फो जिपिए ल्याएका पोखराका दुई जुम्ल्याहा दिदी बहिनीलाई जन प्रकाश माविले नगद सहित सम्मान गर्यो (भिडियो सहित)

-


     पोखरा क्लिक     
     जेठ ६ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ६, जेठ,

यस बर्षको एसईई परिक्षामा फोजिपिए ल्याएका पोखराका दुई जुम्ल्याहा दिदी बहिनीलाई जन प्रकाश माविले आज (बुधबार) एक समारोहका बिच नगद सहित सम्मान गरेको छ । जुम्ल्याहा दिदीबहिनी दिब्या र दिपिका सुबेदीले माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८२ मा समान ४.० जिपिए हासिल गरेकोमा बिद्यालयले बुधबार जनही नगद २५ हजार सहित सम्मान गरेको हो ।

पोखरा महानगरपालिका वडा नं.–२९ स्थित जनप्रकाश मा.वि.मा अध्ययनरत दिब्या र दिपिकाले ४.० जिपिए ल्याएर बिद्यालयको इज्जत बढाउने काम गरेको हुदा बिद्यार्थीको हौसला स्वरुप आफुहरुले उहाँहरुलाई सम्मान गरिएको बिद्यालयका अध्यक्ष प्रमोद भण्डारीले बताउनु भयो ।

पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ र अध्यक्ष भण्डारीले नगद २५ हजारको साथमा मायाको चिनो हस्तान्तरण गर्दै बिद्यार्थीलाई सम्मान गर्नु भएको हो । बिद्यालयका प्रधानाध्यापक शेखरनाथ शर्माले ३३ बर्षको इतिहासमा दुई दिदी बहिनीले यस बर्षको एसईईमा ल्याएको नतिजाले बिद्यालयको गौरव बढाएको बताउनु भयो । उहाँहरु सानै देखि पढाइ तथा अतिरिक्त क्रियाकलापमा समान नतिजा ल्याउँदै आएको उहाँले जनाउनु भयो । शिक्षकहरूका अनुसार उहाँहरूलाई छुट्याउन समेत कठिन पर्ने गर्थ्यो । यसपटक एसईईमा पनि दुवैले उत्कृष्ट नतिजा ल्याएपछि विद्यालय र परिवारमा खुसी छाएको छ । दुई जुम्ल्याहा छोरीका बाबु शालीकराम सुवेदीले आफ्ना छोरीहरु बिद्यालयमा अध्ययन गरेदेखि कुनै पनि कक्षामा प्रथम र दोश्रो दुई छोरीहरु नै हुदै आएको दाबी गर्दै अबको शिक्षा काठमाण्डौं गएर पढ्ने इच्छालाई पूरा गर्ने जनाउनु भयो ।

बिद्यालयका शिक्षक समेत रहनु भएको शालिकरामले घरमा पसल समेत संचालन गर्दा छोरीहरुलाई खासै समय दिन नसके पनि आज बिद्यालयको नाम उचो पार्ने काम गरेकोमा खुसि व्यक्त गर्नुभयो । गोल्डेन नेचर बोर्डिङ स्कुलबाट कक्षा ६ सम्म अध्यय गरी त्यस पछि जन प्रकाश माविमा अध्ययन गर्नु भएको दुई छोरीलाई पढाउनको लागि भनेर एक पैसा पनि खर्च नभएको उल्टै अतिरिक्क्त कृयाकलाप र पुरस्कार प्राप्त भएको बाबु शालिकरामले बताउनु हुन्छ । विद्यालयले दुवै बहिनीलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरेको छ । बिद्यालयमा हाल एक हजार जना बिद्यार्थी अध्ययनरत रहेका छन् । बिद्यालयमा दुम्ल्याहा दिदीबहिनीले पढाइका साथै अतिरिक्त कृयाकलमपमा पनि उस्तै राम्रो नतिजा ल्याउने गरेको शिक्षक बिमल न्यौपानेले स्मरण गर्नुभयो ।