्षिकगन्तव्यहरूकालागिउच्चशिक्षा परामर्श, भिसाआवेदनतथाअन्तर्वार्ता तयारी सम्बन्धी सेवाहरू प्रदानगर्दै आएको छ। पोखरा शाखाबाट विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरका भाषा परीक्षाहरू जस्तै आईईएलटीएस र टोफेल लगायतको स्तरीय तयारी कक्षाहरूका साथै अनुभवी परामर्शदाताहरूबाट प्रत्यक्षमार्गदर्शन प्राप्त गर्न सक्नेछन्। पोखरा र आसपासका क्षेत्रकाविद्यार्थीहरूलाई आफ्नै शहरमा अन्तर्राष्ट्रिय स्तरको परामर्श सेवादिने उद्देश्यले यो शाखा सञ्चालनमाल्याइएको र यसले विद्यार्थीहरूको विदेश अध्ययनको सपनालाई सही र सुरक्षितमार्गनिर्देशन गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ।