स्क्वायर मोटर्स प्रालिले एकै दिन १०० स्कुटर ग्राहकलाई हस्तान्तरण

-


     पोखरा क्लिक     
     जेठ ५ गते २०८३ मा प्रकाशित


पोखरा,

पछिल्लो समयमा इन्धनको मुल्य वृद्धि भएसँगै विद्युतीय सवारीप्रति आकर्षण बढेको छ । पोखरामा टिभिएसको इलेक्ट्रिक स्कुटर ‘आइक्युब’प्रति ग्राहकको आकर्षण बढेको कम्पनीहरुले जनाएका छन् । इलेक्ट्रिक आइक्युब वातावरणमैत्री समेत रहेपछि सर्वसाधारणले मन पराएको ग्राहकहरु बताउछन् ।

पोखराका टिभिएसका लागि आधिकारिक बिक्रेता स्क्वायर मोटर्स प्रालिले एकै दिन १०० स्कुटर ग्राहकलाई हस्तान्तरण गरेको छ । स्क्वायर मोटर्सका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठले ग्राहकलाई स्कुटरको चावी हस्तान्तरण गर्नुभयो । उहाँले वातावरणमैत्री ईभी स्कुटरप्रति आकर्षण बढेको बताउनुभयो । नेपालमा अटोमोटिभ क्षेत्रमा विद्युतीय सवारीको प्रयोग बढ्दो रुपमा रहेको जनाउदै टिभिएस आईक्युबले ग्राहकहरूलाई एक विश्वसनीय ब्रान्डबाट विद्युतीय सवारी लिने विकल्प दिएको श्रेष्ठको बुझाई छ ।

पोखरामा टिभिएस आइक्युबका ३ वटा भेरिएन्ट र ६ आकर्षक रङहरू उपलब्ध छन् । कम्पनीका अनुसार यो स्कुटर मुख्य तीन सिद्धान्तहरू— पावर अफ चोइस ९विभिन्न रेन्ज र मूल्य०, पूर्ण एसुरेन्स (ण्सुरक्षा र स्वामित्वको अनुभव) र प्रयोगमा सहजताबाट प्रेरित छ । टिभिएसका बिक्री प्रवन्धक सन्तोष पोखरेलले एकैदिन १०० वटा इलेक्ट्रिक स्कुटर हस्तान्तरण गर्न पाउनु पोखराको ईभी बजारका लागि उपलब्धिमूलक क्षण भएको बताउनु भयो। टिभिएस मोटरले विश्वसनीय र सन्तोषजनक उत्पादनहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई यसैगरी निरन्तरता दिने कम्पनीको विश्वास छ । सेल्स पछिको सर्भिसमा समेत बिषेश ध्यान दिएको कम्पनीले जनाएको छ ।