पोखरामा गोरेटोको शाखा महानायक राजेश हमालबाट उद्घाटन (भिडियो सहित)

-


     पोखरा क्लिक     
     माघ १६ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १६, माघ,

फिल्मी जगतका महानायक राजेश हमालले उमेर छदै सिप र दक्षता हासिल गर्न पोखराका युवालाई सुझाव दिनु भएको छ । गोरेटो कन्सल्टेन्सि पोखरा शाखाको बुधबार उद्घाटन गर्दै महानायक हमालले उमेर छदै व्यक्तिले आफ्नो सिप र दक्षता हासिल गर्नु पर्नेमा जोड दिनु भएको हो ।

पोखराका केही युवा बर्ग माझ आफ्नो भनाई राख्दै उहाँले समय परिवर्तनशिल भएकोले समयमै हरेक व्यक्तिले आफु भोलि कस्तो बन्ने भन्ने बिषयमा निर्णय लिदै स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न सकिने जनाउनु भयो । परिवारको साथ भएको अबस्थामा आफुले चाहेको देशमा समेत जान सकिने राय व्यक्त गर्दै महानयक हमालले नेपालमा पनि उच्च शिक्षा हासिल गर्न विदेशबाट समेत नेपाल आउने गरेको दाबी गर्नु भयो । उच्च शिक्षा हासिल गरी प्राप्त ज्ञान र सिपलाई भविश्यमा सामाज परिवर्तनको लागि र आफ्नो घर परिवारको उज्वल भविश्यको लागि लाग्नु पर्ने उहाँको भनाई थियो ।

परिवारको सदस्य र आफ्नो स्वइच्छाले विदेश जान चाहेमा राम्रोसंग बुझेर आधिकारीक संस्थाबाट मात्र जानको लागि महानायक हमालको सुझाव थियो । उक्त कन्सल्टेन्सिका ब्राण्डएम्बासडर समेत रहनु भएको उहाँले कस्तो सिप हासिल गर्ने हरेक व्यक्तिले आफ्नो बुद्धि विवेक अनुसार आफैले समयमै निर्णय लिनुपर्ने उल्लेख गर्नु भयो । काठमाण्डौंको उक्त गोरेटोको शाखा पोखरामा ल्याईएको संचालक राजेन्द्र शर्माले बताउनु भयो । पोखराको चिप्लेढुंगा (महेन्द्रपुल) मा रहेको उक्त शाखाबाट क्यानडा, अमेरिका, वेलायत सहितका देशमा उच्च शिक्षा हासिल गर्न सहजीकरण गर्ने भएको उहाँले जनाउनु भयो ।